संगालोखबर
साङ्केतिक तस्बिर

विराटनगर । विराटनगर-९ का २२ वर्षीय छोटु भनिने श्रवण साहले आफ्नै भाउजूमाथि तेजाब प्रहार गरेका छन् । सोमबार सामान्य विवाद हुँदा श्रवणले २९ वर्षीया रागिनी साहमाथि तेजाब प्रहार गरेका हुन् ।

तेजाव प्रहारबाट घाइते भएकी उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।

Advertisement

घटनामा संलग्न श्रवन फरार रहेकाले खोजी भइरहेको उनको भनाइ छ । ‘घरायसी विवादका क्रममा तेजाब प्रहार गरेको खुलेको छ’, डीएसपी चुडालले संगालोखबरसँग भनिन्, ‘फरार श्रवनको खोजी भइरहेको छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!