जीवन विकास लघुवित्तद्वारा बाढीपीडितका लागि २५ लाख ५ हजार सहयोग
विराटनगर । मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीपीडितका लागि सहयोग गरेको छ ।
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनस्थापनाका लागि जीवन विकासले २५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको हो ।
कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा नागरिकको घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गर्दै आएको जीवन विकासले बुधबार प्रधानमन्त्...































