खोटाङको दिक्तेल रूपाकोटले अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने

खोटाङको दिक्तेल रूपाकोटले अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले दरबन्दीबाहेकका अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने भएको छ । मंगलबारको कार्यपालिका बैठकले दरबन्दीविहीन अस्थायी, करार र ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेको हो । नगरपालिकाका अनुसार अर्थ मन्त्रालयबाट प्राप्त पत्रको आधारमा उक्त निर्णय भएको हो । आगामी कात्तिक १ देखि लागुहुनेगरि दरबन्दीविहीन अस्थायी, करार र ज्यालादारी कर्मचारी हटाउन...
प्रशासन कार्यालय मोरङबाट सबै सेवा सुचारु

प्रशासन कार्यालय मोरङबाट सबै सेवा सुचारु

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले सबै सेवा सुचारु गरेको छ । गत भदौमा भएको आगजनी र तोडफोडका कारण ध्वस्त बनेको कार्यालयले मर्मत सम्भार पछि सबै सेवा सुचारु गरेको हो । कार्यालयले राष्ट्रिय परिचयपत्र र राहदानी सेवालाई व्यवस्थित गर्न नयाँ तालिका सार्वजनिक गरेको छ । सेवाग्राहीको चाप र समस्यालाई मध्यनजर गर्दै कार्यालयले दुवै सेवाका लागि छुट्टाछुट्टै सूचना जारी गरी नयाँ व्यवस्था लागू गरेको हो । ...
धनकुटामा तीन हजार बोट गाँजा नष्ट

धनकुटामा तीन हजार बोट गाँजा नष्ट

धनकुटा । धनकुटामा प्रहरीले तीन हजार गाँजाको बोट नष्ट गरेको छ । सोमबार सहिदभूमि गाउँपालिका-३ को विभिन्न स्थानबाट प्रहरीले गाँजाको बोट नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बारीमा प्राकृतिक रूपमा उम्रिएको गाँजाको बोट फडानी गरेर जलाएर नष्ट गरिएको छ । करिब साढे १ रोपनी क्षेत्रफलको गाँजा नष्ट गरिएको प्रहरीको भनाइ छ ।
पाँचथरमा मोटरसाइकल खोल्सामा खस्दा एक जनाको मृत्यु

पाँचथरमा मोटरसाइकल खोल्सामा खस्दा एक जनाको मृत्यु

विराटनगर । पाँचथरको फिदिम नगरपालिका-१३ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा फिदिम नगरपालिका-१३ का ४२ वर्षीय हर्क राईको मृत्यु भएको हो । आज बिहान गाउँबाट दूध सङ्कलन गरेर डेरीतर्फ फर्कँदै गर्दा मोटरसाइकल स्थानीय सेतापानी खोल्सामा खसेको प्रहरीले जनाएको छ । पहिरोले क्षति भएर मर्मत भइनसकेको सडकबाट मोटरसाइकल दुर्घटना भएको प्रहरीको भनाइ छ ।
विराटनगरबाट १० लाख बराबरको कपडा र किराना सामान बरामद

विराटनगरबाट १० लाख बराबरको कपडा र किराना सामान बरामद

विराटनगर । विराटनगर महानगरपालिका-७ बाट प्रहरीले १० लाख मूल्य बराबरको कपडा र किराना सामान बरामद गरेको छ । आज बिहान करिब १० बजे बेवारिसे अवस्थामा प्रहरीले सामान बरामद गरेको हो । मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार नौ लाख ५७ हजार मूल्य बराबरको कपडा र ५४ हजार मूल्य बराबरको किराना सामान बरामद भएको छ । बरामद भएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानीमा पठाइएको डीएसपी चुडाल...
सुनसरीमा एटीएम मेसिन तोडफोड गर्ने व्यक्ति पक्राउ

सुनसरीमा एटीएम मेसिन तोडफोड गर्ने व्यक्ति पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बयरवनमा रहेको प्रभु बैंकको एटीएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सोही वडास्थित खार खोलाका २७ वर्षीय सञ्जीव राई छन् । सोमबार अपराह्न एटीएम तोडफोड भइरहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको छ । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी क...
पाँचथरको दुथेनीमा पहिरो जाँदा फेमे खोला थुनियो

पाँचथरको दुथेनीमा पहिरो जाँदा फेमे खोला थुनियो

विराटनगर । पाँचथरको फिदिम नगरपालिका-१२ स्थित दुथेनीमा पहिरो जाँदा फेमे खोला थुनिएको छ । सोमबार साँझ परेको पानीका कारण झरेको पहिरोले खोला थुनिएको हो । अहिले खोलाबाट पानी बग्न थालेपछी तत्कालका लागि जोखिम कम भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । पुनः पानी परेको खण्डमा जोखिम हुनसक्ने भएकाले त्यस क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । ‘अहिले खोलाको पानी बग्न ...
ओखलढुङ्गामा एकल महिला मृत फेला, हत्याको आशङ्का

ओखलढुङ्गामा एकल महिला मृत फेला, हत्याको आशङ्का

विराटनगर । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-४ चार्खुमा एक महिला मृत फेला परेकी छन् । सोमबार ५२ वर्षीया रत्नकुमारी कटुवाल आफ्नै घरमा मृत फेला परेकी हुन् । प्रहरीका अनुसार घरमा एक्लै बस्दै आएकी उनको शव शंकास्पद अवस्थामा फेला परेका छ । शव भेटिएको स्थान र अवस्था शंकास्पद देखिएपछि थप प्रमाण जुटाउनका लागि तालिम प्राप्त कुकुर झिकाइएको प्रहरीले जनाएको छ । ‘धरानबाट तालिम प्राप्त कुकुर झिकाइसकेका छौं । अ...
मोरङको कटहरीमा श्रीमतीले काटिदिइन् श्रीमानको लिङ्ग, नोबेलमा उपचार हुँदै

मोरङको कटहरीमा श्रीमतीले काटिदिइन् श्रीमानको लिङ्ग, नोबेलमा उपचार हुँदै

विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ आदर्श टोलमा श्रीमतीले लिङ्गमा धारिलो हतियार प्रहार गर्दा श्रीमान घाइते भएका छन् । सोमबार बेलुका करिब ५ बजे ३२ वर्षीय कामत थरका पुरुषको संवेदनशील अंगमा धारिलो हतियार प्रहार भएको हो ।  प्रहरीका अनुसार धारिलो हतियारले प्रहार गर्दा पुरुषको संवेदनशील अंगमा गहिरो चोट लागेको छ । घाइते पुरुषको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चु...
उदयपुरमा ट्याक्टरले ठक्कर दिँदा वृद्धाको मृत्यु

उदयपुरमा ट्याक्टरले ठक्कर दिँदा वृद्धाको मृत्यु

उदयपुर । उदयपुरमा ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आज त्रियुगा नगरपालिका-२ स्थित भित्री कच्ची सडकमा ट्याक्टरले ठक्कर दिँदा पैदलयात्री ७९ वर्षीया तेत्रीदेवी चौधरीको मृत्यु भएको हो । मधेश प्रदेश ०१-००१ त २५६४ नम्बरको टयाक्टरले वृद्धालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक स्थानीय २४ वर्षीय धर्मेन्द्र राजधामी फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्...
२५ प्रतिशत बजेट कटौती गर्ने कोशी सरकारको निर्णय

२५ प्रतिशत बजेट कटौती गर्ने कोशी सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याउने गरी रोका गर्ने निर्णय गरिएको बताए । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बेला भएको तोडफोड र आगज...
मोरङबाट दुई लाख ५० हजार बढीको पटका र कपडा बरामद

मोरङबाट दुई लाख ५० हजार बढीको पटका र कपडा बरामद

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-७ स्थित ठाकुर चोकबाट पटका बरामद भएको छ । आज बिहान ७ः४५ बजे भारतबाट साइकलमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा पटका बरामद भएको हो । करिब एक लाख पाँच हजार मूल्य बराबरको पटका बरामद भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । सिजुवाबाट गस्तीमा खटिएको प्रहरी टोलीलाई देख्‍नासाथ पटका ल्याउँदै गरेका व्यक्ति फरार भएका थिए । बरामद भएको पटका इलाका ...
धनकुटाको चानुवामा वडास्तरिय भलिबल प्रतियोगिता हुने

धनकुटाको चानुवामा वडास्तरिय भलिबल प्रतियोगिता हुने

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-४ चानुवामा खुल्ला वडास्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । तिहार तथा छठ पर्वको अवसरमा चानुवा खेलकुद विकास समितिको आयोजनामा असोज ३० देखि कात्तिक १ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।  तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद ६० हजार र उप-विजेता टोलीले नगद ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै सेमिफाइनालिष...
पाख्रीबासको सिंहदेवी चोकदेखि कोसेपानसम्मको सडक कालोपत्रे

पाख्रीबासको सिंहदेवी चोकदेखि कोसेपानसम्मको सडक कालोपत्रे

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-३ सिंहदेवी चोकदेखी मुगाखोला-उत्तरपानी हुँदै धर्मशाला-मन्सी-चौतारा खण्डको ६५० मिटर सडक कालोपत्रे भएको छ । एक करोड ५० लाख रुपैयाँ लागतमा सडक कालोपत्रे गरिएको हो । कालोपत्रे सडकको पूर्व खानेपानी मन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गरेका छन् । साइमन जेभी धनकुटाले ठेक्का पाएको उक्त सडक निर्माणका लागि चालु आर्थिक वर्षमा पनि ३ करोड ५४ लाख रुपैयाँ बजेट विनियोजन भए...
उदयपुरमा गुड्दै गरेको कारमा आगलागी

उदयपुरमा गुड्दै गरेको कारमा आगलागी

विराटनगर । उदयपुरमा गुड्दै गरेको कारमा आगलागी भएको छ । उदयपुरगढी-७ स्थित मदन भण्डारी राजमार्गको अँधेरी सडक खण्डमा इलामबाट काठमाडौं जाँदै गरेको बा ९ च ४६६८ नम्बरको कारमा आगलागी भएको हो । उदयपुरका प्रहरी प्रवक्ता डीएसपी केदारमान दोङका अनुसार आज बिहान करिब ९ः५० बजे कारमा अचानक आगो लागेको थियो । ‘कार काठमाडौं जाँदै गरेको रहेछ । परिवारका सदस्यहरू हुनुहुँदो रहेछ’, डीएसपी दोङले संगालोखबरसँग भने, ‘एक ज...
काठमाडौंमा श्रीमतीको हत्या आरोपमा संखुवासभाका तेन्जिङ पक्राउ

काठमाडौंमा श्रीमतीको हत्या आरोपमा संखुवासभाका तेन्जिङ पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-७ गौरीघाटमा ४० वर्षीया विमला तामाङको हत्या आरोपमा उनकै श्रीमान ३५ वर्षीय छिरिङ भनिने तेन्जिङ शेर्पा पक्राउ गरेका छन् । प्रहरीका अनुसार शेर्पाको घर संखुवासभाको खाँदबारी नगरपालिका-६ हो । शेर्पाले आइतबार दिउँसो श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । विमलाको शव डेरा कोठामा फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा हत्यामा श्रीमानकै सं...
रौतहटमा घाँस लिन जाँदा पानीमा डुबेका तीन बालिकाको मृत्यु

रौतहटमा घाँस लिन जाँदा पानीमा डुबेका तीन बालिकाको मृत्यु

रौतहट । रौतहटमा घाँस लिन जाँदा पानीमा डुबेका तीन बालिकाको मृत्यु भएको छ । गौर नगरपालिका-१ को सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा राजदेवी नगरपालिका-८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठा रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सात जनाको समूहमा गौरतर्फ घाँस लिन जाँदै गर्दा पानीमा डुबेका थिए । जसमध्ये चार जनालाई स्थानीयले ...
धनकुटामा मिनिट्रक पल्टिँदा सह-चालकको मृत्यु

धनकुटामा मिनिट्रक पल्टिँदा सह-चालकको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका-९ पाँचगोलाईमा मिनिट्रक दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ । चालक घाइते छन् । धनकुटाबाट सब्जी बोकेर धरानतर्फ जाँदै गरेको प्र-३-०१-००३ क ६९०६ नम्बरको मिनिट्रक गएराती करिब २ बजे पल्टिएको छ । दुर्घटनामा ट्रकका सह-चालक उदयपुरको रानिटारका १८ वर्षीय दिनेश क्षेत्रीको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए । दुर्घटनामा सहचालक क्षेत्र र चालक उद...
कोशी प्रदेश सभा सञ्चालनका लागि दुई स्थान प्रस्ताव, टुङ्गो लाग्न बाँकी

कोशी प्रदेश सभा सञ्चालनका लागि दुई स्थान प्रस्ताव, टुङ्गो लाग्न बाँकी

विराटनगर । कोशी प्रदेश सभा सञ्चालनका लागि विराटनगरको वीरेन्द्र सभागृह र कटहरीको कृषि बजारलाई वैकल्पिक स्थलको रूपमा प्रस्ताव गरिएको छ । जेन्जी आन्दोलनका क्रममा प्रदेश सभा र सचिवालय जलेर पूर्णरूपमा ध्वस्त भएपछि वैकल्पिक स्थलका रूपमा दुई स्थानलाई तोकिएको हो । प्रदेश सभाको आन्तरिक छलफल अनुसार वीरेन्द्र सभागृहलाई अस्थायी रूपमा प्रयोग गर्ने प्रस्ताव अगाडि सारिएको कार्यवाहक प्रदेश सभा सचिव गौतमराज अमा...
मोरङ कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

मोरङ कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

विराटनगर । मोरङ कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका-६ का ५० वर्षीय काजीमान सार्कीको शनिबार कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार हृदयघातका कारण उनको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ । सार्की २०८१ पुस २९ गते आगू...
अस्थायी र करारका कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आग्रह

अस्थायी र करारका कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आग्रह

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको करार र अस्थायी सेवामा कार्यरत कर्मचारीहरूको नियुक्ति र सम्झौता रद्द गर्ने निर्णयप्रति नेकपा एमालेले आपत्ति प्रकट गरेको छ । एमाले गाउँपालिका कमिटीले आज विज्ञप्ति जारी गर्दै गाउँपालिकाले असोज २३ र २४ गते गरेको निर्णयप्रति आपत्ति प्रकट गरेको हो । ‘यो निर्णय गैरजिम्मेवार, अमानवीय, श्रमविरोधी र प्रतिशोधपूर्ण कदम हो भन्ने नेकपा एमालेको ठहर छ’, विज्ञप्तिमा भन...
सुनसरीबाट ९ लाख बढीको भन्सार छलीको कुर्ता सुरुवाल बरामद

सुनसरीबाट ९ लाख बढीको भन्सार छलीको कुर्ता सुरुवाल बरामद

विराटनगर । सुनसरीबाट नौ लाख ५० हजार मूल्य बराबरको अवैध कुर्ता सुरुवाल बरामद भएको छ । चाडपर्व विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले उक्त मूल्य बराबरको कुर्ता सुरुवाल बरामद गरेको हो । शनिबार गढी गाउँपालिका-२ बाट को १ ह ८१७० नम्बरको अटोलाई चेकजाँच गर्दा करिब ५ लाख मूल्य बराबरको ५ सय पिस भन्सार छलीको कुर्ता सुरुवाल बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अटोबाट ५ सय पिस कर्ता...
झापा र सुनसरीबाट ४ लाख ७३ हजार बढीको पटका बरामद

झापा र सुनसरीबाट ४ लाख ७३ हजार बढीको पटका बरामद

विराटनगर । झापा र सुनसरीबाट करिब पाँच लाख बराबरको पटकाजन्य विष्फोटक पदार्थ बरामद भएको छ । चाडपर्व विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले उक्त मूल्य बराबरको विष्फोटक पदार्थ बरामद गरेको हो । शनिबार चेकजाँचका क्रममा झापाको भद्रपुर नगरपालिका-५ बाट अबैधरूपमा लुकाएर ल्याउँदै गरेको अवस्थामा करिब चार लाख मूल्य बराबरको पटका र झिलिमिली बत्ती बरामद भएको प्रहरीले जनाएको छ । यस्तै सुनसरीको द...
जेनजी आन्दोलनमा दमकबाट लुटिएको राइफल भेटियो

जेनजी आन्दोलनमा दमकबाट लुटिएको राइफल भेटियो

झापा । जेनजी आन्दोलनका क्रममा झापाको दमकबाट लुटिएको राइफल फेला परेको छ । दमक नगरपालिका-५ स्थित धनेश्वर मन्दिरनजिक आज बिहान ३०३ मार्क ३ राइफल म्यागजिनसहित भेटिएको हो । झापा प्रहरीका अनुसार स्थानीयले बेवारिसे अवस्थामा राइफल देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले भेटिएको राइफल ल्याएर कार्यालयमा राखेको छ । राइफल लुट्नेको पहिचान भइनसकेको प्रहरीले जनाएको छ । झापामा प्रहरीबाट लुटिएकामध्ये साना तथ...
सुनसरीमा सीटी सफारी चालकको हत्या

सुनसरीमा सीटी सफारी चालकको हत्या

सुनसरी । सुनसरीको रामधुनी-२ कर्मनिया टोलमा आज साँझ सिटी सफारी चालकको हत्या भएको छ । साँझ करिब ५ बजे स्थानीय ४७ वर्षीय दिनेशकुमार चौधरीको हत्या भएको हो । चौधरी सिटी सफारी सहित सडक छेउमा रगताम्य अवस्थामा फेला परेका थिए । उनको शरीरमा गहिरो चोट देखिएको प्रहरीले जनाएको छ । उनीमाथि गोली प्रहार गरिएको हुनसक्ने आशंका गरिएको भएपनि यकिन छैन । मृतकको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वा...
धनकुटाको महालक्ष्मी नगरपालिकाले अस्थायी र करारका २७ कर्मचारी हटाउने

धनकुटाको महालक्ष्मी नगरपालिकाले अस्थायी र करारका २७ कर्मचारी हटाउने

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले पनि अस्थायी र करारका कर्मचारीको नियुक्ति तथा सम्झौता रद्द गर्ने भएको छ । नगरपालिकाले आज सूचना जारी गर्दै अस्थायी र करारका कर्मचारीहरूसँगको सम्झौता र नियुक्ति आगामी कात्तिक १ गतेबाट रद्द हुने जानकारी दिएको हो । यसले नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय र वालविकासका २७ जना कर्मचारीको जागिर गुम्ने नगरपालिकाले जनाएको छ । सबैभन्दा बढी नगर स्वास...
विराटनगरमा चोरी गर्ने तीन जना पक्राउ, झोलाबाट पत्ता लाग्यो चोर

विराटनगरमा चोरी गर्ने तीन जना पक्राउ, झोलाबाट पत्ता लाग्यो चोर

विराटनगर । विराटनगर महानगरपालिका-१२ कामत चोककी संगिता यादवको घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न रहेका सोही वडाका ३१ वर्षीय धिरेन्द्र कामत, वडा नं. २ का २१ वर्षीय सुदिप कामत र वडा नं. ६ का २२ वर्षीय विवेक कामतलाई प्रहरीले पक्राउ गरेको हो । गत असोज ३ गते मान्छे नभएको मौका पारी यादवको घरबाट खरानी रंगको झोलासहित सुन, चाँदी, नगद र मोबाइल चोरी भएको थियो । घटनाको जानकार...
वर्षापछिको डुबानले विराटनगर कति प्रभावित ?

वर्षापछिको डुबानले विराटनगर कति प्रभावित ?

विराटनगर । केही दिन अघिको अविरल वर्षाका कारण भएको डुबानबाट विराटनगरका करिब एक हजार मानिस प्रभावित भएका छन् । असोज १८ देखि २० गतेसम्म तीन दिनको वर्षाले विराटनगर महानगरको पाँच वटा वडाका २ सय १८ घरमा डुबान हुँदा ९ सय ८१ व्यक्ति प्रभावित भएका हुन् । विराटनगर-१६ दरैयाका ७७ घरमा डुबान हुँदा ३८१ जना, १२ नं.को बखरीमा ७५ घर डुबानमा पर्दा ३५० जना र २ नं. का ३५ घरमा डुबान हुँदा १५० जना प्रभावित भए । त्यस्...
मोरङमा राष्ट्रिय परिचयपत्र दर्ता तथा कार्ड वितरण स्थगित

मोरङमा राष्ट्रिय परिचयपत्र दर्ता तथा कार्ड वितरण स्थगित

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले राष्ट्रिय परिचय पत्र दर्ता तथा कार्ड वितरण अनिश्चित कालका लागि स्थगित गरेको छ । आज एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय परिचय पत्र दर्ता तथा कार्ड वितरण स्थगित भएको कार्यालयले जनाएको छ । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडका कारण उपकरण तथा कार्डमा क्षति पुगेका कारण स्थगित गर्नुपरेको सूचनामा उल्लेख गर...
कोशी सरकारले बाढी पहिरोले भत्काएका सबै घर पुनर्निर्माण गरिदिने

कोशी सरकारले बाढी पहिरोले भत्काएका सबै घर पुनर्निर्माण गरिदिने

विराटनगर । कोशी प्रदेश सरकारले बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो । विपत्‌मा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जनाएको छ । घरहरूको सम्पूर्ण विवरण संकलन पनि गर...
जेनजी आन्दोलनका क्रममा भागेका ९ कैदीबन्दी उदयपुरबाट पक्राउ

जेनजी आन्दोलनका क्रममा भागेका ९ कैदीबन्दी उदयपुरबाट पक्राउ

उदयपुर । जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी उदयपुरबाट पक्राउ परेका छन् । विभिन्न कारागारबाट भागेका ९ जना कैदीबन्दी पक्राउ परेका हुन् । उदयपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा जबरजस्तीकरणी, कर्तव्य ज्यान, लागूऔषध, सवारी अङ्गभङ्ग लगायत मुद्दाका कैदीबन्दी छन् । जबरजस्तीकरणी मुद्दामा केन्द्रिय कारागार सुन्धारामा ११ वर्ष कैद सजाय भुक्तान गरिरहेका चौदण्डीगढी नगरपालिका ४ का ६४ वर्षीय ज्ञानबहादुर सा...
error: Content is protected !!