
विराटनगर । संखुवासभाको खाँदबारी नगरपालिका-१ काे भोजपुरे भाँडा पसलले सरकारले तोकेको भन्दा बढी मूल्यमा खाना पकाउने ग्यास बिक्री गरेको पाइएकाे छ ।
बढी मूल्यमा ग्यास बेचेकाे पाइएपछि सञ्चालक लोकबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकाे हाे । उनले प्रतिसिलिन्डर २ हजार ३ सय रुपैयाँका दरले ग्यास बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा बजार मूल्यभन्दा महँगोमा ग्यास बेचिरहेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको संखुवासभा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिए । ।
उनका अनुसार पक्राउ परेका श्रेष्ठमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन अन्तर्गत मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

संगालोखबर 













