जंगली हात्तीको ठूलो समूह मोरङ-झापा ओहोरदोहोर
विराटनगर । झापाबाट मोरङ प्रवेश गरेको जंगली हात्तीको बथान पुनः झापा नै फर्किएको छ । केहिदिन अघि मोरङबाट झापा प्रवेश गरेको करिब ३० वटा हात्तीको बथान झापा र मोरङको सिमानामा ओहोर-दोहोर गरिरहेको छ ।
डिभिजन वन कार्यालय झापाका डिभिजनल वन अधिकृत भरतबाबु श्रेष्ठले हात्तीको बथान मोरङ र झापाको सिमानामा वारपार-वारपार भइरहेको बताए ।
‘हिजो बिहानसम्म मोरङ फर्किएको हात्ती गएराति झापा फर्किएको छ’, श्रेष्ठले सं...





























