आदिवासी हकहित र समानताको निम्ति राज्यको लगानी आवश्यकः सभामुख बिष्ट
विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर बिष्टले आदिवासीहरूको हकहित र समानताको निम्ति राज्यले लगानी गर्न आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आदिवासी दिवसका अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।
नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक पहिचान भएको मुलुक भएकाले आदिवासीहरूको पहिचान, रीतिरिवाज, कला सभ्यता, भेषभुषा तथा मौलिकता राज्यको सम्पत्ति भएको भन्दै उनले यसको संरक्षण गरी चिर...





























