संगालोखबर


विराटनगर । विराटनगरबाट श्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-१८ का ४१ वर्षीय विरेन्द्र साह छन् । उनको साथबाट १४ लाख ५० हजार नगद बरामद भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।

आज दिउँसो १२ः४५ बजे विराटनगर-१७ स्थित मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३८ प ५८५१ नम्बरको मोटरसाइकलमा सवार साहलाई शंका लागेर चेकजाँच गरेको थियो ।

Advertisement

साहको साथबाट एक हजार दरका दुई सय ८४ र पाँच सय दरका दुई हजार तीन सय ३२ थान नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ । रकमको श्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको डीएसपी चुडालले जानकारी दिइन् ।

मोटरसाइकल र रकमसहित पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । यस विषयमा इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!