धरान-धनकुटा सडकको चारखोले गोलाइमा एकतर्फी सडक सुचारु

धरान-धनकुटा सडकको चारखोले गोलाइमा एकतर्फी सडक सुचारु

धनकुटा । अविरल वर्षाका कारण भासिएको धरान-धनकुटा सडकको चारखोले गोलाइमा एकतर्फी सवारी-साधन सुचारु भएका छन् । आज बिहान ११ बजे साँगुरीगढी गाउँपालिका-६ स्थित कोशी लोकमार्गको १० मिटर सडक भासिएको थियो । ‘साना गाडीहरू एकतर्फी सञ्चालन भएका छन्’, धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले संगालोखबरसँग भने, ‘ठूला गाडीहरू सञ्चालन हुन सकेका छैनन् ।’ भासिएको सडकलाई सुचारु गर्न जेसिबीको सहायताले भित्तातिर...
कोशी प्रदेश सभा कटहरीको कृषि बजारमा बस्ने निश्चित

कोशी प्रदेश सभा कटहरीको कृषि बजारमा बस्ने निश्चित

विराटनगर । कोशी प्रदेश सभा सञ्चालनका लागि मोरङको कटहरी स्थित कृषि बजारलाई वैकल्पिक स्थानको रूपमा छनोट गरिएको छ । जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका कारण प्रदेश सभा ध्वस्त भएपछि वैकल्पिक स्थल छनोट गरिएको हो । यसअघि प्रदेश सभा सञ्चालनका लागि विराटनगरको वीरेन्द्र सभागृहलाई अस्थायी स्थलको रूपमा प्रयोग गर्ने तयारी गरिएको थियो । तर आर्थिक भार बढी पर्ने भएकाले पुनः कृषि बजारलाई छनोट गरिएक...
अकबरे खोर्सानीले मूल्य नपाउँदा धनकुटाका किसान चिन्तित

अकबरे खोर्सानीले मूल्य नपाउँदा धनकुटाका किसान चिन्तित

धनकुटा । अकबरे खोर्सानीले मूल्य नपाउँदा धनकुटाका कृषक चिन्तित भएका छन् । व्यवसायिक खोर्सानी खेती गर्दै आएका किसान उचित मूल्य नपाउँदा मारमा परेका हुन् । गतवर्ष अकबरे खोर्सानी प्रतिकिलो ३ देखि ४ सय रुपैयाँसम्ममा बिक्री भएको थियो । तर यसवर्ष प्रतिकिलो १ देखी १ सय ८० रुपैयाँसम्ममा मात्रै बिक्री भइरहेको कृषक प्रदिप ओझाले बताए । उनले ५ रोपनी क्षेत्रफलमा करिब ३ हजार बोट अकबरे लगाएका छन् । खोर्सानी उत्...
नदी किनारका बस्तीहरूलाई उच्च सतर्कता अपनाउन सुनसरी प्रशासनको आग्रह

नदी किनारका बस्तीहरूलाई उच्च सतर्कता अपनाउन सुनसरी प्रशासनको आग्रह

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ । अविरल वर्षाका कारण डुबान हुन सक्ने भन्दै नदी किनारका बस्ती तथा प्रभावित हुनसक्ने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । जोखिम महसुस भएमा सुरक्षित स्थानमा सर्न पनि प्रशासनले आग्रह गरेको छ । यस्तै तीन वटै सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवालालाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भन...
भासियो धरान–धनकुटा सडक 

भासियो धरान–धनकुटा सडक 

धनकुटा । अविरल वर्षाका कारण धरान-धनकुटा सडक भासिएको छ । आज बिहान ११ बजे साँगुरीगढी गाउँपालिका-६ चारखोले गोलाइमा कोशी लोकमार्गको १० मिटर सडक भासिएको हो । सडक भासिएपनि एकतर्फी सडक सुचारु रहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए । उक्त स्थानमा इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरीको टोली पुगेको छ । कोशी पहाडी जिल्लाका विभिन्न स्थानका सडकहरू पनि पहिरोका कारण अवरुद्ध भएका छ...
विद्युत प्राधिकरण र निजी क्षेत्रको समस्या वार्तामार्फत टुंग्याउन मुख्यमन्त्रीको आग्रह

विद्युत प्राधिकरण र निजी क्षेत्रको समस्या वार्तामार्फत टुंग्याउन मुख्यमन्त्रीको आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विद्युत प्राधिकरण र निजी क्षेत्रमा देखिएको समस्या वार्ता र संवाद मार्फत टुंग्याउन आग्रह गरेका छन् । मुख्यमन्त्री कार्कीले उद्योगहरूमा विद्युत लाइन काटिँदा उत्पादन र रोजगारीमा असर परेको उल्लेख गर्दै वार्ता र संवाद मार्फत समस्या समाधान गर्न आग्रह गरेका हुन् । उद्योग बन्द हुँदा अर्थतन्त्रमा मात्र होइन रोजगारीमा समेत असर परेको मुख्यमन्त्र...
अविरल वर्षाका कारण रवि-राके-भेडेटार सडक खण्ड अवरुद्ध

अविरल वर्षाका कारण रवि-राके-भेडेटार सडक खण्ड अवरुद्ध

धनकुटा । धनकुटाको साँगुरीगढी गाँउपालिका-५ लुम्फाजुङस्थित निर्माणाधीन रवि-राके-भेडेटार भित्री सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो झर्दा सडक अवरुद्ध भएको हो । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीका अनुसार २० मिटर सडक भासिएको छ भने माथिबाट पहिरो खसेको छ । जसका कारण दुईतर्फी सडक अवरुद्ध भएको उनले जानकारी दिए । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण कोशी प्रदेशसहित दे...
धनकुटामा बस दुर्घटना

धनकुटामा बस दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका–९ तीनघुम्तीमा बस दुर्घटना भएको छ । दमकबाट दिक्तेल जाँदै गरेको प्र १-०२-००१ ख ९५१९ नम्बरको बस आज बिहान करिब ८ः४५ बजे सडकमा पल्टिएको हो । दुर्घटनामा परी एक जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मोरङको लेटाङ नगरपालिका-३ की ५५ वर्षीया मिना गुरुङ छन् । उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ । बसमा २७ जना यात्रु सवार थिए । बाँकी सबै सकुशल रहेको...
वर्षाका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध

वर्षाका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध

विराटनगर । चक्रवात ‘मोन्था’ को प्रभावले निरन्तर वर्षा हुँदा आएको बाढी र पहिरोका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध भएका छन् । पाँचथर र धनकुटाको सिमानामा पर्ने नावा खोलामा बाढी आएपछि धरान, धनकुटा, मूलघाट हुँदै पाँचथर-ताप्लेजुङ जोड्ने तमोर करिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ । मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली क्षेत्रमा पनि बाटो बन्द रहेको प्रहरीले जनाएको  छ । मोन्थाको प्रभावले कोश...
चक्रवात ‘मोन्था’ को प्रभाव : धनकुटा नगरका विद्यालय आज बन्द

चक्रवात ‘मोन्था’ को प्रभाव : धनकुटा नगरका विद्यालय आज बन्द

धनकुटा । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्या’ को प्रभावका कारण धनकुटा नगरपालिका विद्यालय आज बन्द गरिएको छ । निरन्तरको वर्षाका कारण विद्यालय र विद्यार्थीहरूमा पर्ने जोखिमको मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । ‘आगामी दिनमा मौसमको प्रतिकूलता हेरी बिदाको व्यवस्था गर्न हुन अनुरोध छ’, प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा जारी सूचनामा भनिएको छ । यस्तै प्रधानाध्...
चक्रवात ‘मोन्था’ को प्रभाव : अरुण गाउँपालिकाका विद्यालय आज बन्द

चक्रवात ‘मोन्था’ को प्रभाव : अरुण गाउँपालिकाका विद्यालय आज बन्द

भोजपुर । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावका कारण भोजपुरको अरुण गाउँपालिकाले विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । निरन्तर भारी वर्षा भई रहेकोले आज एक दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीद्वारा जारी सूचना अनुसार गाउँपालिकास्तरीय निर्णयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
तेह्रथुममा बर्षाले क्षति पुगेको सडक श्रमदानबाट मर्मत

तेह्रथुममा बर्षाले क्षति पुगेको सडक श्रमदानबाट मर्मत

धनकुटा । तेह्रथुमको छथर गाउँपालिका-१ स्थित आङदिममा वर्षाले क्षति पुगेको सडक श्रमदानबाट मर्मत गरिएको छ । क्षतिग्रस्त सडकका कारण यातायातका साधन आवत-जावत ठप्प भएपछि स्थानीय युवाहरूले श्रमदानमार्फत सडक मर्मत गरेका हुन् । गाउँपालिका र वडा केन्द्र जोड्ने, गाउँदेखि मुख्य सडकसम्म जोडने भित्री सडक खण्डमा  अविरल वर्षाले क्षति पुर्याएको थियो । जसका कारण स्थानीय कृषिजन्य उत्पादन बजार लैजान समस्या भएको थियो...
विराटनगरमा पेट्रोल बोकेको ट्याङ्कर र मिनी ट्रक ठोक्किए

विराटनगरमा पेट्रोल बोकेको ट्याङ्कर र मिनी ट्रक ठोक्किए

विराटनगर । विराटनगर-३ आयल निगममा पेट्रोल बोकेको ट्याङ्कर र अक्सिजन बोकेको मिनी ट्रक ठोक्किएका छन् । आज दिउँसो भएको दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । ट्राफिक प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ३३७४ नम्बरको मिनी ट्रक र सोही दिशातर्फ आउँदै गरेको ना ५ ख ०८४५ नम्बरको ट्याङ्कर एक-आपसमा ठोक्किएका हुन् । ट्यांकर आयल निगम परिसरमा प्रवेश गर्ने क्रममा ब्रेक फेल भएपछि दुर्घटना भए...
इलाममा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते (नामावलीसहित)

इलाममा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते (नामावलीसहित)

विराटनगर । इलामको देउमाई नगरपालिका-१ कुखुरेमा बोलेरो र मोटरसाइकल ठोक्किँदा १० जना घाइते भएका छन् । तेह्रथुमको आठराईबाट झापातर्फ आउँदै गरेको मे १ ज ३१३७ नम्बरको यात्रुबाहक बोलेरो र इलामबाट पाँचथर तर्फ जाँदै गरेको प्र १-०१-०१६ प १३६७ नम्बरको मोटरसाइकल आज बिहान १०ः३० बजे एक-आपसमा ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक १ र बोलेरोमा सवार ९ सहित १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय इलामले जना...
भाषण गर्दागर्दै ढलेका जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम निधन

भाषण गर्दागर्दै ढलेका जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम निधन

विराटनगर । राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ । भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका ६५ वर्षीय गौतमको निधन भएको हो । भाषण गरिरहेको बेला अचानक ढलेका उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । बुटवल उपमहानगरपालिका-३ ज्योतिनगरका गौतम २०५४ सालदेखि जिफन्टम...
डाइभर्ट भएको जहाज पुनः काठमाडौं उड्यो, विराटनगरको उडान तालिका प्रभावित

डाइभर्ट भएको जहाज पुनः काठमाडौं उड्यो, विराटनगरको उडान तालिका प्रभावित

विराटनगर । काठमाडौंमा मौसम खराब हुँदा विराटनगर विमानस्थलको उडान प्रभावित भएको छ । आज बिहान काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान विराटनगर विमानस्थलमै डाइभर्ट हुँदा उडान तालिका प्रभावित भएको हो । विराटनगर विमानस्थलका सूचना अधिकारी प्रकाश भण्डारीका अनुसार काठमाडौंमा अवतरण हुन नसकेपछि विराटनगर नै फर्किएको जहाज पुनः ११ः५४ बजे काठमाडौं उडेको छ । भण्डारीका अनुसार आज विराटनगर विमानस्थलबाट जम्म...
पाख्रीबास नगरपालिकाका विद्यालय मंगलबारसम्म बन्द गर्ने निर्णय

पाख्रीबास नगरपालिकाका विद्यालय मंगलबारसम्म बन्द गर्ने निर्णय

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाले मंगलबारसम्म विद्यालय बन्द गर्न अनुरोध गरेको छ । नगरपालिकाले आज सूचना जारी गर्दै चक्रवात ‘मोन्था’ को प्रभावले केही दिन भारी वर्षा हुने सम्भावना देखिएकाले जोखिम मध्यनजर गरेर विद्यालय बन्द गर्न अनुरोध गरेको हो । नगर प्रमुख ज्ञानबहादुर गुरुङले जारी गरेको सूचना अनुसार विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार हिउँदे र स्थानीय बिदा कट्टा हुनेगरि मंगलबारसम्म विद...
धनकुटाको पहिचान बन्दै नरिवल बिस्कुट

धनकुटाको पहिचान बन्दै नरिवल बिस्कुट

धनकुटा । नरिवल बिस्कुट धनकुटाको पहिचान बन्दै गएको छ । धनकुटामा उत्पादन हुने नरिवल बिस्कुट जो-कोहीले पनि कोसेलीका रूपमा लैजाने गरेका छन् । बाहिरी जिल्लाबाट धनकुटा आउने पाहुनाहरूले फर्कने समयमा नरिवल बिस्कुट लैजाने गरेका कारण बिक्री वितरण पनि राम्रो छ । धनकुटा नगरपालिका-४ देव्रेबासका स्वर्गीय विश्वेश्वरमान श्रेष्ठले २००८ सालमा मोहन बिस्कुट उद्योगको स्थापना गरेको इतिहास छ । देव्रेबासमा चिया पसल ग...
सुनसरीबाट ब्राउन सुगरसहित संखुवासभाका ओमनाथ पक्राउ

सुनसरीबाट ब्राउन सुगरसहित संखुवासभाका ओमनाथ पक्राउ

विराटनगर । सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका-४ का ३७ वर्षीय ओमनाथ घिमिरे छन् । बुधबार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका-४ बस चोकबाट उनलाई पक्राउ गरेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । पैदल हिँड्दै गरेको अवस्थामा पक्राउ परेका उनको साथबाट दुई ग्राम तीन सय ६० मिलिग्राम ब्र...
दुई महिनामै सरुवा भए धनकुटाका सीडीओ

दुई महिनामै सरुवा भए धनकुटाका सीडीओ

धनकुटा । धनकुटाको प्रमुख जिल्ला अधिकारी भएर आएको दुई महिनामै सरुवा भएका शिवराम गेलाललाई बिदाइ गरिएको छ । धनकुटाबाट झापाको प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा भएका गेलाललाई बुधबार बिदाइ तथा सम्मान गरिएको हो । गेलाल दुई महिना अघि दोलखाबाट सरुवा भएर धनकुटा आएका थिए । धनकुटाबाट बिदा हुँदै गर्दा गेलालले धनकुटालाई कहिल्यै नबिर्सिने र आफूले विकास र समृद्धिको लागि सँधै सहयोग गर्ने बताए । गृह मन्त्रालय...
मेची राजमार्गमा आजबाट रातको समयमा गाडी सञ्चालनमा रोक

मेची राजमार्गमा आजबाट रातको समयमा गाडी सञ्चालनमा रोक

इलाम । मेची राजमार्गमा रातको समयमा गाडी सञ्चालनमा रोक लगाइएको छ । चक्रवात ‘मोन्था’ का कारण आजबाट इलामसहित देशका विभिन्न स्थानको मौसम प्रभावित हुने सम्भावना देखिएकाले गाडी सञ्चालनमा रोक लगाइएको हो । एक महिनाअघिको बाढी पहिरोले सडकका विभिन्न खण्ड जोखिमयुक्त रहेकाले रातको समयमा गाडी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । आजदेखि कार्यान्वयन हुनेगरि बेलु...
संखुवासभामा घाँस काट्ने क्रममा रुखबाट लड्दा एक जनाको मृत्यु

संखुवासभामा घाँस काट्ने क्रममा रुखबाट लड्दा एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका-५ माङमायामा घाँस काट्ने क्रममा रुखबाट लड्दा एक पुरुषको मृत्यु भएको छ । माङमायाका ५२ वर्षीय गणेश गुरुङको मृत्यु भएको हो । प्रहरीका अनुसार गुरुङ मंगलबार साँझ घर नजिकैको जंगलमा नेवारो जातको रुखमा चढी घाँस काट्ने क्रममा करिब २० मिटर तल खसेका थिए । घाइते गुरुङलाई स्थानीयको सहयोगमा तत्काल उपचारका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको थियो । उनको उपचारका क्रम...
छथर जोरपाटीमा अस्थायी र करारका कर्मचारी हटाएपछि सेवा प्रभावित

छथर जोरपाटीमा अस्थायी र करारका कर्मचारी हटाएपछि सेवा प्रभावित

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको सम्झौता रद्द गरेपछि सेवा प्रभावित भएको छ । अस्थायी र करार सेवामा नियुक्त गरिएका स्वास्थ्यकर्मी, शिक्षक लगायत कर्मचारीको सम्झौता रद्द गरेपछि सेवा प्रभावित भएको हो । कर्मचारी हटाएपछि वडा नम्बर २ र ५ का चार वटा स्वास्थ्य चौकी बन्द भएका छन् । जसबाट स्थानीय बिरामी हुँदा सामान्य उपचार र आवश्यक औषधि समेत पाउन सकेका छैन...
झापाको दमकमा बस दुर्घटना, एक जनाको मृत्यु

झापाको दमकमा बस दुर्घटना, एक जनाको मृत्यु

विराटनगर । झापाको दमक नगरपालिका-२ पाङ्गिनीचोक नजिक गएराति बस दुर्घटना भएको छ । दुर्घटनामा मोरङको मिक्लाजुङ-३ का ३६ वर्षीय भीमबहादुर मगरको मृत्यु भएको छ । प्रहरीका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा २ ख १९८३ नम्बरको बस दुर्घटना भएको हो । बसमा ३५ जना सवार थिए । दुर्घटनामा २१ जना घाइते भएका प्रहरीले जनाएको छ । उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ । बस चालक मोरङ मिक्लाजुङ-३ का ३९ वर्षीय ...
सोलुखुम्बुमा अवतरण गर्ने क्रममा चिप्लिएर हेलिकप्टर दुर्घटना

सोलुखुम्बुमा अवतरण गर्ने क्रममा चिप्लिएर हेलिकप्टर दुर्घटना

सोलुखुम्बु । सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर आज बिहान ८ः१५ बजे हेलिकप्टर दुर्घटना भएको हो । प्रहरीका अनुसार हेलिकप्टरमा पाइलट मात्रै थिए । पाइलट विवेक खड्का भने सकुशल रहेको प्रहरीले जनाएको छ । लुक्ला विमानस्थलका अनुसार अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएको हो । उक्त हेलिकोप्टर बिहान ७ः४३ मा लुक्ल...
विराटनगरबाट काठमाडौं जाँदै गरेको कार सिन्धुलीमा दुर्घटना, एक जनाको मृत्यु

विराटनगरबाट काठमाडौं जाँदै गरेको कार सिन्धुलीमा दुर्घटना, एक जनाको मृत्यु

सिन्धुली । विराटनगरबाट काठमाडौं जाँदै गरेको कार सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा विराटनगर-१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको हो । प्रहरीका अनुसार आज बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका-६ चैनपुरमा बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि आत्मीय सामुदायिक अस्पताल खाल्टे लगिएकोमा ओमबहादुर...
अंशु गौतम मृत्यु प्रकरण : कहाँ पुग्यो अनुसन्धान ? 

अंशु गौतम मृत्यु प्रकरण : कहाँ पुग्यो अनुसन्धान ? 

विराटनगर । मोरङको लेटाङ-२ स्थित बेलबारी-चिसाङ साझेदारी बनभित्र जिउ र टाउको अलग भएको अवस्थामा बालिकाको शव फेला परेको ६ दिन बितिसक्यो । लेटाङ-२ स्कुल चोक घर भएका नवीन गौतमकी कान्छी छोरी १३ वर्षीया अंशु गौतमको विभत्स अवस्थामा शुक्रबार जंगलभित्र शव फेला परेको थियो । असोज २१ गते साँझ ५ बजेदेखि बेपत्ता बालिका १८ दिनपछि मृत अवस्थामा भेटिएकी थिइन् । एकाएक अंशु बेपत्ता भएपछि अभिभावकले खोजीका लागि प्रहर...
भोजपुरको सतिघाटस्थित अरुण नदीमा पुनः फेरी सञ्चालन

भोजपुरको सतिघाटस्थित अरुण नदीमा पुनः फेरी सञ्चालन

भोजपुर । भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीमा ६ महिनापछि पुनः फेरी सञ्चालनमा आएको छ । गत जेठदेखि बन्द रहेको फेरी सोमबारदेखि पुनःसञ्चालनमा ल्याइएको हो । अरुण नदीमा पक्की पुल नहुँदा फेरीकै भरमा सबारीसाधन आवत-जावत तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्नुपर्ने बाध्यता छ । वर्षात्को समयमा नदीको बहाव तीव्र भएपछि पाँच महिनाअघिबाट फेरी सञ्चालन बन्द गरिएको थियो । फेरी सञ्चालन नहुँदा जिल्लाक...
दुर्घटनामा गम्भीर घाइते इलामको सूर्योदय नगरपालिकाकी कर्मचारीको मृत्यु

दुर्घटनामा गम्भीर घाइते इलामको सूर्योदय नगरपालिकाकी कर्मचारीको मृत्यु

विराटनगर । सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएकी पालिका कर्मचारीको मृत्यु भएको छ । इलामको सूर्याेदय नगरपालिकाकी कार्यालय सहयोगी रूपा राईको मृत्यु भएको हो । गत शनिबार कार्यालयबाट घर फर्किने क्रममा उनी चढेको अटोलाई पिकअप भ्यानले ठक्कर दिएको थियो । शनिबार सार्वजनिक बिदा भए पनि विपद्को कामलाई सहजीकरण गर्न राई कार्यालय पुगेकी थिइन् । दुर्घटनामा गम्भीर घाइते भएकी राईको विराटनगरस्थित न्युरो अस्पताल...
सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

विराटनगर । पूर्वी नेपालमा भूकम्प गएको छ । सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र संखुवासभाको किमाथांका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
झापामा बस दुर्घटना हुँदा १९ जना घाइते (नामावलीसहित)

झापामा बस दुर्घटना हुँदा १९ जना घाइते (नामावलीसहित)

झापा । झापामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । आज बिहान ४ बजे शिवसताक्षी नगरपालिका-१० माइधार चोकस्थित पूर्वपश्चिम सडक खण्डमा बस दुर्घटना भएको हो । प्रहरीका अनुसार रामेछापको मन्थलीबाट काँकरभिट्टा तर्फ जाँदै गरेको प्र १-०१-००१ क ४२०९ नम्बरको रात्रि बस आफैँ अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल खसेको छ । बसमा सवार २५ जना यात्रु मध्ये १९ जना घाइते भएका झापा प्रहरीले जनाएको छ । घाइतेहरूको...
error: Content is protected !!