मोरङबाट १० लाख बढीको भन्सार छलीको सामान बरामद
विराटनगर । मोरङमा सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याइएको १० लाख मूल्य बढीको सामान बरामद गरेको छ । लत्ताकपडा, किराना सामान तथा पशुचौपायासहित १० लाख १५ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा सामान ल्याउँदै गरेको अवस्थामा प्रदेश १-०२-००२ ह ९६८१ नम्बरको अटो नियन्त्रणमा...






























