प्रिन्सिपललाई नै कलेजमा प्रवेश नदिइएपछि…
विराटनगर । शनिबार विराटनगरको मनास्लु होटलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत कार्यक्रम राखिएको थियो । कार्यक्रममा कोबास कलेजको प्रिन्सिपलको भूमिकामा सुनिल श्रेष्ठ सहभागी थिए ।
आइतवार उनलाई कलेजले प्रिन्सिपलबाट हटाएको भन्ने हल्ला फैलियो । तर उनले यसबारे कतैबाट केही जानकारी पाएका थिएनन् । आज सोमवार श्रेष्ठलाई कलेज प्रवेशमा नै रोक लगाइयो ।
कलेज व्यवस्थापनले आफूलाई बिनाकारण गेटबाट भित्...






























