विराटनगरमा अपाङ्गलाई कुटेर दुवै हात भाँचिदिने व्यक्ति पक्राउ

विराटनगरमा अपाङ्गलाई कुटेर दुवै हात भाँचिदिने व्यक्ति पक्राउ

विराटनगर । विराटनगरमा अपाङ्गता भएका व्यक्तिलाई कुटपिट गरी दुवै हात भाँचिदिने युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर ११ का २४ वर्षीय ‘बब’ भनिने राजकुमार सहनी छन् । प्रहरीका अनुसार उनले अपाङ्गता भएका व्यक्ति कैलाश कुमार गुरुङलाई गोल्डेन हस्पिटल नजिक निर्घात कुटपिट गरेका थिए । वेवारिसे अवस्थामा बस्दै आएका गुरुङ जन्मजात नै बोल्न र सुन्न सक्दैनन् । उनको साथ...
झापामा सयपत्री फूलको माग बढ्यो

झापामा सयपत्री फूलको माग बढ्यो

झापा । तिहार नजिकिएसँगै झापामा सयपत्री फूलको माग बढेको छ । झापामा व्यवसायिक फूल खेती गर्दै आएका कृषकहरूसँग उपभोक्ताले तिहार अगाडि नै फूलको माग गर्न थालेका छन् । बिर्तामोड नगरपालिका-९ की सुष्मा भण्डारी व्यवसायिक फूलखेती गर्दै आएकी छन् । उनले १० कठ्ठा जमिनमा फूल लगाएकी छिन् । तर वर्षाका कारण धेरै बिरुवा मरेका कारण सोचेजति फूल फुलाउन नसकिएको उनले बताइन् । उनले बजारमा फूलसँगै मालाको पनि माग धेरै भए...
तस्बिरमा हेर्नुहोस् भोजपुर (फोटो फिचर)

तस्बिरमा हेर्नुहोस् भोजपुर (फोटो फिचर)

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी, विभिन्न धार्मिक स्थल र पर्यटकीय गन्तव्यका कारण प्रसिद्ध छ । भोजपुरको ऐतिहासिक तथा प्रसिद्ध टक्सार बजारका बारेमा धेरैलाई थाहा नै छ । वि.स. १८७२ साल तिर नेपालभर आवश्यक पर्ने तामाको डोली पैसा अर्थात टक यही उत्पादन हुन्थ्यो । तर अहिले यो क्षेत्र सुनसान जस्तै छ । यस क्षेत्रमा रहेका प्रसिद्ध धातु उद्योगहरू पनि धमाधम बन्द थालेका छन् । बसाइँसराइ लगायतका कार...
तिहार नजिकिएसँगै मादल बनाउन भ्याइ नभ्याइ

तिहार नजिकिएसँगै मादल बनाउन भ्याइ नभ्याइ

धनकुटा । तिहार नजिकिएसँगै छोटे सार्की यतिबेला व्यस्त छन् । मादल बनाउने सीप भएका छोटे माग बढेसँगै व्यस्त भएका हुन् । अहिले उनलाई खाना खाने समेत फुर्सद छैन । माग बढेपछि समयमै मादल बनाइ सक्नुपर्ने बाध्यताका बावजुत अन्य दुई जनासँग पनि उनले सहयोग लिइरहेका छन् । धनकुटा नगरपालिका-१ गैरी टोलका छोटेले अहिले मादल बनाउन छोरा निरबहादुर र भान्जा रमेश रोकाको सहयोग लिइरहेका छन् । छोटे भन्छन्, ‘यो बेला निक्कै ...
महानगरले योजनावद्ध रूपमा काम गरिरहेको छ : मेयर कोइराला

महानगरले योजनावद्ध रूपमा काम गरिरहेको छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका छन् । वडा नम्बर १० को कार्यालय भवनको दोस्रो तलाको उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् । मेयर कोइरालाले महानगरको समग्र विकासमा महानगरपालिका लागिपरेको उल्लेख गरे । उनले भने, ‘भौतिक विकाससँगै मानवीय विकासमा पनि महानगर लागिरहेको छ ।’ विराटनगर-१९ स्थित बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर, विराटनगर-४ दूधफार...
कोशीका विभिन्न स्थानबाट लागूऔषधसहित १२ जना पक्राउ

कोशीका विभिन्न स्थानबाट लागूऔषधसहित १२ जना पक्राउ

विराटनगर । कोशी प्रदेशका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित १२ जना पक्राउ परेका छन् । मोरङ, सुनसरी, झापा, र उदयपुरबाट ब्राउन सुगर र निषेधित औषधीसहित उनीहरूलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । झापाको  मेचीनगर नगरपालिका-६ स्थित लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उर्लाबारी-३ का २१ अरुण भित्रीकोटीलाई पक्राउ गरेको छ । उनको ...
मोरङ प्रहरीमा कार्यरत जवान झुण्डिएको अवस्थामा मृत भेटिए

मोरङ प्रहरीमा कार्यरत जवान झुण्डिएको अवस्थामा मृत भेटिए

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान झुण्डिएको अवस्थामा भेटिएका छन् । सङ्खुवासभाको मादी घर भएका ३१ वर्षीय योगेन्द्रकुमार कार्की हिजो राति सवा ८ बजे तिर झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । विराटनगर-१ स्थित शान्ति चोकमा रहेको डेरामा ढोकाको चुकुल लगाएर पङ्खाको हुकमा पासो लगाएर झुण्डिएको अवस्थामा कार्कीलाई फेला पारिएको मोरङ प्रहरीले जनाएको छ । कार्कीकी पत्नी पनि मोरङ प्रह...
काँक्रो टिपेको निहुँमा पुरुषको हत्या

काँक्रो टिपेको निहुँमा पुरुषको हत्या

विराटनगर । सङ्खुवासभामा काँक्रो टिपेको निहुँमा एक पुरुषको हत्या भएको छ । चिचिला गाउँपालिका-४ मत्स्यपोखरीकी ४२ वर्षीया दुर्गामाया गुरुङले चिचिला-४ ध्वजेका ४५ वर्षीया भिमबहादुर गुरुङको हत्या गरेकी हुन् । सङ्खुवासभा प्रहरीका अनुसार काँक्रो टिपेको विषयलाई लिएर दुई जनाबीच विवाद भएको थियो । आज दिउँसो दुर्गामायाले विवादका क्रममा भीमबहादुरलाई शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेकी थिइन् । खुकुरी प्र...
जनप्रतिनिधिलाई आफ्ना कमजोरी सुधार गरेर अघि बढ्न मुख्यमन्त्री कार्कीको आग्रह

जनप्रतिनिधिलाई आफ्ना कमजोरी सुधार गरेर अघि बढ्न मुख्यमन्त्री कार्कीको आग्रह

धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्ना कमी कमजोरीलाई महसुस गरी सुधार गरेर अघि बढ्न जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् । नेकपा एमाले धनकुटाको स्थानीय विकास विभागले आज जिल्ला सदरमुकाममा आयोजना गरेको निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबीच जिल्ला स्तरीय प्रशिक्षणात्मक तथा मध्यावधि समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो आग्रह गरेका हुन् । जनप्रतिनिधि...
धनकुटामा बस पल्टिँदा २६ जना घाइते

धनकुटामा बस पल्टिँदा २६ जना घाइते

धनकुटा । धनकुटामा बस दुर्घटना भएको छ । कोशी राजमार्ग अन्तरगत धरान–धनकुटा सडकखण्ड स्थित साँगुरीगढी-६ कोलबोटेमा भएको दुर्घटनामा २६ जना घाइते भएका छन् । आज धरानबाट धनकुटाको सान्नेतर्फ जाँदै गरेको को १ ख २७५५ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकबाट ५० मिटर तल खसेको छ । प्रहरीका अनुसार घाइते मध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि धरान स्थित बीपी कोइराला स...
प्रयोगविहीन झोलुङ्गे पुल स्थानान्तरण गरिने 

प्रयोगविहीन झोलुङ्गे पुल स्थानान्तरण गरिने 

विराटनगर । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले प्रयोगविहीन रहेका झोलुङ्गे पुललाई स्थानान्तरण गर्ने भएको छ । मन्त्री भुपेन्द्र राईका अनुसार स्थानीय तहको समन्वयमा पुल सार्ने निर्णय भएको हो । सडक पुलसँगै रहेका झोलुङ्गे पुलहरू स्थानीय तहको समन्वय र मागको आधारमा सार्ने निर्णय भएको मन्त्री राईले जानकारी दिए । प्रयोगविहीन पुलहरू आवश्यक स्थानमा सारेपछि प्रयोगमा आउने उनको भनाइ छ । मन्त्री राई...
कुखुरा फर्मबाट नौ जुवाडे पक्राउ

कुखुरा फर्मबाट नौ जुवाडे पक्राउ

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-९ स्थित बोइलर कुखुराको फर्मबाट नौ जना जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । त्रियुगा-९ का ३७ वर्षीय राजु कार्की, त्रियुगा-१५ का ३४ वर्षीय विजय राई, त्रियुगा-११ का ५० वर्षीय रबिन्द्र राई र त्रियुगा-१२ का ५३ वर्षीय बसन्त राईलाई प्रहरीले पक्राउ गरेको हो । यस्तै त्रिय...
पाँचथरमा अरिङ्गालले टोक्दा एक जनाको मृत्यु

पाँचथरमा अरिङ्गालले टोक्दा एक जनाको मृत्यु

पाँचथर । पाँचथरमा अरिङ्गालले टोक्दा एक जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका-६ का २६ वर्षीय शुभराज तुम्रोकको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई बुधबार अरिङ्गालले टोकेको थियो । अरिङ्गालको टोकाइबाट सिकिस्त बिरामी परेका उनको हिजो मृत्यु भएको हो । स्थानीय क्लिनिकमा उपचार गरेर घरमै राखिएका उनको अवस्था गम्भीर बनेको थियो । अवस्था गम्भीर बनेपछि उपचारका लागि फिदिम ल्याउने तयारी हुँदै गर्दा मृत्यु भए...
धनकुटामा महिला मृत फेला

धनकुटामा महिला मृत फेला

धनकुटा । धनकुटा नगरपालिका-३ स्थित डाँडागाउँमा महिला मृत भेटिएकी छन् । आज बिहान देबराज राईको घरको बरण्डामा सुतेको अवस्थामा महिला मृत भेटिएकी हुन् । अन्दाजी ५०/५५ वर्षीया उनको पहिचान भने खुलिनसकेको धनकुटा प्रहरीले जनाएको छ । बाटुली दर्जी भनेर बोलाउने गरेको खुलेको र कहिलेकाँही उनी सोही घरमा आएर बस्ने गरेको खुलेको धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए । उनले संगालोखबरसँग भने, ‘तीन दि...
वडा सदस्यको निधन भएपछि चौबिसेमा शोक बिदा

वडा सदस्यको निधन भएपछि चौबिसेमा शोक बिदा

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा आज शोक बिदा दिइएको छ । चौविसे-१ का निर्वाचित वडा सदस्य नरबहादुर मगरको निधन भएपछि गाउँपालिकाले एक दिन शोक बिदा दिएको हो । मगर, गत २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्य निर्वाचित भएका थिए । उनी गाउँसभा सदस्य पनि थिए । मुटु सम्बन्धी समस्याबाट ग्रसित उनको गत मंगलबार निधन भएको हो । वडासदस्यको निधन भएको दुखद घडीमा शोक बिदा दिइएको गाउँप...
प्रहरी हवल्दारद्वारा ८ र १४ वर्षीया बालिकालाई बलात्कार

प्रहरी हवल्दारद्वारा ८ र १४ वर्षीया बालिकालाई बलात्कार

दाङ । दाङको भालुवाङमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दारले नाबालिकाहरूलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बलात्कार आरोपमा राप्ती गाउँपालिका-१, भालुबाङ पुल्चोकस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ मा कार्यरत सशस्त्र प्रहरीका सहायक हवलदार भरत रोकामगर र रेवन पचभैया मगर पक्राउ परेका छन् । दाङका प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले बलात्कार आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइर...
हिलेमा वृहत सांस्कृतिक कार्यक्रम हुने

हिलेमा वृहत सांस्कृतिक कार्यक्रम हुने

धनकुटा । धनकुटाको हिलेमा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । हिले ब्याडमिन्टन क्लबको आयोजनामा कात्तिक १४ गते कार्यक्रम हुन लागेको हो । तीन महिना पछि हुने तेस्रो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको सहयोगार्थ कार्यक्रम गर्न लागिएको आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका बहुचर्चित तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजक क्लबका अध्यक्ष आशिष त...
कोशीमा काङ्ग्रेसले मन्त्रीको नाम नपठाएपछि राई भए ‘डबल’ मन्त्री

कोशीमा काङ्ग्रेसले मन्त्रीको नाम नपठाएपछि राई भए ‘डबल’ मन्त्री

विराटनगर । आफ्नो भागमा परेको मन्त्रालयका लागि नेपाली काङ्ग्रेसले मन्त्रीको नाम पठाउन नसकेपछि कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईलाई नै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेशमा सत्ता गठबन्धनको सहमति अनुसार स्वास्थ्य मन्त्रालय काङ्ग्रेसको भागमा परेको थियो । तर, आन्तरिक विवादका कारण काङ्ग्रेसले मन्त्रीको नाम सिफारिस गर्न नसकेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अन...
धनकुटाको बक्रकुण्ड मन्दिरबाट देखिएको सुन्दर दृष्य (फोटो फिचर)

धनकुटाको बक्रकुण्ड मन्दिरबाट देखिएको सुन्दर दृष्य (फोटो फिचर)

धनकुटा । धनकुटा नगरपालिका-१ बक्रकुण्ड मन्दिरबाट हिमशृङ्खलासँगै अन्य मनै लोभ्याउने दृष्य देख्न सकिन्छ । खुलेको मौसममा लोत्से र मकालु हिमालसँगै पाख्रिबास नगरपालिका-१० उत्तरपानीको दृष्य यस्तो देखिएको छ । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
लुम्बिनी प्रदेशमा थपिए तीन मन्त्री

लुम्बिनी प्रदेशमा थपिए तीन मन्त्री

लुम्बिनी । लुम्बिनी प्रदेशमा तीन जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली काङ्ग्रेसबाट दुई र जनता समाजवादी पार्टीबाट एक जनालाई मन्त्री बनाएका हुन् । बर्दियाका जन्मजय तिमिल्सिना सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवार वन तथा वातावरणमन्त्री र बाँकेका आदेश अग्रवाल आन्तरिक मामिला तथा कानुनमन्त्री भएका छन् । तिमिल्सिना र कलवार काङ्ग्रेसका हुन् भने अग्रवाल जसपाका ह...
वडाध्यक्ष अमेरिकाबाट नफर्किएपछि…

वडाध्यक्ष अमेरिकाबाट नफर्किएपछि…

खोटाङ । खोटाङको साकेला गाउँपालिका-४ का वडाध्यक्ष अमेरिका गएपछि वडाको कामकारबाही प्रभावित भएको छ । वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म पनि नेपाल नफर्किएपछि स्थानीयले वडा कार्यालयमा ताला लगाएका छन् । पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो । गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समि...
उदयपुरबाट प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ

उदयपुरबाट प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-६ बाट प्रतिबन्धित औषधिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्र १-०५-००१ ह ०१५३ नम्बरको अटोसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा अटो चालक त्रियुगा-३ का ४४ वर्षीय राजेश श्रेष्ठ र अटोमा सवार त्रियुगा-११ का धिरज खड्का रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अटोमा लुकाएर राखेको ...
केर्खा दुर्घटना अपडेट : पीडित पक्षसँग चार बुँदे सहमति पश्चात राजमार्ग सुचारु

केर्खा दुर्घटना अपडेट : पीडित पक्षसँग चार बुँदे सहमति पश्चात राजमार्ग सुचारु

विराटनगर । झापाको कमल गाउँपालिका-३ स्थित केर्खामा दुर्घटना पछि निम्तिएको अवस्था सामान्य भएको छ । पीडित पक्षसँग चार बुँदे सहमति भएपछि अवस्था सामान्य भएको हो । हिजो साँझदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग करिब १२ घण्टापछि सुचारु भएको छ । पीडित पक्ष, नागरिक समाज, जनप्रतिनिधि र प्रहरी प्रशासनको छलफलबाट चार बुँदे लिखित सहमति भएपछि अवस्था सामान्य भएको हो । छलफलबाट पीडित पक्षलाई अधिकतम क्षतिपूर्ति दिला...
सिधुवामा अनुगमनका क्रममा भेटिए म्याद गुज्रिएका पेय पदार्थ

सिधुवामा अनुगमनका क्रममा भेटिए म्याद गुज्रिएका पेय पदार्थ

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ स्थित सिधुवा बजारमा अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्री भेटिएका छन् । आज घरेलु तथा साना उद्योग कार्यालय धनकुटा, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्च धनकुटाले संयुक्त रूपमा गरेको अनुगमनमा म्याद गुज्रिएका सामग्री भेटिएको हो । होटल, इन्धन, माछामासु, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलहरूमा...
सहिदभूमिमा खाना पकाउने क्रममा आगलागी 

सहिदभूमिमा खाना पकाउने क्रममा आगलागी 

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ स्थित एउटा घरमा आगलागी भएको छ । आज डाँडागाउँ स्थित थामशेर राईको फुसको छानो भएको एक तले घरमा खाना पकाउने क्रममा आगलागी भएको हो । आगलागीबाट आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट घर पूर्ण रूपमा क्षति भएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, कागज पत्र र नगदसहित घरमा भएका सम्पूर्ण सामान नष्ट भएका प्रहरीले जनाएको छ । १२ बजे लागे...
धनकुटामा प्लाष्टिकको माला र फूल बिक्रीमा रोक लगाइने

धनकुटामा प्लाष्टिकको माला र फूल बिक्रीमा रोक लगाइने

धनकुटा । तिहार नजिकिएसँगै धनकुटा नगरपालिकामा प्लाष्टिकको माला र फूल बिक्रीमा प्रतिबन्ध लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटामा बसेको सर्वपक्षीय बैठकले प्लाष्टिकको माला र फूल बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । स्थानीय कृषकले उत्पादन गरेको फूल बिक्री नहुने भएपछि यस्तो निर्णय गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । बजार तथा पसलमा प्लाष्टिकका माला र...
५० कार्टुन सिक्किमे मदिरा बरामद

५० कार्टुन सिक्किमे मदिरा बरामद

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका-१ मेवाखा स्थित मेची राजमार्गबाट अवैध मदिरा बोकेको पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो बेलुका चेकजाँचको क्रममा ५० कार्टुन सिक्किमे मदिरा बोकेर इलामबाट ताप्लेजुङ तर्फ जाँदै गरेको मे १ च ४२१४ नम्बरको पिकअप प्रहरीले नियन्त्रणमा लिएको हो । गाडी र मदिरासहित झापाको बुद्धशान्ती गाउँपालिका-३ का महेन्द्र बर्देवा र चालक सोही स्थानका सनम राईलाई ...
उदयपुरमा आगो लगाएर पत्नीको हत्या

उदयपुरमा आगो लगाएर पत्नीको हत्या

विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ मा पतिले पेट्रोल छर्किएर आगो लगाउँदा पत्नीको मृत्यु भएको छ । घरायसी विवादका क्रममा ४८ वर्षीय पति दानबहादुर राईले ४० वर्षीया पत्नी पूर्णकुमारी राईलाई आगो लगाएका थिए । शरीरको विभिन्न भाग आगोले जलेर गम्भीर अवस्थामा पुगेकी उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपु...
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीले घोषणा गर्‍यो उम्मेदवार 

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीले घोषणा गर्‍यो उम्मेदवार 

विराटनगर । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिकामा हुने उपनिर्वाचनमा अध्यक्ष पदको लागि उम्मेद्वार घोषणा गरेको छ । आज माओवादीले नमोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो । माझी केही समय अगाडि नेपाली काङ्ग्रेस छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उनी ग्रामथान गाउँपालिकाको १ नम्बर वडामा २०७४ सालमा तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट वडाध्यक्षमा निर्वाचित भएका थ...
भारतीय कारबाट एक सय तीन किलो गाँजा बरामद

भारतीय कारबाट एक सय तीन किलो गाँजा बरामद

विराटनगर । विराटनगर-१५ बाट प्रहरीले एक सय तीन किलो गाँजा बरामद गरेको छ । हिजो नेपालबाट भारततर्फ गइरहेको बी आर ३८ ए डब्लु ३७७६ नम्बरको भारतीय कारबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कारको डिक्कीमा गाँजा फेला पारेको थियो । इलाका प्रहरी कार्यालय रानीले गाडी नियन्त्रणमा लिएर थप अनुसन्धान गरि...
सुनसरीको बराहक्षेत्रमा कार दुर्घटना

सुनसरीको बराहक्षेत्रमा कार दुर्घटना

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ झण्डा चोक स्थित करम खोलामा कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । विराटनगरबाट हेटौँडार्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च ६०६९ नम्बरको कार आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।  दुर्घटनामा इटहरी उपमहानगरपालिका–५ का ४१ वर्षीय मनोज कार्की, विराटनगर-११ का ७१ वर्षीय युवराज कार्की, उनकी श्रीमती ६१ वर्षीया कविता कार्की र सोही स्थानकी ८ वर्षीया आर...
error: Content is protected !!