संविधानको रक्षाका लागि सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान तथा राष्ट्रिय दिवसको अवसरमा ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै एक ढिक्का हुनुपर्ने बताएका छन् ।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एक ढिक्का भएर अघि बढ्न आह्वान गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले सात दशकभन्दा लामो...



























