छठमा कोशी प्रदेश सांसद पराजुलीको २८ औं दण्ड प्रणाम यात्रा

छठमा कोशी प्रदेश सांसद पराजुलीको २८ औं दण्ड प्रणाम यात्रा

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीले हिन्दु राष्ट्रको माग गर्दै छठमा दण्ड प्रणाम यात्रा गरेका छन् । आज बिहान करिब १० बजे विराटनगर महानगरपालिका-३ ठुलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै उनले दण्ड प्रणाम यात्रा शुरु गरेका हुन् । विराटनगर महानगरपालिकाका पूर्व मेयरसमेत रहेका पराजुलीको यो २८ औं दण्डप्रणाम यात्रा हो । बौद्ध, किराँतसहितको वैदि...
धनकुटाको प्रदेश सङ्ग्रहालय ओझेलमा 

धनकुटाको प्रदेश सङ्ग्रहालय ओझेलमा 

धनकुटा । धनकुटा नगरपालिका-६ मा रहेको प्रदेश सङ्ग्रहालय ओझेलमा परेको छ । उचित व्यवस्थापन, प्रचार-प्रसार र संरक्षणको अभावमा सङ्ग्रहालय ओझेलमा परेको हो । यसलाई चलायमान बनाउन सरोकारवालाहरूले पनि बेवास्ता गर्दा अवलोकनमा आउनेहरूको संख्या पनि न्यून छ । सङ्ग्रहालय धेरै पुराना तथा लोप हुन लागेका विभिन्न सामग्रीहरू संरक्षण गरेर राख्ने ठाउँ हो । जहाँ जो-कोहीलाई पनि एक पटक गएर अवलोकन गर्ने चाहना हुन्छ । तर...
सुनसरीको भुटाहामा डाइस खेल्ने क्रममा दुई पक्षबीच झडप, ८ जना घाइते

सुनसरीको भुटाहामा डाइस खेल्ने क्रममा दुई पक्षबीच झडप, ८ जना घाइते

सुनसरी । सुनसरीमा डाइस खेल्ने क्रममा दुई पक्षबीच झडप हुँदा ८ जना घाइते भएका छन् । आइतबार साँझ हरिनगर गाउँपालिका-१ भुटाहा बजारमा दुई पक्षबीच सुरु भएको सामान्य विवादले ठूलो रूप लिँदा दुई पक्षबीच दोहोरो झडप भएको हो । झडपमा दुवै पक्षका ११ जना घाइते भएका सुनसरी प्रहरीले जनाएको छ । प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । घाइते हुनेमा स्थानीय २६ वर्षीय चन्दन सदा, ५० वर्षीय पचुवा मलह...
पाँचथरमा भरुवा बन्दुकले हानेर छोराको हत्या, बुबा पक्राउ

पाँचथरमा भरुवा बन्दुकले हानेर छोराको हत्या, बुबा पक्राउ

विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ भदौरेमा भरुवा बन्दुकले हानेर बुबाले आफ्नै छोराको हत्या गरेका छन् । आइतबार अपराह्‍न ५२ वर्षीय बखतसिंह सिंगकले १७ वर्षीय छोरा सफल सिंगकको हत्या गरेका हुन् । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर घर पछाडिको बारीमा बखतसिंहले छोरालाई बरुवा बन्दुक प्रहार गरेका थिए । बरुवा बन्दुकले लागेर सफलको शरीरका विभिन्न भागमा चोट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको...
हिन्दु राष्ट्रका लागि विराटनगरका पूर्वमेयर पराजुलीले दण्डप्रणाम गर्दै सूर्यलाई अर्घ दिने

हिन्दु राष्ट्रका लागि विराटनगरका पूर्वमेयर पराजुलीले दण्डप्रणाम गर्दै सूर्यलाई अर्घ दिने

विराटनगर । कोशी प्रदेश सभा सदस्य एवं विराटनगरका पूर्वमेयर भीम पराजुलीले यस पटक पनि दण्डप्रणाम गर्दै सिंघिया घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिने भएका छन् । हरेक वर्ष छठको व्रत बस्दै आएका पराजुली आज बिहान १० बजे पोखरिया ठूलो मिलस्थित शिव पञ्चायन मन्दिरबाट दण्डप्रणाम गर्दै सिंघिया घाट जाने भएका हुन् । बौद्ध, किरातसहितको वैदिक सनातन हिन्दु राष्ट्र, लोक कल्याण, विश्व शान्ति, राष्ट्रहित र धर्म ...
आधुनिकताले हराउँदै देउसी भैलोको मौलिकता 

आधुनिकताले हराउँदै देउसी भैलोको मौलिकता 

धनकुटा । झिलीमिली बत्तिको पर्व तिहारको अर्को महत्वपूर्ण पक्ष देउसी भैलो पनि हो । तर पछिल्लो समय आधुनिकतासँगै यसको मौलिकता हराउँदै गएको छ । तिहार शुरु भएसँगै गाउँ तथा बजारका टोलबस्तिहरूमा देउसी र भैलो खेल्ने बालबालिकादेखि बूढापाकाको समूह हुन्थ्यो । जहाँ देउसी भैलोको मौलिकता झल्किन्थ्यो । देउसी र भैलोमा बज्नुपर्ने मादल, खैँजडी र बाँसुरीको साटो अचेल म्युजिकबाट नेपाली, हिन्दी आधुनिक र र्याप गीत बज्...
सुनसरीबाट १२३ किलो गाँजासहित एक जना पक्राउ

सुनसरीबाट १२३ किलो गाँजासहित एक जना पक्राउ

सुनसरी । सुनसरीबाट गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सुपौल किसनपुर पञ्चायत-६ का २० वर्षीय मोहमद इम्तियाज मिया छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार बुधबार बिहानको राति करिब १ः३० बजे प्र १-०२-००३ ह ८७०५ नम्बरको सिटी सफारीबाट गाँजा सहित उनलाई पक्राउ पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कोशी गाँउपालिका-५ वडा कार्यालय...
धनकुटाको ६५ वर्ष पुरानो महेन्द्र पार्क प्राचीन स्वरूपमै पुनर्निर्माण

धनकुटाको ६५ वर्ष पुरानो महेन्द्र पार्क प्राचीन स्वरूपमै पुनर्निर्माण

धनकुटा । धनकुटा नगरपालिका-६ सल्लेरीस्थित पुरातात्विक रूपमा चिरपरिचित महेन्द्र पार्क पुनर्निर्माण गरिएको छ । स्थानीयद्वारा वि.सं.२०१२ सालमा निर्माण गरिएको महेन्द्र पार्कको पुनर्निर्माण गरिएको हो । धनकुटा बजारदेखि करिब अढाई किलोमिटरमा सल्लेरी वन छ । वि.स.२०१२ सालमा तत्कालीन राजा महेन्द्र धनकुटामा आउँदा वनको बीचमा एउटा पार्क निर्माण गरिएको थियो । राजा महेन्द्रकै नामबाट यो पार्कको नाम रहन गएको हो ।...
जलेका अभिलेख पुनः कायम नभएसम्म जग्गा कारोबार बन्द

जलेका अभिलेख पुनः कायम नभएसम्म जग्गा कारोबार बन्द

विराटनगर । भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरले जलेका अभिलेख पुनः कायम नभएसम्म जग्गासम्बन्धी कारोबार नहुने जनाएको छ । अभिलेखहरू नहुँदा जग्गासम्बन्धी कारोबार प्रभावित भएको कार्यालयले जनाएको हो । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनी र तोडफोडका कारण महत्वपूर्ण अभिलेख नष्ट भएपछि कार्यालयले अभिलेखहरू पुनः कायम गर्न थालेको छ । कार्यालयका सूचना अधिकारी गोपाल दाहालका अनुसार २०७० देखि २०८...
जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका कैदी संखुवासभाबाट पक्राउ

जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका कैदी संखुवासभाबाट पक्राउ

विराटनगर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका एक कैदी संखुवासभाबाट पक्राउ परेका छन् । जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका खाँदबारी-८ का २७ वर्षीय विवेक विश्वकर्मा पक्राउ परेका हुन् । उनी भदौ २३ र २४ गते देशभर चलेको ‘जेनजी आन्दोलन’ को मौका छोपी ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका थिए । त्यसयता विश्वकर्मा लुकिछिपी बस्दै आएको खुलेको थियो । जिल्ला प्रहरी कार...
मोरङमा राति १० बजेपछि देउसी-भैलो खेल्न नपाइने

मोरङमा राति १० बजेपछि देउसी-भैलो खेल्न नपाइने

विराटनगर । मोरङमा राति १० बजेपछि देउसी-भैलो खेल्न रोक लगाइएको छ । सार्वजनिक शान्ति र सुरक्षालाई ध्यानमा राख्दै राति १० बजेपछि देउसी-भैलो खेल्न नपाइने व्यवस्था गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले देउसी-भैलोका क्रममा विस्फोटक पदार्थ वा पटका नपड्काउन पनि अनुरोध गरेका छन् । उनले कानून विपरीतका गतिविधि गरेको पाइएमा  कारबाही हुने चेतावनी समेत दिएका छन् । यस्तै शङ्कास्पद गतिविधि...
अवरुद्ध भएको लामो समयपछि खुल्यो खाँदबारी-किमाथांका सडक

अवरुद्ध भएको लामो समयपछि खुल्यो खाँदबारी-किमाथांका सडक

संखुवासभा । कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको दुई महिनापछि खुलेको छ । भोटखोला गाउँपालिकाको समटार र अल्फाटे क्षेत्रमा गएका ठूला पहिरोका कारण भदौ १५ देखि सडक अवरुद्ध सडक शुक्रबारबाट सञ्चालनमा आएको हो । लामो समयको निरन्तर प्रयास र सडक मर्मतपछि सडक पुनः सञ्चालनमा आएको उत्तर दक्षिण कोशी सडक योजनाले जनाएको छ । आयोजनाका अनुसार स्थानीयवासी, निर्माण व्यवसायी र योजनाको संयुक्त प्...
सप्तरीमा गोली हानेर पुजारीको हत्या

सप्तरीमा गोली हानेर पुजारीको हत्या

सप्तरी । सप्तरीमा गोली हानेर पुजारीको हत्या भएको छ । बोदेबर्साइन नगरपालिका-८ काचनको रजकपट्टीस्थित कबीर बाबा मन्दिरका पुजारीको आज बिहान हत्या भएको हो । ७३ वर्षीय पुजारी रामदुलार साहको बिहानको राति करिब २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा ग...
संखुवासभाको हिमालय माविमा छात्रवृत्ति वितरण

संखुवासभाको हिमालय माविमा छात्रवृत्ति वितरण

विराटनगर । संखुवासभाको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । सेवा र विकासका लागि युवा र ओरेगन नेपाली समाजको सहकार्यमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालले छात्रवृत्ति प्रदान गरेको हो । कक्षा ८ मा अध्ययनरत लगनशील विद्यार्थी प्रशान्त विश्वकर्मालाई १४ हजार छात्रवृत्तिसँगै सम्मानपत्र प्रदान गरिएको परिषद्ले जनाएको छ । उनीजस्तै विद्यार्थीहरूलाई प्रोत्साहन गर्न...
आधा घर धनकुटा आधा पाँचथरमा, एउटै कामको लागि दुई जिल्ला धाउनुपर्ने बाध्यता 

आधा घर धनकुटा आधा पाँचथरमा, एउटै कामको लागि दुई जिल्ला धाउनुपर्ने बाध्यता 

धनकुटा । एउटै घर दुई जिल्लामा पर्छ भन्दा विश्वास नलाग्न सक्छ । तर धनकुटाको चौबिसे गाउँपालिका-१ स्थित छ नम्बर बुधबारे बजारका झण्डै २२ घर दुई जिल्लामा पर्दछन् । त्यहाँ बनेका घरको आधा भाग धनकुटा र आधा भाग पाँचथर जिल्लामा पर्दछ । जसका कारण स्थानीयहरूले लामो समयदेखि आर्थिक तथा प्रशासनिक कामको झमेला खेप्न बाध्य छन् । छविलाल गुरुङको घर आधा धनकुटा र आधा पाँचथरमा पर्दछन् । गुरुङको घरको एकापटि्टको बलेसि...
धनकुटाबाट ब्राउन सुगरसहित एकजना पक्राउ

धनकुटाबाट ब्राउन सुगरसहित एकजना पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-७ का ३० वर्षीय निर्मल पौडेल छन् । बिहीबार साँझ ७ बजे बसपार्कबाट जिरो प्वाईन्ट जाँदै गरेको प्रदेश नम्बर १-०२-०५८ प ४३८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई शङ्का लागेर प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा हेल्मेटभित्र तीन वटा र मुखभित्र ६ वटा प्लाष्टिकको पोकामा एक ग्राम २४५ मिलिग्राम ब्राउन...
शिक्षिकामाथि जातीय विभेद गर्ने प्रधानाध्यापकलाई हाजिर गराएको भन्दै विरोध

शिक्षिकामाथि जातीय विभेद गर्ने प्रधानाध्यापकलाई हाजिर गराएको भन्दै विरोध

विराटनगर । तेह्रथुमको आठराई गाउँपालिका-७ स्थित नाम्जाङ माध्यमिक विद्यालयमा कार्यरत शिक्षिकामाथि जातीय विभेद भएको भन्दै सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल र सङ्घीय दलित मुक्ति मञ्चले तीव्र विरोध जनाएका छन् । उक्त घटनाको विरोधस्वरूप मञ्चले बिहीबार कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । २०८२ भाद्र ११ गते विद्यालयकी प्रधानाध्य...
झापामा सर्पको टोकाइबाट १० वर्षीय बालकको मृत्यु

झापामा सर्पको टोकाइबाट १० वर्षीय बालकको मृत्यु

झापा । झापामा सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका-११ चाम्लिङ डाँडामा गएराति सुतिरहेको अवस्थामा सर्पले टोक्दा १० वर्षीय बालक अनिष राईको मृत्यु भएको हो । प्रहरीका अनुसार इन्द्रबहादुर राईका छोरा अनिषलाई ओछ्यानमै विषालु सर्पले टोकेको थियो । सर्पले टोकेपछि उपचारका लागि चारआलीस्थित सेनाको सर्पदंश उपचार केन्द्र र त्यसपछि बीएण्डसी अस्पताल पुर्‍याइएको थियो । उनको उपचारका ...
जेनजी आन्दोलनमा भागेका कैदी चोरीको स्कुटरसहित विराटनगरबाट पक्राउ

जेनजी आन्दोलनमा भागेका कैदी चोरीको स्कुटरसहित विराटनगरबाट पक्राउ

विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका एक कैदी चोरीको स्कुटरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी-२ घर भएका २९ वर्षीय छोटु भनिने अभिषेक जैसवाल छन् । उनलाई बुधबार राति १०ः३० बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । विराटनगर-१ नेता चोकबाट को ३८ प ४९७२ नम्बरको स्कुटर चोरी गरेर भागेका उनलाई विराटनगर-१६ दरैयाबाट पक्राउ गरिएको हो । चेकजाँचका क्रममा स्कुटर...
झापामा खोलामा डुबेर एकै परिवारका दुईसहित तीन बालिकाको मृत्यु

झापामा खोलामा डुबेर एकै परिवारका दुईसहित तीन बालिकाको मृत्यु

विराटनगर । झापाको गौराहदह नगरपालिका-९ स्थित सिस्ने खोलामा तीन बालिकाको मृत्यु भएको छ । आज दिउँसो माछा मार्ने क्रममा डुबेर एकै परिवारका दुईसहित तीन बालिकाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अञ्जु मगरका ७ वर्षीया छोरी सुष्मा र ९ वर्षीया स्वीकृति मगर तथा निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी परियारको मृत्यु भएको हो । ‘चार जना बालिका माछा मार्न गएको भन्ने खुलेको छ’ जिल्ला प्...
मोरङमा उखुबारीभित्र कसले छाड्यो नाबालिका ?

मोरङमा उखुबारीभित्र कसले छाड्यो नाबालिका ?

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-६ कदमाहाको उखुबारीमा फेला परेकी नाबालिकालाई आश्रममा बुझाइएको छ । अभिभावक पत्ता नलागेपछि संरक्षणका लागि विराटनगर-१३ स्थित पूर्वाञ्चल बाल सेवा आश्रममा बुझाइएको हो । ‘अभिभावकहरू अहिलेसम्म पत्ता लागेको छैन । अभिभावक पत्ता नलागुन्जेलसम्मका लागि संरक्षणका लागि संस्थाको जिम्मा लगाएका छौँ’, मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले संगालोखबरसँग भनिन्, ‘अभिभावक ख...
वसन्तपुरको चोत्लुङ पार्क (फोटो फिचर)

वसन्तपुरको चोत्लुङ पार्क (फोटो फिचर)

धनकुटा । तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित वसन्तपुरमा रहेको चोत्लुङ पार्क पर्यटकको रोजाइमा पर्न थालेको छ । उक्त पार्क पछिल्लो समय आन्तरिकसँगै तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो । लिम्बू समुदायको संस्कृति र ऐतिहासिकता झल्काउने सामग्री संग्रह गरेर निर्माण गरिएको पार्क घुम्न आउनेको संख्या दिनहुँ बढिरहेको छ । उक्त स्थानमा साना-साना आकर्षक घरहरू साथै बगैँचा निर्माण गरिएको छ । त्यसो त ट...
भूमि समस्या समाधान आयोग पुर्नस्थापनाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

भूमि समस्या समाधान आयोग पुर्नस्थापनाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

धनकुटा । भूमि समस्या समाधान आयोग पुनर्स्थापना गर्नुपर्ने माग गर्दै भूमि अधिकार तथा श्रमिक सङ्गठन र अखिल नेपाल किसान महासङ्घ धनकुटाले संयुक्तरूपमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् । २०८२ असोज २३ गते गठित भूमि समस्या समाधान आयोग खारेज गरेर भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोवासी, श्...
जिल्ला प्रशासनको कार्यसम्पादन मूल्याङ्कनमा धनकुटा पहिलो

जिल्ला प्रशासनको कार्यसम्पादन मूल्याङ्कनमा धनकुटा पहिलो

विराटनगर । जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्याङ्कनमा धनकुटा प्रथम भएको छ । मंगलबार गृह मन्त्रालयले प्रकाशन गरेको नतिजा अनुसार ३२ पूर्णाङ्कको मूल्याङ्कनमा पहिलो स्थानको धनकुटाले ३०.०६२५ अङ्क प्राप्त गरेको छ । आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमास (वैशाखदेखि असारसम्म)को कार्यसम्पादन मूल्याङ्कनको आधारमा ७६ जिल्लालाई पछाडि पार्दै धनकुटा प्रथम भएको हो । यस्तै यसअघि ५८ औं स्थानमा रहेको मोरङ ...
विराटनगरको व्यस्त रंगेली रोडको मारुती मेडिकलमा चोरी

विराटनगरको व्यस्त रंगेली रोडको मारुती मेडिकलमा चोरी

विराटनगर । विराटनगर महानगरपालिका-९ स्थित रंगेली रोडको मारुती मेडिकल हलमा चोरी भएको छ । मंगलबार राति मेडिकलको सटर खोलेर नगद चोरी भएको हो । मेडिकल संचालक अरुण पौडेल मंगलबार राति १०ः३० बजे पसल बन्द गरेर घर गएका थिए । बिहान आउँदा चोरी भएको थाहा पाएको उनको भनाइ छ । उनले १५/१६ हजार नगद चोरी भएको सुनाए । विराटनगरकै व्यस्त ठाउँमा यसरी चोरी हुनु दुःखद भएको औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकाल...
वीरेन्द्र सभागृहमा कोशी प्रदेश सभा सञ्चालन हुने

वीरेन्द्र सभागृहमा कोशी प्रदेश सभा सञ्चालन हुने

विराटनगर । विराटनगरको वीरेन्द्र सभागृहमा कोशी प्रदेश सभा सञ्चालन गर्ने निर्णय भएको छ । कोशी प्रदेश सभा सचिवालय व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट प्रदेश सभा ध्वस्त भएपछि अस्थायी भवनका रूपमा वीरेन्द्र सभागृह छानिएको हो । प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यका अनुसार सोमबार बसेको सचिवालय व्यवस्थापन समितिको बैठकले सभागृह छनोट गरेको...
सुनसरीको भोक्राहामा क्यारम बोर्ड खेल्ने विषयमा विवाद हुँदा ९ जना घाइते

सुनसरीको भोक्राहामा क्यारम बोर्ड खेल्ने विषयमा विवाद हुँदा ९ जना घाइते

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-१ मा गएराति दुई पक्षबीच झडप भएको छ । विवाद झडपमा परिणत हुँदा ९ जना घाइते भएका छन् । घाइते हुनेमा ४ महिला, ४ पुरुष र १ किशोरी रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार क्यारम बोर्ड खेल्ने विषयलाई लिएर स्थानीयबीच विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घाइतेहरूमध्ये केहीको अवस्था सामान्य र केहीको मध्यम रहेको सुनसरीका प्रहरी प्रवक्ता डीएस...
मोरङको जहदामा घरनजिकै पोखरीमा पुरुषको शव फेला

मोरङको जहदामा घरनजिकै पोखरीमा पुरुषको शव फेला

विराटनगर । मोरङको जहदा गाउँपालिका-५ केवरत टोलमा घरनजिकै पोखरीमा एक पुरुषको शव फेला परेको छ । आज बिहान ६० वर्षीय सतन महतोको शव फेला परेको हो । प्रहरीका अनुसार कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट शवलाई पोष्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल लगिएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
धनकुटा बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, ६ जना घाइते

धनकुटा बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, ६ जना घाइते

धनकुटा । विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान करिब ११ः४५ बजे धनकुटा नगरपालिका-३ निगालेमा प्रदेश १-०२-००१ ख ९६०६ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा महालक्ष्मी-६ की ५५ वर्षीया गंगा कार्की र महालक्ष्मी-९ का ६० वर्षीय डिल्ली बरालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्...
धनकुटाको निगालेमा बस दुर्घटना

धनकुटाको निगालेमा बस दुर्घटना

धनकुटा । धनकुटाको निगालेमा बस दुर्घटना भएको छ । विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६०६ नम्बरको बस आज केहीबेरअघि दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । थप विवरण आउन बाँकी छ । धनकुटा बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, ६ जना घाइते
हिरासतबाट भागेका युवक स्कार्पियो चोरी गर्दैगर्दा पक्राउ

हिरासतबाट भागेका युवक स्कार्पियो चोरी गर्दैगर्दा पक्राउ

सप्तरी । जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त थानकोट काठमाडौंको हिरासतबाट भागेका युवक सप्तरीबाट स्कार्पियो चोरी गर्दागर्दै पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर नगरपालिका-३ का २१ वर्षीय अमन यादव छन् । लागूऔषध कारोबार मुद्दामा पक्राउ परेका यादव गत भदौ २४ मा प्रहरी हिरासतबाट भागेका थिए । हिरासतबाट भागेका उनको खोजतलास भइरहेकोमा सोमबार बिहान रुपनी गाउँपालिका-६ विरेन्द्र बजारबाट स्कार्प...
error: Content is protected !!