संगालोखबर


विराटनगर । विराटनगरको नोबेल अस्पताल अगाडि मध्यरातमा फार्मेसी सञ्चालकमाथी चक्कु प्रहार भएको छ । घटना आइतबार राति करिब ११ बजेको हो ।

विराटनगर-७ का ‘काले’ भनिने विश्वास मण्डलको समूहले मायालु फार्मेसीका सञ्चालक २५ वर्षीय सुभाष प्रसाद सिंह गनगाईमाथि चक्कु प्रहार गरेको खुलेको छ ।

Advertisement

चक्कु प्रहारबाट घाइते भएका सुभाषको नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको पेटमा चक्कु प्रहार भएको छ । ‘काले’ को समूह हप्ता असुली गर्न आउने गरेको फार्मेसी सञ्चालकहरू बताउँछन् ।

सुभाषमाथि आक्रमण भएपछि छुट्याउन गएका जस्मिन फार्मेसीमा कार्यरत दयानन्द मण्डलमाथि पनि उक्त समूहले कुटपिट गरेको खुलेको छ ।

घटनापछि फार्मेसी सञ्चालकहरूले मोरङ प्रहरीमा मण्डल समूहविरुद्ध सामूहिक किटानी जाहेरी दिएका छन् । घाइतेका दाजु शिवमकुमार गनगाईले मण्डलविरुद्ध ज्यान मार्ने उद्योगमा छुट्टै किटानी जाहेरी दिएका छन् ।

आक्रमणका मुख्य अभियुक्त विश्वास मण्डललाई चक्कुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘चक्कुसहित एक जनालाई नियन्त्रणमा लिएका छौँ । अन्य व्यक्तिको खोजी भइरहेको छ’, मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले संगालोखबरसँग भनिन्, ‘घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!