कोशीमा २९ प्रतिशत रोपाइँ
विराटनगर । समयमा वर्षा नहुँदा कोशी प्रदेशमा गतवर्षको तुलनामा कम रोपाइँ भएको छ । गतवर्ष यही अवधिमा ३४.४३ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष २९.५४ प्रतिशत मात्रै रोपाइँ भएको छ ।
कृषि विकास निर्देशनालयका अनुसार कुल धानखेती हुने क्षेत्रफलमध्ये उच्च पहाडी क्षेत्रमा २५.५०, मध्य पहाडी क्षेत्रमा ४१.८७ र तराइ क्षेत्रमा २५.५४ प्रतिशत रोपाइँ भएको छ । कोशीमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टर क्षेत्रफलमा धानखेती हुने...





























