गोली लागेर ज्यान गुमाएका रविन्द्रको शव कप्तानगन्ज ल्याइयो, अन्त्येष्टिको तयारी

गोली लागेर ज्यान गुमाएका रविन्द्रको शव कप्तानगन्ज ल्याइयो, अन्त्येष्टिको तयारी

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा दुई पक्षबीचको हिंसात्मक प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका रविन्द्रकुमार मेहताको शव गृह नगर ल्याइएको छ । आज बिहान १०ः२० बजेतिर हेलिकोप्टर मार्फत रविन्द्रको शव कप्तानगन्ज ल्याइएको हो । शवलाई सुरुमा मृतकको घरमा लगेर श्रद्धाञ्जली अर्पण गरिएपछि अहिले गाउँमा शवयात्रा भइरहेको छ । उनको गोली चलेकै स्थानमा अन्त्येष्‍टि गर्ने तयारी भइरहेको र...
स्कुल बसले ठक्कर दिँदा ७५ वर्षीया वृद्धाको मृत्यु

स्कुल बसले ठक्कर दिँदा ७५ वर्षीया वृद्धाको मृत्यु

सुनसरी । सुनसरीको गढी गाउँपालिका-४ मेहता टोलस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा गढी गाउँपालिका-४ मेहता टोल की ७५ वर्षीया गुद्री देवी मेहताको मृत्यु भएको हो । छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को १ ख ३३९१ नम्बरको बर्जु लेक आइडियल इङ्लिस स्कुल चिमडीको बसले बाटो छेउमा बसिरहेकी मेहतालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते मेहतालाई उपचारका लागि विर...
कोशी प्रदेशमा लागूऔषधको ओसारपसार र कारोबारमा वृद्धि

कोशी प्रदेशमा लागूऔषधको ओसारपसार र कारोबारमा वृद्धि

विराटनगर । कोशी प्रदेशमा लागूऔषधको अवैध ओसारपसार र कारोबार तीव्र रूपमा बढेको पाइएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सार्वजनिक गरेको पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार वर्षेनी लागूऔषधको कारोबार र ओसार-पसार बढ्दै गएको पाइएको हो । प्रहरीले सार्वजनिक गरेको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार प्रदेशमा गाँजा र ब्राउन सुगर बरामद परिमाणमा ठूलो वृद्धि भएको छ । प्रहरीको तथ्याङ्क अनुसार ...
धनकुटामा कोदो खेती विस्तारका लागि वैज्ञानिक परीक्षण

धनकुटामा कोदो खेती विस्तारका लागि वैज्ञानिक परीक्षण

धनकुटा । धनकुटामा कोदो खेती विस्तारका लागि बारीमा जातीय परीक्षण सुरु गरिएको छ । आधुनिक जीवनशैली र अन्य विभिन्न कारणले लोप हुँदै गएको कोदो खेतीका लागि जातको वैज्ञानिक परीक्षण सुरु गरिएको हो । धनकुटा नगरपालिका-८ खम्बेलामा विभिन्न जातका कोदो रोपेर परीक्षण सुरु गरिएको छ । हाईकास परियोजना इसिमोडको सहयोगमा वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार तथा विकास केन्द्रले कोदोको विभिन्न जात रोपेको हो । खाम...
धनकुटासहित चार जिल्लाबाट १२ जना पक्राउ

धनकुटासहित चार जिल्लाबाट १२ जना पक्राउ

विराटनगर । झापा, मोरङ, सुनसरी र धनकुटाबाट लागूऔषधसहित एकैदिन १२ जना पक्राउ परेका छन् । मंगलबार विभिन्न स्थानमा चेकजाँचका क्रममा उनीहरूलाई प्रहरीले लागूऔषधसहित नियन्त्रणमा लिएको हो । झापाको भद्रपुर नगरपालिका-५ बाट भद्रपुर-३ का २४ वर्षीय अभिषेक तामाङ लागूऔषध ब्राउन सुगर ३ ग्राम ३९ मिलिग्राम सहित पक्राउ परेका छन् । दमक नगरपालिका-२ का २९ वर्षीय सन्तोष थापा पनि ६ ग्राम १७० मिलिग्राम ब्राउन सुगर र...
धनकुटाको नाम्जेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको रणनीतिक योजना तर्जुमा कार्यशाला

धनकुटाको नाम्जेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको रणनीतिक योजना तर्जुमा कार्यशाला

धनकुटा । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको आयोजना तथा शिक्षा नीति तथा अभ्यास केन्द्रको सहकार्यमा धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित नाम्जेमा क्षमता विकास तथा तीन वर्षे रणनीतिक योजना निर्माण कार्यशाला सुरु भएको छ । नाम्जे थुम्की सामुदायिक होमस्टेमा आजबाट कार्यशाला सुरु भएकाे हाे । कार्यशाला साउन २८ गते सम्पन्न हुने छ । शिक्षा विकास निर्देशानलय धनकुटाका निर्देशक कृष्ण प्रसाद...
विराट स्पोर्ट्स जोनले अन्तरविद्यालय क्रीकशल प्रतियोगिता गर्दै, ३२ विद्यालय सहभागी हुने

विराट स्पोर्ट्स जोनले अन्तरविद्यालय क्रीकशल प्रतियोगिता गर्दै, ३२ विद्यालय सहभागी हुने

विराटनगर । विराटनगर-३ मा अवस्थित विराट स्पोर्ट्स जोनले विराटनगरमा पहिलोपटक अन्तरविद्यालय क्रीकशल प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यालयस्तरमा प्रतिभाशाली खेलाडीको पहिचान र विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा विराटनगर तथा आसपासका ३२ वटा विद्यालयको सहभागिता जनाउने छन् । प्रतियोगिता सञ्चालनका लागि २ लाख रुपैयाँ बढी खर्च हुने अनुमान छ । आज पत्रकार सम्मेलन गर्दै आयोजकले पहि...
महिलाहरूले धानेको धनकुटाको बिहीबारे हटिया

महिलाहरूले धानेको धनकुटाको बिहीबारे हटिया

धनकुटा । धनकुटामा साप्ताहिक रूपमा बिहीबारे हटिया लाग्दछ । तल्लो र माथिल्लो कोप्चे छेउमा लाग्ने बिहीबारे हटिया भर्न छिमेकी पालिकाबाट समेत मानिसहरू आउँछन् । यो हटिया विशेष गरेर महिलाहरूले नै धानेका छन् । करेसा बारीमा सिजन अनुसार उत्पादन भएका सागसब्जी, फलफूल, खाद्यान्न तथा सालको पात, दाउरा लगायत बेच्न महिलाहरूनै हटिया आउने गरेका छन् । ११ वर्षको उमेरदेखि हटिया आउन थालेकी थाममती राई अहिले ८२ वर्षकी ...
कप्तानगन्ज झडपमा गोली लागेर घाइते भएका अमितको काटियो हात

कप्तानगन्ज झडपमा गोली लागेर घाइते भएका अमितको काटियो हात

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते राति भएको दुई समूहबीचको झडपमा गोली लागेर गम्भीर घाइते भएका अमित यादवको बायाँ हात काटिएको छ । काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत यादवको सोमबार शल्यक्रियाका क्रममा बायाँ हात काटिएको परिवारले जनाएको हो । घटनामा यादवको बायाँ हात र कोखामा गोली लागेको थियो । विराटनगरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौं ल...
उर्लाबारी नगरपालिकाले काम नगर्ने ६ निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्दै

उर्लाबारी नगरपालिकाले काम नगर्ने ६ निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्दै

विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाले तोकिएको समयावधिभित्र काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य रद्द गर्ने भएको छ । आज एक सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले सम्बन्धित निर्माण व्यवसायीहरूलाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन निर्देशन दिएको हो । नगरपालिकाले योजनाहरू सम्पन्न गर्नका लागि सहजीकरण गर्दा र मौखिक तथा लिखित रूपमा ताकेता गर्दा समेत निर्माण कार्य ...
तेह्रथुमको म्याङलुङका ग्यास डिलरमा प्रशासनको अनुगमन

तेह्रथुमको म्याङलुङका ग्यास डिलरमा प्रशासनको अनुगमन

तेह्रथुम । खाना पकाउने ग्यासको अभाव भएको जनगुनासो बढेपछि तेह्रथुममा ग्यास डिलरहरूमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय लगायतको संयुक्त टोलीले म्याङलुङ बजारमा रहेका ग्यास डिलरहरूको अनुगमन तथा निरीक्षण गरेको हो । अनुगमनका क्रममा डिलरहरूमा रहेको ग्यासको मौज्दात, बिक्री-वितरणको अवस्था तथा उपभोक्ताले ग्यास पाउन भइरहेको सहजता र असहजताबारे जानकारी लिइएको थियो । अनुगमनम...
स्रोत नखुलेको ५२ लाख ५० हजार रकमसहित चार जना पक्राउ

स्रोत नखुलेको ५२ लाख ५० हजार रकमसहित चार जना पक्राउ

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरबाट प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जना पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त रकमसहित चार जनालाई नियन्त्रणमा लिएको हो । प्रदेश २-०३-००३ प ७२१५ र ना ५७ प ५१८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट रकम बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको विहार जिल्ला सीतामढी थाना डुमराका २६ ...
कप्तानगन्ज घटना : रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सात बुँदे सहमति

कप्तानगन्ज घटना : रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सात बुँदे सहमति

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा गत साउन १० गते भएको घटनामा गाेली लागेर मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सात बुँदे सहमति भएको छ । सहमति अनुसार सरकारले मृतक मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने भएकाे हाे । यस्तै साउन १० गते राति भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुन बमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाउने...
४४ दिनपछि हाजिरी जमानीमा छुटे अभिषेक गिरी

४४ दिनपछि हाजिरी जमानीमा छुटे अभिषेक गिरी

विराटनगर । अभिषेक गिरी हाजिरी जममनीमा छुटेका छन् ।कैदीबन्दीको भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका नेता गिरी ४४ दिनपछि हाजिरी जमानीमा छुटेका हुन् । गत १३ असारमा पक्राउ परेका गिरीलाई मोरङ प्रहरीले आज साँझ हाजिरी जमानीमा छाडेकाे हाे । गिरीविरुद्ध मोरङ र काठमाडौंमा ठगीसम्बन्धी थप दुईवटा मुद्दा दर्ता भएका थिए । ती दुवै मुद्दामा सम्बन्धित पक्षबीच मिलापत्र भएपछि गिरीलाई हाजिरी ...
कोशी प्रदेशमा पहिलो पटक ‘हिकभिजन एक्स्पो’ हुँदै

कोशी प्रदेशमा पहिलो पटक ‘हिकभिजन एक्स्पो’ हुँदै

विराटनगर । सुरक्षा प्रविधिको क्षेत्रमा विश्वकै अग्रणी ब्रान्ड हिकभिजनले कोशी प्रदेशमा पहिलो पटक 'हिकभिजन एक्सपेरियन्स एक्स्पो´ को आयोजना गर्ने भएको छ । आर्टिफिसियल इन्टेलिजेन्ससहित सुरक्षा प्रणालीको क्षेत्रमा काम गरिरएको हिकभिजनले मोरङको विराटचोकस्थित नेपालरिका होटलमा साउन ३१ गते एक्स्पो आयोजना गर्न लागेको हो । एक्स्पोमा हिकभिजनका नयाँ उत्पादन र प्रविधिलाई प्रदर्शनीमा राखिने नेपालको आधिकारिक व...
काेशी ग्यास उद्योगलाई  दुई लाख ९० हजार जरिवाना

काेशी ग्यास उद्योगलाई दुई लाख ९० हजार जरिवाना

विराटनगर । एलपी ग्यासको वितरण तथा व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय मोरङले बजार अनुगमन र कारबाही प्रक्रिया तीव्र पारेको छ । सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार बजार अनुगमनका क्रममा कैफियत भेटिएका ट्रेडर्स तथा ग्यास उद्योगलाई कारबाही गरिएको हो। प्रशासनका अनुसार साउन १७ गते गरिएको बजार अनुगमनका क्रममा जाँचबुझ तथा निरीक्षण का...
देवानगन्ज घटनाका मृतकलाई तत्काल सहिद घोषणा गर्न माग, ढिलाइ गरे कडा सङ्घर्षको चेतावनी

देवानगन्ज घटनाका मृतकलाई तत्काल सहिद घोषणा गर्न माग, ढिलाइ गरे कडा सङ्घर्षको चेतावनी

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्ज घटनाका मृतकहरूलाई तत्काल सहिद घोषणा गर्न विभिन्न राजनीतिक दल तथा स्थानीय प्रतिनिधिहरूले सरकारसँग माग गरेका छन् । आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पीडित परिवारसँग गरिएको लिखित सम्झौता कार्यान्वयनमा ढिलाइ गरिए गम्भीर दुर्घटना निम्तिन सक्ने चेतावनी दिएका हुन् । सरकारले देवानगन्ज घटनाका पीडित परिवारसँग मृतकलाई सहिद घोषणा गर्ने, क्षतिपूर्ति ...
विराटनगर जुट मिल सञ्चालन गर्नका लागि अध्ययन कार्यदल गठन

विराटनगर जुट मिल सञ्चालन गर्नका लागि अध्ययन कार्यदल गठन

काठमाडौं । सरकारले विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन कार्यदल गठन गरेको छ । उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न विज्ञसहितको कार्यदल गठन गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्न निकायबाट तयार गरिएका अध्ययन प्रतिवेदनको सम...
आज कोशी प्रदेशका कुन-कुन डिलरमा कति ग्यास सिलिण्डर वितरण हुँदैछ ? 

आज कोशी प्रदेशका कुन-कुन डिलरमा कति ग्यास सिलिण्डर वितरण हुँदैछ ? 

विराटनगर । उपभोक्ताको सहजताका लागि नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालयले दैनिक कुन डिलरमा कति ग्यास सिलिण्डर जाँदैछ भन्ने विवरण सार्वजनिक गर्न थालेको छ । बजारमा ग्यासको अभाव भएको र लामो लाइन बस्नुपर्ने अवस्था आएपछि कार्यालयले दैनिक विवरण सार्वजनिक गर्न थालेको हो । जसबाट उपभोक्तालाई पूर्व जानकारी हुनका साथै सहजै ग्यास पाउने वातावरण सिर्जना हुने देखिएको छ । यस्तै कालोबजारी र अनियमितता न्यूनिकर...
धनकुटाबाट बेवारिसे भरुवा बन्दुक बरामद

धनकुटाबाट बेवारिसे भरुवा बन्दुक बरामद

धनकुटा । धनकुटाबाट प्रहरीले एक नाल बेवारिसे भरुवा बन्दुक बरामद गरेको छ । गस्तीमा खटिएको प्रहरी टोलीले आज बिहान करिब १०ः२० बजे भरुवा बन्दुक बरामद गरेको हो । साँगुरीगढी गाउँपालिका-८ हर्चुवा स्थित खहरे खोल्सीको ढुङ्गाको चेपबाट वेवारिसे भरुवा बन्दुक बरामद गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । बरामद बन्दुक जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ । बन्दुक कसले राखेक...
हिन्दु राष्ट्रका लागि राप्रपा मोरङद्वारा विराटनगरमा बोलबम यात्रा

हिन्दु राष्ट्रका लागि राप्रपा मोरङद्वारा विराटनगरमा बोलबम यात्रा

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङले हिन्दु राष्ट्रका लागि बोलबम यात्रा गरेको छ । साउनको अन्तिम सोमबार आज राप्रपाले विराटनगरमा बोलबम यात्रा गरेको हो । सिंघिया घाटबाट जल लिएर बनसखण्डी महादेव मन्दिर देवकोटा चोकसम्म राप्रपा मोरङले जलढरि पदयात्रा गरेको छ । नेपाल हिन्दु राष्ट्र घोषणा हुनुपर्छ भन्ने मागसहित बोलबम यात्रा गरिएको राप्रपा मोरङका सह-सचिव सुरेश मिश्रले बताए । हिन्दु रा...
कप्तानगन्जका रविन्द्रको शव हप्ता दिनदेखि अस्पतालमै, जुट्न सकेन सहमति

कप्तानगन्जका रविन्द्रको शव हप्ता दिनदेखि अस्पतालमै, जुट्न सकेन सहमति

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तान्गन्जमा दुई समूहबीच भएको हिंसात्मक घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रविन्द्र मेहताको उपचारकै क्रममा मृत्यु भयो । उनको मृत्यु भएको एक हप्ता भइसकेपनि अझै शव अस्पतालमै छ । उनको साउन १९ गते उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल काठमाडौंमा मृत्यु भएको थियो । सरकार र मृतकका परिवारबीच सहमति जुट्न नसक्दा शवको पोस्टमार्टम समेत भएको छैन । पीडित पक्षल...
साउनको अन्तिम सोमबार : धनकुटाको विश्रान्तिमा भक्तजनको भिड (फोटो फिचर)

साउनको अन्तिम सोमबार : धनकुटाको विश्रान्तिमा भक्तजनको भिड (फोटो फिचर)

धनकुटा । आज साउनको अन्तिम सोमबार, देशैभरसँगै धनकुटाका विभिन्न शिवालय मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । धनकुटाको मूलघाट स्थित विश्रान्ति मन्दिर, पाख्रीबासको शिव मन्दिर र लेगुवाको नागेश्वर शिवालय मन्दिरमा भक्तजनको भिड लागेको छ । साउने सोमबारमा भगवान शिवको पुजा आराधना गर्न बिहानैदेखि भक्तजनहरूको भिड लागेको हो । विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेका अनुसार यहाँ ...
संखुवासभामा बढी मूल्यमा ग्यास बेच्ने व्यापारी पक्राउ

संखुवासभामा बढी मूल्यमा ग्यास बेच्ने व्यापारी पक्राउ

विराटनगर । संखुवासभाको खाँदबारी नगरपालिका-१ काे भोजपुरे भाँडा पसलले सरकारले तोकेको भन्दा बढी मूल्यमा खाना पकाउने ग्यास बिक्री गरेको पाइएकाे छ । बढी मूल्यमा ग्यास बेचेकाे पाइएपछि सञ्चालक लोकबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकाे हाे । उनले प्रतिसिलिन्डर २ हजार ३ सय रुपैयाँका दरले ग्यास बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा बजार मूल्यभन्दा  महँग...
जीवन विकास सामुदायिक अस्पतालद्वारा ‘स्वास्थ्य समता शुल्क’ फिर्ता प्रक्रिया सुरु

जीवन विकास सामुदायिक अस्पतालद्वारा ‘स्वास्थ्य समता शुल्क’ फिर्ता प्रक्रिया सुरु

विराटनगर । मोरङको कटहरी-२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनले सेवाग्राहीहरूबाट सङ्कलन गर्दै आएको 'स्वास्थ्य समता शुल्क' फिर्ता गर्ने प्रक्रिया अगाडि बढाएको छ । नेपाल सरकारको आर्थिक ऐन २०८३ तथा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार स्वास्थ्य सेवा शुल्कमा थप गरी असुल गरिँदै आएको उक्त शुल्क पूर्ण रूपमा खारेज भएपछि अस्पतालले रकम फिर्ता गर्ने निर्णय गरेको हो । नेपाल ...
विराटनगरकाे आर्या न्युराे अस्पतालद्वारा स्वास्थ्य समता शुल्क फिर्ता गर्ने निर्णय, १५ दिनभित्र निवेदन दिन आग्रह

विराटनगरकाे आर्या न्युराे अस्पतालद्वारा स्वास्थ्य समता शुल्क फिर्ता गर्ने निर्णय, १५ दिनभित्र निवेदन दिन आग्रह

विराटनगर । विराटनगर-३ स्थित आर्या न्युराे हस्पिटलले सेवाग्राहीहरूबाट लिइएको 'स्वास्थ्य समता शुल्क' फिर्ता गर्ने भएको छ । नेपाल सरकारको निर्णय बमोजिम उक्त शुल्क पूर्णरूपमा छुट गरिएकाले अस्पताल प्रशासनले साउन २१ गते सूचना जारी गर्दै पूर्व भुक्तानी भइसकेको रकम फिर्ता गर्ने जानकारी दिएको हो। अस्पतालका अनुसार यसअघि यो शुल्क बुझाएका सेवाग्राहीहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अस्पतालको बि...
सुन्दरहरैंचाको बस्ती बीचमा अलकत्रा प्लान्ट, तत्काल स्थानान्तरण गर्न स्थानीयको ध्यानाकर्षण

सुन्दरहरैंचाको बस्ती बीचमा अलकत्रा प्लान्ट, तत्काल स्थानान्तरण गर्न स्थानीयको ध्यानाकर्षण

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-७ मा एसियन हाइवे निर्माण गर्ने टुण्डी कम्पनीले बस्तीको बीचमा क्रसर र अलकत्रा प्लान्ट खोलेको भन्दै स्थानीयले विरोध जनाएका छन् । उक्त प्लान्टले जनस्वास्थ्य र वातावरणमा असर गरेको भन्दै डाँडागाउँ टोलवासीले बन्द वा स्थानान्तरण गर्न ध्यानाकर्षण गराएका हुन् । करिब ५० घर परिवार बसोवास गरेको डाँडागाँउको पश्चिममा रोडा, ढुंगा उत्पादन गर्ने क्रसर र अलकत्रा प्लान्ट ...
अरुण करिडोर निर्माणले तीव्रता पायो, भोजपुर र संखुवासभासँग तराईको दूरी छोटिने

अरुण करिडोर निर्माणले तीव्रता पायो, भोजपुर र संखुवासभासँग तराईको दूरी छोटिने

धनकुटा ।  पहाडलाई तराईसँग जोड्ने अरुण करिडोर निर्माणको कामले तीव्रता पाएको छ ।  तराईबाट धनकुटा हुँदै भोजपुर र संखुवासभा जोड्ने ६५ किलोमिटर सडक निर्माणको कामले तीव्रता पाएको हो । सुनसरीको चतरास्थित कोशी पुलदेखि धनकुटाको सहिदभूमि गाउँपालिका र पाख्रिबास नगरपालिकास्थित माङ्माया डाँडासम्म सडक निर्माण भइरहेको छ । आयोजना अन्तर्गत ४५ किलोमिटर सडक तीन खण्डमा विभाजन गरी करिब एक अर्ब रुपैयाँ लागतमा निर्मा...
पूर्वाञ्चल विश्वविद्यालयद्वारा अनलाइन परीक्षा फारमसम्बन्धी अभिमुखीकरण

पूर्वाञ्चल विश्वविद्यालयद्वारा अनलाइन परीक्षा फारमसम्बन्धी अभिमुखीकरण

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले अनलाइन परीक्षा आवेदन फारमसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस/कलेजका प्राचार्य तथा प्रतिनिधिहरूका लागि शनिबार अनलाइन परीक्षा आवेदन फारमसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै रजिष्ट्रार डा. रमेशबाबु काफ्लेले परीक्षा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने विश्वविद्या...
धनकुटाका कवि रोशन परियार नेपाल प्रज्ञाप्रतिष्ठानको सदस्यमा नियुक्त

धनकुटाका कवि रोशन परियार नेपाल प्रज्ञाप्रतिष्ठानको सदस्यमा नियुक्त

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-४ घर भएका कवि तथा साहित्यकार रोशन परियार नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञ सदस्यमा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन १९ गते परियारलाई प्रज्ञाप्रतिष्ठानको प्राज्ञ सदस्यमा नियुक्त गरेको हो । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको निर्णयबाट नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान तथा नेपाल संग...
कप्तानगन्जको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा केही युवा पक्राउ 

कप्तानगन्जको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा केही युवा पक्राउ 

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगनजमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले केही युवाहरूलाई पक्राउ गरेको छ । घटनालाई उत्तेजित बनाउने, आगजनी गर्ने तथा हिंसा फैलाउने भूमिकामा प्रत्यक्ष संलग्न रहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाको संवेदनशीलता र साम्प्रदायिक भावना बिग्रन सक्ने भन्दै प्रहरीले पक्राउ परेकाहरूको विवरण सार्वजनिक गरेको छैन ...
error: Content is protected !!