सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । आज साउनको अन्तिम सोमबार, देशैभरसँगै धनकुटाका विभिन्न शिवालय मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।

धनकुटाको मूलघाट स्थित विश्रान्ति मन्दिर, पाख्रीबासको शिव मन्दिर र लेगुवाको नागेश्वर शिवालय मन्दिरमा भक्तजनको भिड लागेको छ ।

साउने सोमबारमा भगवान शिवको पुजा आराधना गर्न बिहानैदेखि भक्तजनहरूको भिड लागेको हो । विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेका अनुसार यहाँ वर्षेनी छिमेकी जिल्लाबाट पनि भक्तजन आउने गरेका छन् ।

हिन्दु धर्ममा साउनलाई विशेष गरी धर्मकर्मको महिनाका रूपमा लिने गरिन्छ । साउनको महिनामा व्रत, दान, पूजापाठ गर्नाले बढी फल प्राप्त हुन्छ भन्ने विश्वास छ ।

 

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!