सुनसरी घटनापछि मोरङमा अनिश्चितकालका लागि डिजे प्रयोगमा रोक
विराटनगर । सुनसरी घटनापछि मोरङ जिल्लामा अनिश्चितकालका लागि डिजे प्रयोगमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै जिल्लाभर डीजे बजाउन तथा प्रयोग गर्न रोक लगाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाद्वारा जारी सूचना अनुसार जिल्लाभित्र हुने कुनै पनि मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण, सार्वजनिक स्थान तथा अन्य कार्यक्...



























