मोरङमा प्रेमिकाले धोका दिएको भन्दै पुरुषले शरीरमा आगो लगाएपछि…
विराटनगर । मोरङमा एक पुरुषले प्रेममा धोका पाएको भन्दै आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन् । झापाको दमक नगरपालिका-७ घर भएका ४० वर्षीय विनोद थापाले शरीरमा आगो लगाएका हुन् ।
मोरङ प्रहरीका अनुसार थापाले आइतबार उर्लाबारी नगरपालिका-६ मा रहेको अन्नपूर्ण खाजा घर अगाडि गएर शरीरमा आगो लगाएका हुन् ।
थापाको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वे...




























