धनकुटामा गुडिरहेको अटोमा आगो लागेपछि…

धनकुटामा गुडिरहेको अटोमा आगो लागेपछि…

धनकुटा । धनकुटा नगरपालिका-१ त्रिशुलेमा गुडिरहेको अटोमा आगलागी भएको छ । आगलागीबाट अटो पूर्णरुपमा जलेर नष्ट भएको छ । कोशी लोकमार्गमा शनिबार हिलेबाट जोरपाटीतर्फ जाँदै गरेको को २ ह ८१७७ नम्बरको अटोमा अचानक आगलागी भएको हो । अटोमा आगलागी भएको सूचना प्राप्त हुनासाथ पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । अटोमा चालकसहित चार जना सवार थिए । चारै जना सकुशल रहेका प्रहरीले जनाए...
सोलुखुम्बुमा मदिरा सेवनपछि चक्कु प्रहार गरी ४६ वर्षीय पुरुषको हत्या, युवक पक्राउ

सोलुखुम्बुमा मदिरा सेवनपछि चक्कु प्रहार गरी ४६ वर्षीय पुरुषको हत्या, युवक पक्राउ

विराटनगर । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-११ गन्जेडाँडामा ४६ वर्षीय पुरुषको हत्या भएको छ । आफ्नै घरमा मृत फेला परेका तोईबहादुर कटवालको हत्या गरेको आरोपमा प्रहरीले सोही स्थानका १९ वर्षीय रोशन भुवनसिंह कार्कीलाई पक्राउ गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा कार्कीले मदिरा सेवनपछि कटवालसँग विवाद हुँदा रिसको आवेगमा चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् । घरमै मृत अवस्थामा ...
कालोबजारी रोक्न धनकुटा बजारका ग्यास डिलरमा अनुगमन

कालोबजारी रोक्न धनकुटा बजारका ग्यास डिलरमा अनुगमन

धनकुटा । धनकुटामा खाना पकाउने ग्यासको अभाव हुन थालेपछी डिलर तथा बिक्री केन्द्रमा अनुगमन गरिएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटाले संयुक्त रूपमा ग्यास डिलरको अनुगमन गरेका हुन् । अनुगमन टोलीले धनकुटा बजारमा रहेका करिब आधा दर्जन ग्यास डिलरहरूको अनुगमन गरको छ । अनुगमनका क्रममा डिलरहरूमा ग्यासको आपूर्ति कम भएको, कम्पनीले आवश्यक भन्दा कम ग्यास पठाएको, अन्य कम्पनीले ...
जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका धनकुटाका भुपाल धरानबाट पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका धनकुटाका भुपाल धरानबाट पक्राउ

विराटनगर । जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट भागेका धनकुटाका एक जना पक्राउ परेका छन् । लागूऔषध मुद्दाका प्रतिवादी साँगुरीगढी गाउँपालिका-९ का ३५ वर्षीय भुपाल राई पक्राउ परेका हुन् । खोजतलासका क्रममा शनिबार धरान उपमहानगरपालिका-११ सगरमाथा टोलबाट उनलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । पक्राउ परेका राईलाई झुम्का कारागार पठाउने तयारी भइरहेको प...
खाेटाङमा ट्रकभित्र भेटियाे १३ सय १५ किलाे गाँजा

खाेटाङमा ट्रकभित्र भेटियाे १३ सय १५ किलाे गाँजा

विराटनगर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ बाट प्रहरीले एक हजार तीन सय १५ किलो गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको टोलीले मध्यपहाडी लोकमार्गको जंगलमा रोकिराखेको ट्रकबाट गाँजा बरामद गरेकाे हाे । विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले प्र १-०२-००२ ख ००८३ नम्बरको ट्रक जाँच गरेको थियो । सो क्रममा चालक बस्ने क्याबिनभित्र फल्स बटम बनाएर लुकाएर राखिएको अवस्थामा ...
पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका विद्यार्थीलाई स्वागत र बिदाइ

पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका विद्यार्थीलाई स्वागत र बिदाइ

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ (पुसोई) कलेजले नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै कलेजले विद्यार्थीहरूलाई स्वागत गरेको हो । कलेजले सन् २०२५ मा बीई सिभिलतर्फ भर्ना भएका ८०, कम्प्युटर इन्जिनियरिङतर्फका ८० तथा इलेक्ट्रिकल इन्जिनियरिङतर्फ ३४ जना नयाँ विद्यार्थीलाई स्वागत गरेको हो । यस्तै इन्जिनियरिङ अध्ययन पूरा ग...
जीवन विकास सामुदायिक अस्पतालमा बालबालिकाको ल्याप्रोस्कोपिक शल्यक्रिया

जीवन विकास सामुदायिक अस्पतालमा बालबालिकाको ल्याप्रोस्कोपिक शल्यक्रिया

विराटनगर । मोरङको कटहरी-२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनमा बालबालिकाहरूको ल्याप्रोस्कोपिक शल्यक्रिया सेवा सुरु गरिएको छ । अस्पतालका डा. बिनित कुमार यादव तथा उनको विशेषज्ञ टोलीले १० वर्षीय बालकको एपेन्डिसाइटिसको अत्याधुनिक ल्याप्रोस्कोपिक प्रविधिबाट सफल शल्यक्रिया गरेको हो । बराहक्षेत्र नगरपालिका-५ निवासी १० वर्षीय राहुल ऋषिदेवलाई पेट दुख्ने, वाकवाकी लाग्ने, ज...
काठमाडौं पुग्छ धनकुटाका शिवबहादुरले बनाएको कुराउनी

काठमाडौं पुग्छ धनकुटाका शिवबहादुरले बनाएको कुराउनी

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-३ डाँडागाउँका शिवबहादुर बस्नेतले कुराउनीबाट राम्रो आम्दानी गर्दै आएका छन् । गाउँमै संकलन गरेको दूधबाट बनाएको कुराउनी बस्नेतले स्थानीय बजारदेखि काठमाडौंसम्म बिक्री गर्छन् । उनको दैनिकी हरेक बिहान दूध संकलनबाट सुरु हुन्छ । त्यसपछि ठूलो फलामे कराईमा दूध घण्टौँसम्म तताउँदै चलाउँदै कुराउनी बनाएर प्याकिङ गर्ने र ग्राहकसम्म पठाउनु उनको दैनिकी हो । उनले स्थानीय ब...
चार वर्षीया बालिकाको हत्या आरोपमा मोरङबाट एक जना पक्राउ

चार वर्षीया बालिकाको हत्या आरोपमा मोरङबाट एक जना पक्राउ

विराटनगर । मोरङमा चार वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सुनवर्षी नगरपालिका-९ डाइनिया मुस्लिम टोल बस्ने जफारुल मियाँकी ४ वर्षीया छोरी कायानत खातुनको हत्या आरोपमा सोही ठाउँका ५९ वर्षीय जान महमद मन्सूरी पक्राउ परेका हुन्। गत साउन ८ गते बालिका खातुन घन्सी घारीभित्र मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धान गर्ने क्रममा मन्सूरीको संलग्नता देखिएपछि प्रहरीले...
इटहरीमा १६ वर्षीय किशोर मृत्यु प्रकरण : बाबु र सौतेनी आमासहित चार जना पक्राउ

इटहरीमा १६ वर्षीय किशोर मृत्यु प्रकरण : बाबु र सौतेनी आमासहित चार जना पक्राउ

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका-९ भद्र टोलमा १६ वर्षीय किशोर मृत फेला परेको घटनामा चार जना पक्राउ परेका छन् । उनीहरूलाई आत्महत्या दुरुत्साहनको कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको हो । स्थानीय नन्द बिष्टको घरमा डेरा गरी बस्ने बुद्धि सागर न्यौपानेका छोरा सरोज न्यौपाने साउन १९ गते दिउँसो साढे २ बजे आफ्नै कोठाभित्र चुकुल लगाएको अवस्थामा मृत भेटिएका थिए । घटनापश्चात आत्महत्या दुरुत्साहन दिन न...
सवारी चेकिङमा शिष्ट र मर्यादित व्यवहार गर्न ट्राफिकलाई कोशीका डीआइजी खनालको निर्देशन

सवारी चेकिङमा शिष्ट र मर्यादित व्यवहार गर्न ट्राफिकलाई कोशीका डीआइजी खनालको निर्देशन

सुनसरी । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण गरेका छन् । आज निरीक्षणमा पुगेका खनालले त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिएका छन् । उनले सवारी दुर्घटना न्यूनीकरणको लागी विशेष अभियान संचालन गर्न तथा दैनिकरूपमा ट्राफिक चेकजाँचलाई प्रभावकारी बनाई तीव्र गति, ओभर...
लेटाङबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

लेटाङबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

विराटनगर । मोरङको लेटाङ नगरपालिका-९ बाट जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३४ वर्षीय आदित्य भनिने गंगाबहादुर गुरुङ छन् । प्रहरीका अनुसार सोही स्थानमा दिदी भिनाजुको घरमा बस्दै आएकी महिलालाई साउन १६ गते राति गुरुङले जबरजस्ती करणी गरेका थिए । पीडित बसेकै घरको कोठामा लगेर मुख थुनी निजको इच्छा विपरीत जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा गुरुङलाई ...
उच्च अदालत विराटनगर धनकुटा इजलासद्वारा ८६ प्रतिशत मुद्दा फछर्यौट

उच्च अदालत विराटनगर धनकुटा इजलासद्वारा ८६ प्रतिशत मुद्दा फछर्यौट

धनकुटा । उच्च अदालत विराटनगर धनकुटा इजलासले आर्थिक वर्ष २०८२/०८३ मा ८६ दशमलव ११ प्रतिशत मुद्दा फछर्यौट गरेको छ । अदालतले ३ सय ६० थान मुद्दामध्ये ३ सय १० अर्थात् ८६ दशमलव ११ प्रतिशत मुद्दा फछर्यौट गरेको हो । अदालतमा एक वर्षभन्दा पुराना मुद्दा नरहेको र सरकारवादी फौजदारी मुद्दा अन्तरगत जबरजस्ती करणी, ज्यान मार्ने उद्योग तथा सम्बन्ध विच्छेदमा मुद्दा बढी दर्ता भएको अदालतले जनाएको छ । उच्च अदालत विर...
जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाका कैदी तेह्रथुमबाट पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाका कैदी तेह्रथुमबाट पक्राउ

विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका-८ सोल्माका ३५ वर्षीय छत्रबहादुर नेपालीलाई प्रहरीले घरैबाट पक्राउ गरेको हो । जिल्ला अदालत तेह्रथुमले नेपालीलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैदको फैसला सुनाएको थियो । ९ वर्ष कैद भुक्तान गर्न बाँकी रहेकै अवस्थामा उनी २०८२ भदौ २३ र २४ ...
धनकुटाबाट ६४७ किलो गाँजासहित ट्रक चालक र सहचालक पक्राउ

धनकुटाबाट ६४७ किलो गाँजासहित ट्रक चालक र सहचालक पक्राउ

विराटनगर । धनकुटाबाट ६४७ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट आज बिहान करिब ५ः३० बजे उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका-३ का २७ वर्षीय उमेश थिङ र सहचालक सहिदभूमि गाउँपालिका-१ का ३६ वर्षीय तुलराम राई छन् । कोशी लोकमार्गबाट विराटनगरतर्फ आउँदै गरेको ना ३ ख ५०९५ नम्बरको ट्रकमा चेकजाँच गर्ने क्रममा गाँजा फेला परे...
संखुवासभामा खोलाले बगाउँदा हाइड्रोपावरका सुपरभाइजर बेपत्ता

संखुवासभामा खोलाले बगाउँदा हाइड्रोपावरका सुपरभाइजर बेपत्ता

विराटनगर । संखुवासभाको मकालु गाउँपालिका-५ फाकफुकस्थित सिमली खोलाले बगाउँदा इदुवा हाइड्रोपावरका एकजना कर्मचारी बेपत्ता भएका छन् । सिमली खोला तर्ने क्रममा खाँदबारी-१० बस्ने २८ वर्षीय स्वागत निरौला बेपत्ता भएका हुन् । इदुवा हाइड्रोपावरमा सुपरभाइजरको रूपमा काम गर्ने निरौलालाई साथीहरूसँगै खाना खाएर हाइड्रोको आवासमा फर्कने क्रममा गएराति ११ बजे खोलाले बगाएको हो । यसैगरी सुनसरीको दुहबी नगरपालिका-११ म...
माेरङकाे धनपालथानमा माेटरसाइकलकाे ठक्करबाट वृद्धाकाे मृत्यु

माेरङकाे धनपालथानमा माेटरसाइकलकाे ठक्करबाट वृद्धाकाे मृत्यु

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ मा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ ।दुर्घटनामा ७० वर्षीया चुम्नीदेवी मण्डलकाे मृत्यु भएकाे हाे । प्रहरीका अनुसार बुधबार राति कदमाहाबाट नोचातर्फ जाँदै गरेको को ३३ प ८९५३ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी मण्डललाई ठक्कर दिएको थियाे । गम्भीर घाइते भएकी मण्डललाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएकोमा आज बिहान ४ बजेतिर ...
मोरङको मिक्लाजुङबाट दुई थान भरुवा बन्दुक बरामद

मोरङको मिक्लाजुङबाट दुई थान भरुवा बन्दुक बरामद

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-३ स्थित कोइली सामुदायिक वनबाट प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ । आज गस्तीमा खटिएको प्रहरी टोलीले बोरामा पोको पारेर राखिएको अवस्थामा बन्दुक बरामद गरेको हो । बन्दुकसँगै सोही बन्दुकमा प्रयोग हुने किटको टुक्रा दुई थान, बारुद ३२ ग्राम २५० मिलिग्राम समेत बरामद गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । बरामद भएका स...
मोरङ प्रशासनले थाल्यो जेनजी आन्दोलनका घाइतेको वर्गीकरण, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

मोरङ प्रशासनले थाल्यो जेनजी आन्दोलनका घाइतेको वर्गीकरण, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जेनजी प्रदर्शन तथा आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको पहिचान तथा वर्गीकरण थालेको छ । प्रशासनले सूचना जारी गर्दै पहिचान तथा वर्गीकरणका लागि सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । गत २०८२ साल भदौ २३ र २४ गते भएको उक्त प्रदर्शनका क्रममा घाइते भएकाहरूको चोटपटकको गम्भीरता अनुसार वर्गीकरण गर्ने, उपचारमा प्राथमिकता निर्धारण गर्ने तथा राहत र प्रतिवेदन...
सार्वजनिक स्थानमा राखिएका जातीय तथा धार्मिक झण्डा हटाउन सुनसरी प्रशासनको अपिल

सार्वजनिक स्थानमा राखिएका जातीय तथा धार्मिक झण्डा हटाउन सुनसरी प्रशासनको अपिल

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक स्थानमा राखिएका एकल जातीय, धार्मिक, साम्प्रदायिक तथा विशेष पहिचान झल्काउने झण्डा र ध्वजापता तीन दिनभित्र हटाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जारी गरेको सार्वजनिक सूचनामा विभिन्न समयमा विभिन्न प्रयोजनका लागि सार्वजनिक स्थलमा राखिएका यस्ता झण्डा तथा ध्वजापता तोकिएको समयभित्र हटाउन भनिएको हो । प्रशासनले सार्वजनिक ...
तेह्रथुमको म्याङ्लुङमा वडाध्यक्षलाई कार्यवाहक बनाएपछि चुलियो विवाद

तेह्रथुमको म्याङ्लुङमा वडाध्यक्षलाई कार्यवाहक बनाएपछि चुलियो विवाद

धनकुटा । तेह्रथुमको म्याङ्लुङ नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले उपप्रमुख उपस्थित हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिएपछि विवाद चुलिएको छ । नगरप्रमुखले भारत भ्रमणमा जानुअघि गत बिहीबार शुक्रबारदेखि लागुहुनेगरि वडा नम्बर ३ का वडाअध्यक्ष मीननाथ दाहाललाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्था विपरीत कार्यवाहक तोकिएको भन्दै...
मुसलधारे वर्षाको सम्भावना देखिएपछि उच्च सतर्कता अपनाउन इलाम प्रशासनको आग्रह

मुसलधारे वर्षाको सम्भावना देखिएपछि उच्च सतर्कता अपनाउन इलाम प्रशासनको आग्रह

इलाम । आज दिउँसो १ बजेदेखि ३ बजेसम्म मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय इलामले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम सम्बन्धी पूर्वानुमान र बुलेटिन अनुसार मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो । प्रशासनले सूचना जारी गर्दै भारी वर्षाका कारण अचानक बाढी, पहिरो, कटान, गेग्रान बहावको ठूलो जोखिम सिर्जना...
सोलुखुम्बुमा हजुरबुबाको हत्या गरेको आरोपमा नाति पक्राउ

सोलुखुम्बुमा हजुरबुबाको हत्या गरेको आरोपमा नाति पक्राउ

विराटनगर । सोलुखुम्बुमा हजुरबुबाको हत्या गरेको आरोपमा नाति पक्राउ परेका छन् ।  न्वारन पूजामा गएका आफ्नै हजुरबुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा २३ वर्षीय निरबहादुर विश्वकर्मा पक्राउ परेका हुन् । प्रहरीका अनुसार सोलुदुधकुण्ड नगरपालिका-१ लुदु निवासी अन्दाजी ५० वर्षीय कृष्णगोपाल विश्वकर्मा साउन १८ गते नाति निरबहादुरको घरमा गएका थिए । सोही क्रममा निरबहादुरले कुटपिट गर्दा कृष्णगोपाल गम्भीर घाइत...
धनकुटा अदालतमा सम्बन्ध विच्छेद र लागूऔषधका मुद्दा सबैभन्दा धेरै

धनकुटा अदालतमा सम्बन्ध विच्छेद र लागूऔषधका मुद्दा सबैभन्दा धेरै

धनकुटा । धनकुटा जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी सम्बन्ध विच्छेद र गाँजा सम्बन्धी मुद्दा दर्ता भएका छन् । जिल्ला अदालतले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गतवर्ष सम्बन्ध विच्छेदका सबैभन्दा बढी ३५२ मुद्दा दर्ता भएका हुन् । यस्तै लागूऔषध गाँजा सम्बन्धी ३८ वटा मुद्दा दर्ता भएका जिल्ला अदालत धनकुटाका न्यायाधीश हरिशचन्द्र इङ्नामले बताए । लागूऔषध ब्राउन सुगर सम्बन्धी १८ र अन्य लागू...
इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टाको पर्खाल भत्कँदा दुई जना मजदुरको मृत्यु भएको छ । इँटा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोध र ४५ वर्षीय राम फेरन कोरीको मृत्यु भएको हो । पर्खालले थिचिएका लोधको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका कोरीको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक वर्षादी ...
लेटाङमा युवतीलाई बलात्कार गरेकाे आराेपमा तीन जना पक्राउ

लेटाङमा युवतीलाई बलात्कार गरेकाे आराेपमा तीन जना पक्राउ

विराटनगर । मोरङको लेटाङ नगरपालिका-१ स्थित एक होटलमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका-१० का ३८ वर्षीय डम्बर खतिवडा तथा घटनामा मतियारको भूमिका निर्वाह गरेको आरोपमा विराटनगर-५ का २५ वर्षीय सोनुमा लिम्बू र केराबारी गाउँपालिका-८ का ५० वर्षीय कमलबहादुर आले मगर छन्। प्रहरीका अनुसार साउन १७ गते मध्यराति लेटाङकाे हाम्रो...
धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगर । धनकुटा नगरपालिका-१ हिले क्याम्पस छेउबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । सोमबार साँझ शंकास्पद रूपमा बाटोमा हिँडिरहेका पाख्रीबास नगरपालिका-७ मुगा टोलका ३२ वर्षीय हरि तामाङलाई प्रहरीले पक्राउ गरेको हो । शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट एक ग्राम ब्राउन सुगर बरामद भएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । उनको साथमा भएको मोबाइल समेत प्रहर...
विराटनगर महानगरपालिकाद्वारा बजेट पुस्तिका सार्वजनिक

विराटनगर महानगरपालिकाद्वारा बजेट पुस्तिका सार्वजनिक

विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को बजेट पुस्तिका सार्वजनिक गर्दै स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । बजेट पुस्तिका सार्वजनिक भएसँगै महानगरले विकास आयोजना, वित्तीय व्यवस्थापन र सेवा प्रवाहलाई निर्धारित कार्यतालिकानुसार अघि बढाउने तयारी पूरा गरेको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक नगर प्रमुख मधुबाबु तिवारी र वडा नम...
मोटरसाइकल दुर्घटनामा घाइते साथीको हत्या आरोपमा चालक पक्राउ

मोटरसाइकल दुर्घटनामा घाइते साथीको हत्या आरोपमा चालक पक्राउ

बर्दिया । मोटरसाइकल दुर्घटनामा घाइते भएका साथीको हत्या गर्ने मोटरसाइकल चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोटरसाइकल चालक डोटीको शिखर नगरपालिका-४ तिनाडी घर भई हाल ठाकुरबाबा नगरपालिका-७ कालीगौडी बस्दै आएका अन्दाजी २० वर्षीय गोविन्द जैसी छन् । प्रहरीका अनुसार साउन १५ गते राति करिब २ बजे बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु प्र ००१-०१२ प ०८२५ नम्बरको मोटरस...
विराटनगरका उद्योगीको घरमा छापा प्रकरण : मोरङका एसपीलाई सोधियो स्पष्टीकरण

विराटनगरका उद्योगीको घरमा छापा प्रकरण : मोरङका एसपीलाई सोधियो स्पष्टीकरण

विराटनगर । विराटनगरका प्रतिष्ठित व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा छापा हानेको विषयमा मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाललाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ । सोमबार ५ घण्टासम्म छापा मारेर केही नभेटी फर्किएपछि उनीमाथि प्रदेश प्रहरी कार्यालयले ९ बुँदे प्रश्नसहित स्पष्टीकरण मागेको हो । जिम्मेवारीमा लापरबाही, अधिकारको अनुचित प्रयोग, निर्णय प्रक्रियामा त्रुटि, व्यवसायिक आचरणजस्ता विषयमा प्रष्ट पार्न...
रामप्रसादराई गाउँपालिकाले भाडामा लिएको घरमा श्रम संस्कृति पार्टीको कार्यालय

रामप्रसादराई गाउँपालिकाले भाडामा लिएको घरमा श्रम संस्कृति पार्टीको कार्यालय

विराटनगर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले भाडामा लिएको घरमा श्रम संस्कृति पार्टीले गाउँपालिका कार्यसमितिको कार्यालय स्थापना गरेको छ । साउन १५ गते गाउँपालिकामा पार्टी समायोजन तथा पूर्ण बैठक आयोजना गरेको श्रम संस्कृतिले सोही दिन गाउँपालिकाले भाडामा लिएको घरमा कार्यालय स्थापना गरेको हो । गाउँपालिकालाई कुनै जानकारी नगराई पार्टीले कार्यालय स्थापना गरेपछि अहिले चौतर्फी विरोध भइरहेको छ । गाउँपालि...
error: Content is protected !!