भोजपुरको फेरी बजारमा आगलागी हुँदा एक घर जलेर नष्ट

भोजपुरको फेरी बजारमा आगलागी हुँदा एक घर जलेर नष्ट

धनकुटा । भोजपुरको अरुण गाउँपालिका-६ स्थित फेरी बजारमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आज दिउँसो हेमचन्द्र आचार्यको घरमा आगो लाग्दा घरभित्र रहेका लत्ताकपडा र सरसामान जलेर नष्ट भएको हो । भोजपुरको जरायोटार तथा धनकुटाको लेगुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको छ । आगलागीको कारण खुल्न बाँकी छ भने क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
धनकुटाबाट लागूऔषध ओसार-पसार गर्ने १५ सवारीसाधन नियन्त्रणमा

धनकुटाबाट लागूऔषध ओसार-पसार गर्ने १५ सवारीसाधन नियन्त्रणमा

धनकुटा । धनकुटा प्रहरीले लागूऔषध ओसार-पसारमा संलग्न १५ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । चार आर्थिक वर्षमा लागूऔषध ओसार-पसार तथा बिक्रीमा प्रयोग हुँदै आएका सावारीसाधन प्रहरीले नियन्त्रणमा लिएको हो । जसमा ४ वटा कार, ४ वटा पिकअप, २ वटा जिप, भन्सार छुटमा ल्याइएका आकस्मिक सेवाका २ वटा एम्बुलेन्स, २ वटा ट्रक र एउटा मिनिट्रक छन् । उक्त सवारीसाधन विगत चार आर्थिक वर्षको विभिन्न समयमा पक्राउ परेका का...
मोरङ–६ का स्वतन्त्र उम्मेदवार दाहालले सार्वजनिक गरे २१ बुँदे घोषणा पत्र

मोरङ–६ का स्वतन्त्र उम्मेदवार दाहालले सार्वजनिक गरे २१ बुँदे घोषणा पत्र

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ–६ बाट स्वतन्त्र उम्मेदवारी दिएका उत्तम दाहाल (डेका) ले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । ‘आफ्नो मुद्दा आफै उठाऔं’ भन्ने नाराका साथ ‘मसी’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिनुका दाहालले २१ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । उनले विद्यमान राजनीतिक व्यवस्था र भ्रष्टाचार विरुद्ध कडा प्रहार गर्दै अबको विकल्प स्व...
धनकुटामा हायस दुर्घटना हुँदा ७ जना घाइते

धनकुटामा हायस दुर्घटना हुँदा ७ जना घाइते

धनकुटा । धनकुटा नगरपालिका–१ स्थित निगालेमा हायस गाडी दुर्घटना भएको छ । काठमाडौंबाट धनकुटाको हिलेतर्फ आउँदै गरेको ग २ ख १९५७ नम्बरको हायस अनियन्त्रित भएर सडकबाट पल्टिदाँ ७ जना घाइते भएका छन् । शनिबार साँझ भएको दुर्घटनामा धनकुटा नगरपालिका-१ का ३६ वर्षीय रामचन्द्र तामाङ, सोही ठाउँका १८ वर्षीय अभिषेक मगर, ३५ वर्षीय युमेश बिक र १३ वर्षीया निस्मा बिक घाइते भएका छन् । यस्तै ३५ वर्षीया कल्पना बिक र पा...
धनकुटामा जसपाको चुनावी घोषणा पत्र : एयरपोर्टदेखि बाँदर नियन्त्रणसम्मका योजना

धनकुटामा जसपाको चुनावी घोषणा पत्र : एयरपोर्टदेखि बाँदर नियन्त्रणसम्मका योजना

धनकुटा । जनता समाजवादी पार्टी नेपाल धनकुटाले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । कृषि आधुनिकीकरणदेखि उद्योग, शिक्षा र पूर्वाधार विकाससम्मका योजना समावेश गर्दै जसपाले घोषणा पत्र सार्वजनिक गरेको हो । कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायिकरण र बजारीकरणमार्फत किसानको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने, बाँदर, बँदेललगायत वन्यजन्तुबाट हुने बाली नोक्सानी रोक्न पहल गर्ने घोषणा पत्रमा उल्लेख छ । य...
विराटनगरमा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता सम्बन्धी अभिमुखीकरण

विराटनगरमा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता सम्बन्धी अभिमुखीकरण

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर पत्रकारका लागि विराटनगरमा कोशी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता पालना सम्बन्धी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको हो । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै प...
विराटनगरको जेबी ट्रान्सपोर्टबाट ७ लाख बढीको कपडा बरामद

विराटनगरको जेबी ट्रान्सपोर्टबाट ७ लाख बढीको कपडा बरामद

विराटनगर । विराटनगर-७ स्थित सातघुम्तीमा रहेको जेबी ट्रान्सपोर्टबाट प्रहरीले बिल बिजक नभएको ७ लाख मूल्य बढीको कपडा बरामद गरेको छ । बिल बिजकमा कम मूल्याङ्कन गरिएको र भीसीटीएस बिलसमेत नभएको लत्ताकपडा ७ लाख ३० हजार मूल्य बराबरको कपडा बरामद गरिएको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले २० वटा पोका बनाएर राखेको अवस्थामा कपडा फेला पारेको हो । बरामद गरिएको कपडा कानुनी कारबाहीका लागि राजस्व अनु...
विराटनगरमा निर्वाचन सुरक्षा अभ्याससँगै नमुना मतदान

विराटनगरमा निर्वाचन सुरक्षा अभ्याससँगै नमुना मतदान

विराटनगर । विराटनगरमा निर्वाचन सुरक्षा अभ्याससँगै नमुना मतदान गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज डिग्री क्याम्पस परिसरमा अभ्यास गरिएको हो । निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । निर्वाचनका बेला मतदातालाई कसरी सुरक्षित रूपमा मतदान गराउने, सम्भावित जोखिमलाई कसरी टार्ने र मतदान सम्पन्न भएप...
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नु सबैको दायित्व हो : मन्त्री पराजुली

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नु सबैको दायित्व हो : मन्त्री पराजुली

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नु सबैको साझा दायित्व भएको बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग एवं प्रेस काउन्सिल नेपालको समन्वयमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशद्वारा आज विराटनगरमा आयोजना गरिएको ‘पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता’ विषयक गोष्ठीमा उनले यस्तो बताए...
खोटाङमा डोजरले फालेको ढुंगाले लागेर वृद्धको मृत्यु

खोटाङमा डोजरले फालेको ढुंगाले लागेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा डोजरले माथिबाट लडाएको ढुङ्गाले लागेर हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडास्थित धाराखोलाका ७१ वर्षीय बलबहादुर राईको मृत्यु भएको छ । सोही नगरपालिकाको वडा नम्बर ३ च्यास्मिटारस्थित दाल्फुको भित्री सडक निर्माणको काम गरिरहेको ना १ क ७३४७ नम्बरको डोजरले माथिबाट लडाएको ढुङ्गाले राईको टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको हो । घटना भएको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले डोजर र चाल...
मोरङ–६ मा शेखर : सुकुम्बासी व्यवस्थापनदेखि चक्रपथ निर्माणसम्मका एजेन्डा

मोरङ–६ मा शेखर : सुकुम्बासी व्यवस्थापनदेखि चक्रपथ निर्माणसम्मका एजेन्डा

विराटनगर । नेपाली काँग्रेसका नेता तथा मोरङ-६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार शेखर कोइरालाले सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापन लगायतलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । विराटनगर-६ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले सुकुम्बासी बस्तीका समस्या समाधानका लागि आफूले ठोस पहल गर्ने र यसलाई प्राथमिकतामा राखेको उल्लेख गरेका हुन् । उनले सुकुम्बासी आयोगका सदस्यहरूसँग प्रारम्भिक छलफल भइसके...
विश्वकै प्रदूषित सहरको चौथो नम्बरमा काठमाडौं

विश्वकै प्रदूषित सहरको चौथो नम्बरमा काठमाडौं

काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष ४ नम्बरमा परेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एअर क्वालिटी इन्डेक्स’ (एक्यूआई) का अनुसार काठमाडौंको एक्यूआई १ सय ८१ मापन गरिएको छ । शून्यदेखि ५० एक्यूआईसम्मको हावाको गुणस्तरलाई राम्रो मानिन्छ । त्यस्तै ५१ देखि १ सय एक्यूआईसम्मको हावाको गुणस्तरलाई मध्यम मानिन्छ । विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीको पहिलो नम्बरमा पाकिस्तानको लाहोर रहेक...
धनकुटाको पाख्रीबासमा बाँदर हेरालु नियुक्त

धनकुटाको पाख्रीबासमा बाँदर हेरालु नियुक्त

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाले बाँदर हेरालु नियुक्त गरेको छ । कृषकले लगाएको बालीनालीमा क्षति पुर्याउन थालेपछी त्यसको नियन्त्रणका लागि नगरपालिकाले बाँदर धपाउनका लागि हेरालु नियुक्त गरेको हो । प्रारम्भिक चरणमा दैनिक ज्यालादारीमा दुई जना पुरुषलाई बाँदर हेरालु नियुक्त गरेर परिचालन गरिएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख ज्ञानबहादुर गुरुङका अनुसार उनीहरूलाई गमबुट, टर्च, गुलेली र लौरो उपलब्ध...
विराटनगरमा सीमा सुरक्षा बैठक : १८ गतेदेखि ७२ घण्टाका लागि सिमानाका बन्द हुने

विराटनगरमा सीमा सुरक्षा बैठक : १८ गतेदेखि ७२ घण्टाका लागि सिमानाका बन्द हुने

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विराटनगरमा नेपाल र भारतका सुरक्षा अधिकारीहरूको बैठक बसेको छ । बैठकले फागुन १८ गते रातिदेखि २१ गते रातिसम्म ७२ घण्टाका लागि सिमानाका बन्द गर्ने निर्णय गरेको छ । भारतसँग सीमा जोडिएका कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका नाकाहरू पूर्णरूपमा बन्द हुनेछन् । सो अवधिमा अत्यावश्यक सेवाबाहेक सबै प्रकारका आवागमनलाई निषेध गरिने सहमति ...
मिल्स भेट्रान्स गोल्डकपको उपाधिका लागि आयोजक र इटहरी भिड्ने

मिल्स भेट्रान्स गोल्डकपको उपाधिका लागि आयोजक र इटहरी भिड्ने

विराटनगर । विराटनगरमा जारी कोशी प्रदेश स्तरीय चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक मिल्स भेट्रान्स क्लब (निलो) र हाम्रो इटहरी भेट्रान्स क्लबबीच भिडन्त हुने भएको छ । विराटनगरस्थित जुट मिलको खेलमैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली युनाइटेड भेट्रान्स क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आयोजकले फाइनलको यात्रा तय गरेको हो । अब आयोजकले उपाधिका लागि शनिबार...
धनकुटामा काँग्रेसको प्रतिबद्धता : बाँदर नियन्त्रणदेखि गाँजा खेतीको बैधानिकतासम्म

धनकुटामा काँग्रेसको प्रतिबद्धता : बाँदर नियन्त्रणदेखि गाँजा खेतीको बैधानिकतासम्म

धनकुटा । नेपाली काँग्रेस धनकुटाले प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गर्दै काँग्रेस उम्मेदवार दिनेश राईले गाँजा खेतीको वैधानिकता लगायतलाई प्राथमिकता दिँदै प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि क्षेत्र, बाँदर तथा जंगली जनावरहरू नियन्त्रण, पर्यटन क्षेत्रमा विषेश प्राथमिकता, चरा पर्यटन तथा...
तीन वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

तीन वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीको बाँके-सङ्ग्रामपुर सडकखण्डअन्तर्गत खिला गाउँमा गएराति तीनवटा मोटरसाइकल ठोक्किँदा दुई युवाको ज्यान गएको छ । ईश्वरपुर नगरपालिका-१३ स्थित ईश्वरपुर नगरपालिका र हरिपुर्वा नगरपालिकाको सीमामा भएको दुर्घटनामा हरिपुर्वा नगरपालिका-९ मिर्चैयाका ३० वर्षीय मुकेश राय र ३० वर्षीय रामज्ञान रायको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा...
धनकुटामा निर्वाचनका लागि १ हजार बढी कर्मचारी खटाइने

धनकुटामा निर्वाचनका लागि १ हजार बढी कर्मचारी खटाइने

धनकुटा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा १ हजार बढी कर्मचारी खटाइने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका लागि १ हजार ८ जना कर्मचारी खटाउने भएको हो । धनकुटामा १ सय ६६ मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्रमा छन् । अस्थायी मतदान केन्द्रका १ जनाका दरले र अन्य मतदान केन्द्रमा ६ जनाका दरले कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयका सूचना अ...
किताबी ज्ञानसँगै सीप र संस्कारयुक्त शिक्षामा एजेलियाको जोड

किताबी ज्ञानसँगै सीप र संस्कारयुक्त शिक्षामा एजेलियाको जोड

विराटनगर । विराटनगरको एजेलिया सेकेन्डरी बोर्डिङ स्कुलले ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन सुरु गरेको छ । बुधबारदेखि विराटनगरको आरोहण गुरुकुलमा सुरु भएको वार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न हुनेछ । कार्यक्रमको पहिलो दिन प्ले–ग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । साना विद्यार्थीहरूले गीत, नृत्य तथा विभिन्न सिर्जनात्मक प्रस्तुतिमार्फत दिनभर अभिभाव...
मिल्स भेट्रान्स गोल्डकप : एभरेष्टलाई हराउँदै  इटहरी फाइनलमा प्रवेश

मिल्स भेट्रान्स गोल्डकप : एभरेष्टलाई हराउँदै  इटहरी फाइनलमा प्रवेश

विराटनगर । हाम्रो इटहरी भेट्रान्स क्लब सुनसरी विराटनगरमा जारी कोशी प्रदेश स्तरीय चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित जुट मिलको खेल मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा एभरेष्ट भेट्रान्स क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै इटहरी फाइनलमा पुगेको हो । अब इटहरीले उपाधिका लागि दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । भोलि घरेलु टोली...
हाजिरीजवाफमा विराटनगरको एभरेष्ट स्कुल प्रथम

हाजिरीजवाफमा विराटनगरको एभरेष्ट स्कुल प्रथम

विराटनगर । विराटनगर महानगरपालिका र बाल मन्दिर आधारभुत विद्यालयको संयुक्त आयोजनामा भएको महानगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता एभरेष्ट सेकेन्डरी स्कुल प्रथम भएको छ । एभरेष्टले ५९ जनालाई पछि पार्दै महानगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता जितेको हो । प्रतियोगितामा आर्दश स्कुल दोस्रो भयो भने मदन नगर आधारभुत विद्यालय तेस्रो तथा बुढानीलकण्ठ स्कुल सान्त्वना भयो । एभरेष्टले नगद २१ हजार, आदर्शले १५ हजार, मदन...
धनकुटा नगरपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

धनकुटा नगरपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

धनकुटा । धनकुटा नगरपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । धनकुटा नगरपालिकाको प्रायोजन तथा भाषा माध्यमिक विद्यालयको आयोजनामा तल्लो टुँडिखेलमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्‌घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले गरेका छन् । उद्‌घाटन कार्यक्रममा बोल्दै प्रमुख तामाङले विद्यार्थी जीवनमा खेलकुदको धेरै महत्व हुने बताए । खेलकुदले विद्यार्थीलाई अनु...
इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा धनकुटाका थापाको मृत्यु

इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा धनकुटाका थापाको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-१३ ट्रान्सपोर्ट नजिक ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा धनकुटाको छथर जोरपाटी गाउँपालिका-१ का ४२ वर्षीय तेजबहादुर थापाको मृत्यु भएको हो । विराटनगरबाट इटहरी चोकतर्फ जाँदै गरेको मधेश प्र ०३-००२ ख १८१७ नम्बरको ट्रकले विपरित दिशा तर्फ जाँदै गरेको प्र १-०२-०४३ प ७००० नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ५ः१० ठक्कर दिएको थियो । दुर्घ...
धनकुटाका महिलाहरू नौमती पञ्चेबाजा संरक्षणमा जुट्दै

धनकुटाका महिलाहरू नौमती पञ्चेबाजा संरक्षणमा जुट्दै

धनकुटा । धनकुटाका महिलाहरू मौलिक परम्परा अनुसार बजाइने नौमती पञ्चेबाजा संरक्षणमा जुटेका छन् । पछिल्लो समय युवा पुस्ताको ध्यान आधुनिकतामा गएसँगै संस्कृतिलाई जगेर्ना गर्न महिलाहरू पञ्चेबाजा संरक्षणमा जुटेका हुन् । कुनै पनि धार्मिक कार्य, विवाह, व्रतबन्ध, विभिन्न समारोह तथा सांस्कृतिक कार्यक्रममा महिलाहरू पञ्चेबाजा बजाउन थालेका छन् । त्यसमा पनि एकल जातीले मात्रै नौमती पञ्चेबाजा बजाउने प्रचलन थियो ...
भोजपुरमा सेनाको टोली सवार बस दुर्घटना, ८ जनाको अवस्था गम्भीर

भोजपुरमा सेनाको टोली सवार बस दुर्घटना, ८ जनाको अवस्था गम्भीर

भोजपुर । भोजपुर नगरपालिका-३ मा प्रतिनिधि सभा निर्वाचनको सुरक्षा गस्तीका लागि खटिएको नेपाली सेना सवार बस दुर्घटनामा परेको छ । सदरमुकामस्थित नयाँ श्रीनाथ गणबाट गस्तीका लागि हिँडेको २४ जना सेना सवार बस सेती बगरनजिक सडकबाट करिब ५ सय मिटर तल खसेको हो । ना ४ ख ७३१७ नम्बरको उक्त बस दुर्घटना हुँदा त्यसमा सवार सैनिकहरू घाइते भएका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीका अनुसार टेम्केमैयुङ गाउ...
सुनसरी–१ मा एमाले उम्मेदवारको प्रतिबद्धता : सुरुङमार्गदेखि एकीकृत विकाससम्म

सुनसरी–१ मा एमाले उम्मेदवारको प्रतिबद्धता : सुरुङमार्गदेखि एकीकृत विकाससम्म

धरान । नेकपा एमालेले सुनसरी क्षेत्र नम्बर १ का लागि पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई समेट्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । निर्वाचन प्रचार-प्रसार समितिमार्फत सार्वजनिक गरिएको योजनामार्फत धरान, बराहक्षेत्र र रामधुनी नगरपालिकालाई समृद्ध, सुरक्षित र आत्मनिर्भर बनाउने लक्ष्य अघि सारिएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमालेले सुनसरी-१ मा युवा नेता टीका...
सुनसरीबाट नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ

सुनसरीबाट नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-५ बाट प्रहरीले नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इनरुवा-१० का २५ वर्षीय आजाद मिया छन् । प्रहरीका अनुसार मंगलबार मिया इनरुवा-५ स्थित सब्जी बजारमा किनमेलका लागि गएका थिए । उनले दिएको पाँच सय रुपैयाँको नेपाली नोट नक्कली भएको शङ्का लागेपछि पसलेले प्रहरीलाई खबर गरेका थिए । जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको ...
निर्वाचन अवधिभर सेनाले लियो धनकुटा कारागारको सुरक्षा जिम्मा

निर्वाचन अवधिभर सेनाले लियो धनकुटा कारागारको सुरक्षा जिम्मा

धनकुटा ।  निर्वाचन अवधिभर धनकुटा जिल्ला कारागारको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रहरी खटिने हुँदा आवश्यक जनशक्ति कम भएकाले कारागारको सुरक्षा सेनाले जिम्मा लिएको हो । धनकुटाको भीमदल गणबाट सेनाको टोली कारागारमा खटिएको छ । यस अगाडि नेपाल प्रहरी र आवश्यकता अनुसार सशस्त्र प्रहरीको टोलीले कारागारमा सुरक्षा दिँदै आएको थियो । सुरक्षाका हिसाबले अति संवेदनशी...
धनकुटाबाट २०५ किलो गाँजासहित दुईजना पक्राउ

धनकुटाबाट २०५ किलो गाँजासहित दुईजना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ गर्जुवा स्थित जंगलबाट २०५ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३३ वर्षीय प्रकाश राई र ३४ वर्षीय अशोक राई छन् । मंगलबार साँझ विषेश सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई गाँजासहित नियन्त्रणमा लिएको हो । धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार जंगलमा सेतो प्लास्टिकको बोरा भित्र लुकाएर राखेको अवस्थाम...
मोरङ-५ मा जसपाका यादवको प्रतिबद्धता : ३२ बुँदामा के-के समावेश छ ?

मोरङ-५ मा जसपाका यादवको प्रतिबद्धता : ३२ बुँदामा के-के समावेश छ ?

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मोरङ-५ को उम्मेदवार बनेका राजकुमार यादवले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । विराटनगर १४ रामजानकी मन्दिरमा आज पत्रकार सम्मेलन गर्दै यादवले ३२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । खुला प्रचार अभियानको औपचारिक सुरुवात गर्दै उनले ६ वटा प्राथमिकता क्षेत्रमा आधारित भएर प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । उनको प्रतिबद्धता पत...
विराटनगरको एभरेष्टमा दुईदिने शैक्षिक प्रदर्शनी

विराटनगरको एभरेष्टमा दुईदिने शैक्षिक प्रदर्शनी

विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आजदेखि दुई दिने शैक्षिक प्रदर्शनी सुरु भएको छ । पहिलो दिन एल केजी देखि कक्षा ५ सम्मका विद्यार्थीहरूले आ-आफ्नो प्रदर्शनी गरेका छन् । वर्षभरि पाठ्यक्रममा पढेका विषयवस्तुहरूलाई व्यवहारिक रुपमा के सिकियो भन्ने कुरालाई विद्यार्थीहरूले विभिन्न प्रोजेक्ट मार्फत प्रस्तुत गरेका हुन् । उनीहरूले विभिन्न विषयका परियोजनाहरू अभिभावकलाई देखाउँदै त्यसबारे ब...
error: Content is protected !!