एसईईमा भाउजूको परीक्षा दिइरहेको अवस्थामा नन्द पक्राउ

एसईईमा भाउजूको परीक्षा दिइरहेको अवस्थामा नन्द पक्राउ

सुनसरी । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिने युवतीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । भोक्राहा नरसिंह गाउँपालिका-४ चिरौलीस्थित पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । हरिनगर गाउँपालिका-६ की २० वर्षीया नुसरत खातुनलाई नियन्त्रणमा लिएको सुनसरीका  प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।...
कोशी प्रदेशको आमसञ्चार विधेयक पारित

कोशी प्रदेशको आमसञ्चार विधेयक पारित

विराटनगर । कोशी प्रदेशसभाको बैठकले ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्ताव सभाबाट सर्वसम्मत पारित भएको हो । विधेयकको संशोधन प्रस्तावमाथि छलफल भई तयार भएको प्रतिवेदन न्याय प्रशासन तथा विधायन समितिका तर्फबाट सभापति कमला द...
घरको घेराभित्र मात्रै सीमित नहुन धनकुटाका दलित महिलालाई अगुवाहरूको आग्रह

घरको घेराभित्र मात्रै सीमित नहुन धनकुटाका दलित महिलालाई अगुवाहरूको आग्रह

धनकुटा । धनकुटाका दलित महिला अगुवाहरूले दलित महिलाहरू अब घरको चौघेराभित्र मात्र सीमित नभई समाज र उद्यमशीलतामा सक्रिय हुनुपर्नेमा जोड दिएका छन् । धनकुटा नगरपालिकाको सहयोग तथा दलित महिला संघ (फेडो) धनकुटाको आयोजनामा आयोजित चार दिने ‘दलित महिला सशक्तीकरण कार्यक्रम’ मा सहभागीहरूले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा दलित महिलाहरू घरबाहिर ननिस्किएकै कारण पछि परेकाले अब उनीहरूलाई सीप र क्षमताका आध...
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ बढेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार आठ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँ बढेर प्रतितोला चार हजार आठ २० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्र...
धनकुटाका तीन कर्मचारी घुससहित पक्राउ

धनकुटाका तीन कर्मचारी घुससहित पक्राउ

धनकुटा । धनकुटास्थित सघन शहरी तथा भवन निर्माण आयोजनामा कार्यरत इन्जिनियरसहित तीन कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सबइन्जिनियर रविन श्रेष्ठलाई पक्राउ गरेको हो । सेवाग्राहीबाट घुस लिएको ८५ हजार नगदसहित इन्जिनियर राईलाई ललितपुरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । यसैगरी, लेखा अधिकृत कार्कीलाई धनकु...
नेपाल उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्षमा पुनः राजेन्द्र राउत निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्षमा पुनः राजेन्द्र राउत निर्वाचित

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको अध्यक्षमा पुनः राजेन्द्र राउत निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न आठौँ प्रदेश सभा तथा निर्वाचनमार्फत राउत दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । राउतले कुल मतको ६९ दशमलव ७२ प्रतिशत मत प्राप्त गरेका छन् । जिल्ला नगर संघतर्फको ३८ मध्ये २४, एसोसिएटतर्फ १४७ मध्ये १०७ र वस्तुगततर्फको १९ मध्ये राउतले ११ मत प्राप्त गरेका छन...
उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सभा : निजी क्षेत्रको मनोबल खस्कँदै गएको प्रति चिन्ता 

उद्योग वाणिज्य महासंघ कोशी प्रदेश सभा : निजी क्षेत्रको मनोबल खस्कँदै गएको प्रति चिन्ता 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आठौं प्रदेश सभा सुरु भएको छ । विराटनगरमा सुरु भएको प्रदेश सभाको महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्‌घाटन गरेको छन् । उद्‌घाटन सत्रमा कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेशको समग्र आर्थिक अवस्था, निजी क्षेत्रले झेल्नुपरेका चुनौती र आगामी कार्यदिशा समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । राउतले नेपाली अर्थतन्त्रको वर्तमा...
धनकुटामा नयाँ पहिचान बनाउँदै आठपहरिया समुदायको होमस्टे

धनकुटामा नयाँ पहिचान बनाउँदै आठपहरिया समुदायको होमस्टे

धनकुटा । धनकुटामा बसोबास गर्ने सीमान्तकृत आठपहरिया समुदायले सञ्चालन गरेको स्याउले सिप्तिङ सामुदायिक होमस्टेले नयाँ पहिचान बनाउन थालेको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि बसोबासको स्थान मात्र नभई समुदायको आत्मगौरव, अतिथि सत्कार र प्राकृतिक सौन्दर्यको जीवन्त प्रदर्शनीसँगै होमस्टेले नयाँ पहिचान बनाउँदै गएको हो । धनकुटा नगरपालिका-३ स्थित स्याउलेमा सञ्चालित होमस्टेले लोपोन्मुख आठपहरिया आदिवासी समु...
वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु हुने

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु हुने

काठमाडौं । नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ बाट सुरु गर्ने निर्णय भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले २०८३ साल वैशाख १५ बाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको बताए । यस्तै सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय समेत सरकारले गरेको छ ।
सरकारी कार्यालयको समय बिहान ९ देखि साँझ ५ बजेसम्म

सरकारी कार्यालयको समय बिहान ९ देखि साँझ ५ बजेसम्म

विराटनगर । सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन बिदासँगै कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो । बैठकले शैक्षिक संस्थाबाहेकका कार्यालयहरूको लागि यो समय निर्धारण गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार उक्त समय शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयका हकमा ला...
बन्द भए सात हजार बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट

बन्द भए सात हजार बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट

काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित सात हजार बढी एप्लिकेसन (एप) र वेबसाइट (युआरएल) बन्द गरिएको छ । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई...
‘चिहान डाँडा’ बन्यो ‘ध्वजे डाँडा’, बनाइयो छथर ग्रेटवाल (फोटो फिचर)

‘चिहान डाँडा’ बन्यो ‘ध्वजे डाँडा’, बनाइयो छथर ग्रेटवाल (फोटो फिचर)

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-२ मा अवस्थित ध्वजे डाँडा पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । सांस्कृतिक तथा पर्यटकीय स्थलको विकाससँगै ध्वजे डाँडा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो । समुद्री सतहबाट करिब २ हजार ३ सय मिटरको उचाइमा रहेको यस स्थानमा भइरहने मौसम परिवर्तनले पर्यटकलाई थप आकर्षित गरेको छ । गाउँपालिकाले पर्यटकलाई लक्षित गर्दै विभिन्न संरचना निर्माण गरेको...
आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रतितोला चार हजार आठ सय ३० रुपैयाँ कायम भएको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
उद्योग वाणिज्य महासंघ कोशीको ८ औं प्रदेशसभा आज, अध्यक्षमा राउत र रिजालको दाबी

उद्योग वाणिज्य महासंघ कोशीको ८ औं प्रदेशसभा आज, अध्यक्षमा राउत र रिजालको दाबी

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । महासंघको ८ औं प्रदेशसभाले आगामी कार्यकालका लागि १४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । अध्यक्ष पदका लागि विराटनगरका दुई स्थापित उद्योगी राजेन्द्र राउत र नवीन रिजालबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै उम्मेदवारले करिब एक महिनादेखि प्रदेशव्यापी चुनावी अभियान चलाउँदै आएका छन् । हालका अध्यक्ष राउत मह...
कानेपोखरीमा तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

कानेपोखरीमा तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

विराटनगर । मोरङको कानेपोखरीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा कानेपोखरी-५ का अन्दाजी ६० वर्षीय नरेश काफ्लेको मृत्यु भएको हो । रंगेलीबाट रमाइलोतर्फ आउँदै गरेको मे ६ प ५९४ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाई शनिबार दिउँसो ४ः३० बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका काफ्लेलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थिय...
मानव अधिकार रक्षकहरूको भूमिकालाई थप सशक्त बनाउनुपर्नेमा जाेड

मानव अधिकार रक्षकहरूको भूमिकालाई थप सशक्त बनाउनुपर्नेमा जाेड

विराटनगर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश संयोजक मनोहर पोखरेलले समाजमा विभेदका घटना कायम रहेकाले मानव अधिकार रक्षकहरूको भूमिकालाई थप सशक्त बनाउनुपर्ने बताएका छन् । इन्सेक र दलित महिला संघ (फेडो) को आयोजनामा विराटनगरमा आज आयोजित `दलितमाथि विभेदको अवस्था र मानव अधिकार रक्षक सञ्जालको भूमिका´ विषयक कार्यक्रममा पोखरेलले समाजमा विभेदका घटनाहररू रहेसम्म मानवअधिकार हननका घटना ह...
इटहरीमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

इटहरीमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-२ होम्सस्थित कोशी लोकमार्गमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । दुर्घटनामा प्र १-०२-०४९ प ६३४० नम्बरको मोटरसाइकल चालक ५२ वर्षीय अमर भुजेलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका भुजेललाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जना...
विराटनगरमा सफारी चलाउन लाइसेन्स र सुरक्षित चालक ज्याकेट अनिवार्य गरिदैँ

विराटनगरमा सफारी चलाउन लाइसेन्स र सुरक्षित चालक ज्याकेट अनिवार्य गरिदैँ

विराटनगर । दुर्घटना न्यूनिकरणका लागि विराटनगरमा सञ्चालित सिटी सफारीलाई थप व्यवस्थित गरिने भएको छ । सफारी चलाउन अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) अनिवार्य गर्न लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आज विराटनगरमा आयोजना गरेको ‘नागरिक सुनुवाइ’ कार्यक्रममा यस्तो निर्णय गरिएको हो । बिना लाइसेन्स जथाभावी सफारी चलाउँदा सडक सुरक्षामा चुनौती थपिएको र दुर्घटनाको जोखिम बढेको भन्दै सरोकारवा...
विराटनगरको यातायात कार्यालयमा सरकारी छाप दस्तखत किर्ते, लेखापढी व्यवसायी पक्राउ

विराटनगरको यातायात कार्यालयमा सरकारी छाप दस्तखत किर्ते, लेखापढी व्यवसायी पक्राउ

विराटनगर । विराटनगरस्थित यातायात कार्यालयको सरकारी छाप र अधिकृतको दस्तखत किर्ने गरेर सेवाग्राहीहरूलाई ठग्ने काम भएको खुलेको छ । किर्ते काममा संलग्न विराटनगर ६ का ३७ वर्षीय कमलकुमार स्वर्णकारलाई प्रहरीले पक्राउ गरेपछि घटनाको रहस्य पत्ता लागेको हो । लेखापढी काम गर्दै आएका स्वर्णकारले को ३९ प ९५७९ नं. को मोटरसाइकलको ब्लुबुक नवीकरण गरेको भनी यातायात कार्यालयको नक्कली छाप र छैटौँ अधिकृतको छाप दस्तखत...
सभामुखमा निर्विरोध निर्वाचित भए डोलप्रसाद अर्याल

सभामुखमा निर्विरोध निर्वाचित भए डोलप्रसाद अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध भएका छन् । तोकिएको समयमा अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । संघीय संसद् सचिवालयले सभामुखमा उम्मेदवारी दर्ताका लागि आज बिहान ११ बजेदेखि २ बजेसम्मको समय तोकेको थियो । त्यो समयमा अन्य दलबाट उम्मेदवारी परेन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्...
कलाकार सागर लम्सालले बलात्कार गरेको आरोप

कलाकार सागर लम्सालले बलात्कार गरेको आरोप

विराटनगर । हास्य टेलिसिरियलबाट चर्चामा आएका कलाकार सागर लम्साल ‘बले’ ले बलात्कार गरेको गम्भीर आरोप लागेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस सार्वजनिक गर्दै एक युवतीले करिब एक वर्षअघि अमेरिकामा आफू बलात्कृत भएको दाबी गरेकी हुन् । पीडितका अनुसार घटना भएको समयमा उनी डिप्रेसन र एन्जाइटीका कारण मानसिक रूपमा कमजोर अवस्थामा थिइन् । अस्पतालबाट डिस्चार्ज भएर घरमै स्वास्थ्य लाभ गरिरहेकै बेला ने...
एमालेले कसलाई बनाउँदैछ सभामुखको उम्मेदवार ?

एमालेले कसलाई बनाउँदैछ सभामुखको उम्मेदवार ?

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दिने भएको छ । सभामुखको निर्वाचनका लागि आज दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । एमालेले विपक्षी दलका तर्फबाट कसैले उम्मेदवारी दर्ता गरेमा समर्थन गर्ने जनाएको छ । विपक्षी दलका तर्फबाट कसैले उम्मेदवारी नदिए एमाले आफैँले उम्मेदवारी दर्ता गर्ने तयारी थालेको छ । एमालेले समानुपातिकबाट सांसद निर्वाचित भएका गुरु बराललाई सभामुखको...
डिपी अर्यालले गराए सभामुख पदमा उम्मेदवारी दर्ता

डिपी अर्यालले गराए सभामुख पदमा उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले सभामुख पदमा मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा प्रतिनिधि सभा सदस्य समेत रहेका पार्टी सभापति रवि लामिछाने छन् । समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल छन् । सभामुख पदको निर्वाचनमा चैत २२ गते हुँदैछ । त्यसका लागि संघीय संसद सचिवालयले आ...
जेनजी आन्दोलनमा पथरी हिरासतबाट भागेका दुई जना पक्राउ

जेनजी आन्दोलनमा पथरी हिरासतबाट भागेका दुई जना पक्राउ

विराटनगर । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय पथरी मोरङको हिरासतबाट भागेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका-३ का २४ वर्षीय सुवर्ण राई र सोही स्थानका २१ वर्षीय सुमन राई छन् । उनीहरूलाई आफ्नै घरबाट पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी लिलाराज लामिछानेले जानकारी दिए । उनीहरू लागूऔषध मुद्दाको अनुसन्धानका लागि हिरासतमा थिए । दुवै जनालाई इलाका प्रहरी क...
४० हजार घुससहित पक्राउ परे सशस्त्र प्रहरीका इन्स्पेक्टर

४० हजार घुससहित पक्राउ परे सशस्त्र प्रहरीका इन्स्पेक्टर

जनकपुरधाम । सशस्त्र प्रहरीका इन्स्पेक्टर ४० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयले प्रहरी निरीक्षक ओकिल अधिकारीलाई घुस रकमसहित पक्राउ गरेको हो । आयोगले स्टिङ अपरेशनमार्फत प्रहरी निरीक्षक अधिकारीलाई  पक्राउ गरेको हो । उनलाई पूर्व-पश्चिम राजमार्गमा रहेको धनुषाको लालगढबाट पक्राउ गरिएको आयोगले जनाएको छ । कमला-ढल्केवर-बाग्मती सडक निर्माण खण्डअन्तर्गत ...
समाजसेवी गुरागाईंको सहयोग र श्रमदानमार्फत धनकुटाको निबुवा खोलामा होम पाइप

समाजसेवी गुरागाईंको सहयोग र श्रमदानमार्फत धनकुटाको निबुवा खोलामा होम पाइप

धनकुटा । धनकुटाका समाजसेवी दोर्ण प्रसाद गुरागाईंको सहयोगमा निबुवा खोलामा होम पाइप लगाइएको छ । धनकुटा नगरपालिका-१ र ३ को सिमानामा रहेको खोलामा गुरागाईंले आवश्यक सामाग्री खरिद तथा ढुवानी गरिदिएपछि होम पाइप लगाइएको हो । जिल्ला सदरमुकाम जोड्ने धनकुटा बिहीबारे हाट-मालबासे-मधुगंंगा सडक खण्डमा निबुवा खोला छ । खोलामा करिब ३९ फुट लम्बाइ र बीचभाग ८ फुट र छेउछेउमा तेह्र फुट ढलान गरि होम पाइप लगाइएको छ । ग...
आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ कायम भएको छ । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । आज चाँदीको मूल्य बढेको छ । आज चाँदी प्रतितोला एक सय ५० रुपैयाँ बढेर चार हजार आठ सय ३० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार सात सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
चैत २८ गतेबाट विराट गोल्डकप, प्रतियोगितामा ८ टिम सहभागि हुने

चैत २८ गतेबाट विराट गोल्डकप, प्रतियोगितामा ८ टिम सहभागि हुने

विराटनगर । विराटनगरको ऐतिहासिक फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ आगामी चैत २८ गतेबाट सुरु हुने भएको छ । बैशाख ५ गतेसम्म हुने प्रतियोगितामा भारतको अल झारखण्ड बिर्सा मुन्डा एकेडेमीसहित आठ टोलीको सहभागिता जनाउने भएका छन् । आयोजक विराट गोल्डकप ट्रष्टका सदस्य तथा प्रवक्ता धनकुमार लामाका अनुसार गोल्डकपमा मोरङ जिल्लाको लिग विजेता टोली सम्राट स्पोर्टिङ क्लबले चौथो खेलका क्रममा नयाँ वर्षको पहिलो दिन वैश...
धनकुटाबाट ४४ किलो गाँजासहित एक जना पक्राउ, दुई फरार

धनकुटाबाट ४४ किलो गाँजासहित एक जना पक्राउ, दुई फरार

धनकुटा । धनकुटाबाट प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ । दुई जना फरार भएका छन् । धनकुटा नगरपालिका-९ अन्तर्गत त्रिवेणी-मुलघाटस्थित भित्री सडक खण्डमा प्रहरीले दुईवटा मोटरसाइकलबाट गाँजा बरामद गरेको हो । प्रहरीलाई देख्नेबित्तिकै दुवै मोटरसाइकलमा सवार व्यक्तिहरू भाग्न खोजेका थिए । प्रहरीले प्रदेश १-०२-०४७ प ६९८१ नम्बरको मोटरसाइकल चालकलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको छ । सहिदभूमि गाउँपाल...
पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू, विराटनगरमा कति पर्छ ?

पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू, विराटनगरमा कति पर्छ ?

विराटनगर । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाएको छ । निगमले बढाएको मूल्य राति १२ बजेदेखि लागू भएको छ । नयाँ वृद्धि गरिएको मूल्य अनुसार अब पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १९९ रुपैयाँ ५० पैसा पुगेको छ । यसअघि यी स्थानमा १८४ रुपैयाँ मूल्य कायम थियो । यस्तै डिजेल र मट्...
कोशी सरकारले कार्यान्वयनमा ल्यायो उद्यमी सहयोग योजना

कोशी सरकारले कार्यान्वयनमा ल्यायो उद्यमी सहयोग योजना

विराटनगर । कोशी प्रदेशका साना तथा मझौला उद्यमीहरूको वित्तीय पहुँच वृद्धि गर्न र व्यवसाय विस्तारका लागि आवश्यक पूँजी उपलब्ध गराउन कोशी प्रदेश सरकारले उद्यमी सहयोग योजना कार्यान्वयनमा ल्याएको छ । ‘आर्थिक विकासका लागि लगानी र नवप्रवर्तन’ (उदय) परियोजना अन्तर्गत ‘प्रादेशिक साना तथा मझौला उद्यमी कर्जा सुरक्षण कोष’ मा आबद्ध हुन निक्षेप तथा कर्जा सुरक्षण कोष र दुई ठूला वाणिज्य बैंकहरूबीच सम्झौता भएको ...
error: Content is protected !!