संगालोखबर

विराटनगर । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरका सदस्यहरूले न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन् । विराटनगरस्थित न्युरो अस्पताल र सेवा केन्द्रबीच आज उपचार सहुलियत सम्झौता भएको हो ।

विराटनगरको तीनटोलीयास्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा आयोजित कार्यक्रममा दुई पक्षवीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका कोशी प्रदेश प्रमुख गीता ख्वाखली र न्युरो हस्पिटलका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका सदस्यहरूले न्युरो अस्पतालमा उपचार गराउँदा २० प्रतिशत छुट पाउने न्युरो अस्पतालका आउटरिच कार्यक्रम संयोजक भारत श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ब्रह्माकुमारी आवद्ध व्यक्तिको परिवारका सदस्यहरूलाई पनि सहुलियतमा उपचार गरिनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!