मोहन ढकाल/संगालोखबर


विराटनगर । नेपाली उपभोक्ता किनमेलका लागि बाह्रै महिना भारतीय बजार जोगबनी जाने गरेका छन् । नेपाली बजार भन्दा सस्तोमा सामान पाइने भएपछि जोगबनी किनमेलका लागि जाने गरेको उपभोक्ताहरू बताउँछन् ।

चाडपर्वका समयमा अन्य बेलाको तुलनामा धेरै नेपाली उपभोक्ता जोगबनी जाने गरेका छन् । जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिका कारण कडाइ गरिएको नाका केहिदिनदेखि खुकुलो बनाइएसँगै दशैँको किनमेलका लागि जोगबनी जाने उपभोक्ताको संख्यामा वृद्धि भएको छ । दशैँ लक्षित किनमेलका लागि विराटनगर बाहिरका उपभोक्ता पनि धेरै आउने गरेका छन् ।

Advertisement

नाकामा ढाट लगाइएका कारण सवारी साधन आवत-जावत ठप्प छ । तर सुरक्षाकर्मी र भन्सार कर्मचारीको संख्या न्यून हुँदा कडाइ नभएको मौकामा तस्करी पनि बढेको छ ।

ड्युटीमा खटिएका सुरक्षाकर्मीका अनुसार जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही मानिसहरू दिनमा धेरै पटक सामान ओसार-पसार गरिरहेका छन् । थोरै जनशक्तिका कारण त्यस्ता गतिविधि रोक्न समस्या भएको उनीहरू बताउँछन् ।

तस्बिर : मोहन ढकाल/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!