जोगवनी नाकामा थप कडाइ, नेपाल प्रवेशका लागि परिचयपत्र अनिवार्य
विराटनगर । भारतको जोगवनी हुँदै विराटनगर नाका भएर नेपाल प्रवेश गर्ने सबैले अबदेखि अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था लागू भएको छ । सीमा सुरक्षालाई मजबुत बनाउन र अवैध गतिविधि तथा तस्करी नियन्त्रण गर्ने उद्देश्यसहित सीमा क्षेत्रमा कडाइ गरिएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको टोलीले आज जोगवनी-विराटनगर सीमा क्षेत्रमा स्थलगत अनुगमन गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ...































