निर्वाचनको तयारी भइरहँदा धनकुटामा दलका गतिविधि न्यून
धनकुटा । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा सुरक्षा निकाय र निर्वाचन कार्यालयले आन्तरिक तयारी तिव्र बनाएका छन् । मतदानस्थल, केन्द्रको अवस्था निरीक्षण तथा सुरक्षा योजनाको तयारी भइरहँदा राजनीतिक दलका गतिविधि भने न्यून देखिएका छन् ।
धनकुटामा राजनीतिक दलहरूले निर्वाचन लक्षित कुनै पनि गतिविधि गरेका छैनन् । सात वटै पालिकामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा सम...































