खोटाङमा विद्यालय जाँदै गर्दा पहिरोले पुरिएर शिक्षिकाको मृत्यु

खोटाङमा विद्यालय जाँदै गर्दा पहिरोले पुरिएर शिक्षिकाको मृत्यु

खोटाङ । खोटाङको विश्वज्योति उच्च माध्यमिक विद्यालयकी शिक्षिका सावित्रादेवी नेवारको पहिरोमा परेर मृत्यु भएको छ । बिहीबार बिहान पौने १० बजे विद्यालय जाँदैगर्दा बाटोमा पहिरोले पुरिएर शिक्षक मगरको मृत्यु भएको हो । रावाँबेसी गाउँपालिका–३ वडा कार्यालय छेउमा पहिरो जाँदा नेवारको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएकी उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
मिस्टर एण्ड मिस लिटल कोशीका लागि अडिसन सुरु हुँदै

मिस्टर एण्ड मिस लिटल कोशीका लागि अडिसन सुरु हुँदै

विराटनगर । सातौँ संस्करणको ‘मिस्टर एण्ड मिस लिटल कोशी’ प्रतियोगिता हुने भएको छ । जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको अडिसन विराटनगर, इटहरी र धरानमा हुने भएको छ । विराटनगरमा आउँदो शनिबार, इटहरीमा भदौ ८ गते र धरानमा भदौ १५ गते अडिसन हुने जय मिडिया मेनेजमेन्ट प्रालिका अध्यक्ष जयराज रायले जानकारी दिए । छनौट चरणको अडिसनबाट छनौट भएका प्रतियोगीहरू फाइनलमा पु...
धनकुटा र तेह्रथुमलाई जोड्ने १७ किलोमिटर सडक सञ्चालनमा

धनकुटा र तेह्रथुमलाई जोड्ने १७ किलोमिटर सडक सञ्चालनमा

धनकुटा । धनकुटा र तेह्रथुम जिल्लालाई जोड्ने १७ किलोमिटर सडक सञ्चालनमा आएको छ । कोशी प्रदेश सरकारद्वारा निर्माण गरिएको सडकको बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्‌घाटन गरेका छन् । धनकुटाको सिधुवादेखि तेह्रथुमको शुक्रबारेसम्मको डबल लेन सडक सञ्चालनमा आएसँगै ग्रामीण क्षेत्रका बासिन्दालाई लाभ मिल्ने सरकारको विश्वास छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्य...
झापामा बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

झापामा बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

झापा । १३ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । झापाको शिवसताक्षी नगरपालिका–२ बस्ने २१ वर्षीय रामकृष्ण श्रेष्ठलाई प्रहरीले हिजो पक्राउ गरेको हो ।  बालिकालाई ललाईफकाई प्रलोभन देखाएर मङ्गलबार राति आफ्नै घरभित्र लगी ती युवकले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे आवश्यक अनुस...
मोरङको जहदामा मोटरसाइकलमा गाँजा ओसार्ने युवक पक्राउ

मोरङको जहदामा मोटरसाइकलमा गाँजा ओसार्ने युवक पक्राउ

विराटनगर । मोरङको जहदाबाट ६ किलो गाँजासहित गएराति एकजना युवक पक्राउ परेका छन् । जहदा गाउँपालिका–१ का २६ वर्षीय अमित मण्डललाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको सइ उज्ज्वल शाक्य नेतृत्वको टोलीले प्रदेश १–०४–००१ प ९८०२ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो । त्यस क्रममा जाँच गर्दा चालकको साथबाट ६ किलो गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञान...
सङ्खुवासभाको खाँदबारीमा ८ घर पहिरोको जोखिममा

सङ्खुवासभाको खाँदबारीमा ८ घर पहिरोको जोखिममा

सङ्खुवासभा । जिल्ला सदरमुकाम खाँदबारी नगरपालिका–५ रमितेमा आठवटा घर पहिरोका कारण जोखिममा परेका छन् । गाउँमाथिबाट जमिन चिरिएर पहिरो खस्न थालेपछि स्थानीयका घर जोखिममा परेका हुन् । पहिरो भएको ठाउँमा दुईवटा ठूला ढुङ्गा रहेकाले पहिरोसँगै खस्ने खतरा बढेको स्थानीय बासिन्दाले बताएका छन् । गाउँमा पहिरोको जोखिम बढेको खबर पाएपछि खाँदबारी नगरपालिकाका उपमेयर महेश्वर बज्राचार्य नेतृत्वमा खाँदबारी–५ का वडाध्यक...
कोशीमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५८२ पुग्यो

कोशीमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५८२ पुग्यो

विराटनगर । कोशी प्रदेशमा डेङ्गीबाट सङ्क्रमित हुनेको सङ्ख्या ५८२ पुगेको छ । चार महिनाको अवधिमा प्रदेशका विभिन्न जिल्लामा गरी त्यति सङ्ख्यामा सङ्क्रमण बढेको जनाइएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा विराटनगरमा आयोजित मोरङका स्थानीय तहका प्रमुख उपप्रमुख, सरोकारवाला लगायतको सहभागितामा भएको डेङ्गी नियन्त्रणसम्बन्धी  कार्यक्रममा यो जानकारी दिइएको हो । डेङ्गी लागेर एकजनाको मृत्यु भएको जनाइएको छ । ...
विराटनगर र इटहरीमा कारको ठक्करले दुई जनाको मृत्यु

विराटनगर र इटहरीमा कारको ठक्करले दुई जनाको मृत्यु

विराटनगर । विराटनगर र इटहरीमा कारको ठक्करले गएराति दुईजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ पिपलचोकस्थित कोशी राजमार्गमा कार र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको हो । को १ च ५१९१ नम्बरको कार र मधेस प्रदेश ०१–००४ प २७८४ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल चालक मोरङको बुढीगंगा गाउँपालिका–५ का ४० को फेकुलाल सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते उनको न...
झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु

झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु

झापा । झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका–१३ कालिझोडामा गएराति मोटरसाइकल दुर्घटना भएको हो । प्रहरीका अनुसार बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे ६ प ८३२० नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । मोटरसाइकलको ठक्करले घाइते भएका पैदलयात्री पुरुषलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइ...
गोल्डेन हस्पिटलमा झण्डै दुई महिना बन्धक बनेर घर फर्किए दाजुबहिनी

गोल्डेन हस्पिटलमा झण्डै दुई महिना बन्धक बनेर घर फर्किए दाजुबहिनी

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–७ का २३ वर्षीय देव किसुन मण्डल र १७ वर्षीया सविता मण्डल गोल्डेन हस्पिटलमा बन्धक बनेको खुलेको छ । संगालोखबरलाई प्राप्त जानकारी अनुसार उनीहरू डिस्चार्ज भएर पनि बन्धक हुनुपरेको थियो । लामो समय बन्धक भएका उनीहरू हिजो साँझ घर फर्किएका हुन् । विराटनगरको हस्पिटल चोकमा भाडामा सञ्चालित गोल्डेन हस्पिटलको विराटनगर–११ जनपथ टोलमा साउन २७ गते भव्य भवनको तामझामका साथ उद्‌घा...
झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

विराटनगर । झापा र सुनसरीका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर गएराति दुई जनाको मृत्यु भएको छ । पैनीमा बिजुलीको तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा झापाको हल्दीबारी गाउँपालिका–४ का ३३ वर्षीय नरेश मोक्तानको मृत्यु भएको हो । प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि स्वास्थ्य संस्था लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । यसैगरी, सुनसरीको हरिनगर गाउँपालिका–२ का ६...
कोशी प्रदेशमा ९८.१७ प्रतिशत रोपाइँ

कोशी प्रदेशमा ९८.१७ प्रतिशत रोपाइँ

विराटनगर । कोशी प्रदेशमा कुल खेतीयोग्य जमिनमध्ये ९८.१७ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय, कोशी प्रदेशको तथ्याङ्क अनुसार साउन २७ सम्म २ लाख ७६ हजार ३८६ हजार धान खेतीयोग्य क्षेत्रफलमध्ये २ लाख ७१ हजार ३४२ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको हो । ताप्लेजुङमा ९७, सङ्खुवासभामा ९५, सोलुखुम्बुमा ९७.६१, पाँचथरमा ९४ प्रतिशत रोपाइँ सम्पन्न भएको निर्देशनालयले...
धनकुटामा एक वर्ष अवधिमा ५३ जनाले गरे आत्महत्या

धनकुटामा एक वर्ष अवधिमा ५३ जनाले गरे आत्महत्या

धनकुटा । धनकुटामा गत आर्थिक वर्ष २०८०/०८१ मा ५३ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी झुन्डिएर आत्महत्या गरेको तथ्याङ्क छ । आत्महत्या गर्नेहरू मध्ये पुरुष ३५, महिला १२, बालक ३ र बालिका ३ जना छन् । त्यस्तै, विष सेवन गरी ७ जनाले आत्महत्या गरेका छन् । तीमध्ये पुरुष ६ र महिला एकजना छन् । आफैँलाई आगो लगाएर एकजना पुरुषले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।  झुन्ड...
उर्लियो अरुण नदी, सतर्कता अपनाउन आग्रह

उर्लियो अरुण नदी, सतर्कता अपनाउन आग्रह

सङ्खुवासभा । निरन्तरको वर्षासँगै अरुण नदीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले सतर्कता अपनाउन आग्रह गरेको छ । अरुणको बाढीले मकालु गाउँपालिकाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो आयोजनाको डाइभर्सन टनेलमा ओभरफ्लो भएर पानी बगिरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार डाइभर्सन टनेलमा पानी नअटेपछि निर्माण हुँदै गरेको बाँध भरिएर ओभरफ्लो भएको हो । जिल्ला प्रशासन कार्यालयले नदी...
विराट राजाको दरबारः ऐतिहासिक सम्पदा संरक्षणमा राज्यको बेवास्ता

विराट राजाको दरबारः ऐतिहासिक सम्पदा संरक्षणमा राज्यको बेवास्ता

विराटनगर । प्रदेश राजधानी विराटनगरको मुख्य बजार क्षेत्रबाट करिब १० किलोमिटर दक्षिणमा अवस्थित छ, विराट राजाको दरबार क्षेत्र । विराटनगर–१८ स्थित भेडियारी बस्तीमा रहेको प्राचीन विराट राजाको दरबारलाई पाँच हजार वर्ष पुरानो इतिहासका रूपमा चिनिन्छ । ऐतिहासिक सम्पदाको रूपमा परिचित यो क्षेत्रको संरक्षण र प्रवर्द्धनमा भने तीनै तहको सरकारले चासो देखाएको पाइँदैन । महाभारतकालीन इतिहाससँग जोडिएको विराट राजाक...
कोशीमा गाउँपालिका अध्यक्षसहित ७ पद रिक्त

कोशीमा गाउँपालिका अध्यक्षसहित ७ पद रिक्त

विराटनगर । कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्षसहित सातजना जनप्रतिनिधिको पद रिक्त छ । देशभर गरी विभिन्न जिल्लामा ३४ वटा पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ । ती रिक्त स्थानहरूमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न प्रस्ताव गरिएको छ । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पद रिक्त छ । सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्ष पद रिक्त छ भने झापाको कनकाई नगरपालिका–६ को वडाध्यक्ष पद रिक्त रहेको आ...
इलामको सूर्योदयमा कोठा खोज्ने बहानामा सुनचाँदीका गहना चोरी

इलामको सूर्योदयमा कोठा खोज्ने बहानामा सुनचाँदीका गहना चोरी

इलाम । कोठा भाडामा खोज्ने बहानामा सुन चाँदीका गहना चोरी गर्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । इलामको सूर्याेदय नगरपालिका–१० का हेमकुमार श्रेष्ठको घरमा कोठा खोज्ने बहानामा आएका व्यक्तिले गहना चोरी गरेका हुन् । प्रहरीका अनुसार दार्जिलिङका ३० वर्षीय देवव्रत रायले घरको कोठा हेर्ने भन्दै भित्र गएर दराज खोली सुन, चाँदीका गहना र नगद चोरी गरेका थिए । चोरीपछि भाग्दै गरेको अवस्थामा स्थान...
धनकुटाको कुरुलेमा वर्षाको पानी जम्मा गर्न पोखरी, कृषि कर्मलाई सजिलो

धनकुटाको कुरुलेमा वर्षाको पानी जम्मा गर्न पोखरी, कृषि कर्मलाई सजिलो

धनकुटा । कुनै समय खानेपानीको समस्या हुँदा बस्ती नै विस्थापित भएको धनकुटा कुरुलेस्थित बन्दुकेडाँडा अचेल हराभरा हुँदै गएको छ । सुख्खाग्रस्त यो ठाउँमा पोखरी निर्माण गरिएपछि हरियाली बढ्न थालेको हो । चौबिसे गाउँपालिका–३, कुरुलेस्थित बन्दुके डाँडामा पोखरी निर्माण भएसँगै अवस्था फेरिन थालेको स्थानीय बासिन्दाले बताए । कृषिसम्बन्धी गतिविधि गर्दै आएको तमोर पर्माकल्चर नामक संस्थाले बन्दुके डाँडामा पोखरी नि...
गाँजा नियन्त्रणमा लिन सुनसरीमा प्रहरीले चलायो गोली, कार छाडेर चालक फरार

गाँजा नियन्त्रणमा लिन सुनसरीमा प्रहरीले चलायो गोली, कार छाडेर चालक फरार

सुनसरी । गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरीले सुनसरीमा आज दिउँसो गोली चलाएको छ । भारतीय नम्बर प्लेटको कारबाट एक क्विन्टल गाँजा नियन्त्रणमा लिइएको छ । डब्लूबी ७४ एस २५३१ नम्बरको कारमा लोड गरिएको गाँजा नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो । धरान–१५, श्यामचोकबाट पानबारी जाने सेउती पुलमा गस्तीमा रहेको प्रहरीलाई छलेर भाग्न खोज्दा हवाई फायर गर्नुपरेको प्रहरीको भनाइ छ । जिल्ला प्रह...
जोगबनीबाट नेपाल प्रवेश गर्न खोज्ने दुईजना बंगलादेशीलाई फर्काइयो

जोगबनीबाट नेपाल प्रवेश गर्न खोज्ने दुईजना बंगलादेशीलाई फर्काइयो

विराटनगर । जोगबनी नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने दुईजना बंगलादेशी नागरिकलाई आज फिर्ता पठाइएको छ। प्रहरीका अनुसार भारतको जोगबनीबाट नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशी नागरिक ४९ वर्षीय करिम मोहम्मद रिजाउल र ६३ वर्षीया जायदा बेगमलाई भारततिरै फर्काइएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार अनधिकृतरूपमा नेपाल प्रवेश गर्न खोज्दै गर्दा उनीहरुलाई फेला पारी फर्काइएको ह...
ताप्लेजुङमा बोलेरो गाडी दुर्घटना, तीनजना घाइते

ताप्लेजुङमा बोलेरो गाडी दुर्घटना, तीनजना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सान्थाक्रामा आज बोलेरो गाडी दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । दोभानबाट नाल्वु जाँदै गरेको ग३च ९८४७ नम्बरको गाडी दुर्घटना भएको हो । मेरिङदेन–२ सान्थाक्रामा उकालोमा नचढेपछि चालक पेम्वा शेर्पा गाडी स्टार्टमै छोडेर ओट लगाउन गाडीबाट झरेका बेला सडकबाट २० मिटर तल गाडी खसेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कमल लुंगेलीका अनुसार फुङलिङ नगरपालिका–...
जेठदेखि बन्द ताप्लेजुङको सुकेटार विमानस्थलमा बुधबारदेखि उडान हुने

जेठदेखि बन्द ताप्लेजुङको सुकेटार विमानस्थलमा बुधबारदेखि उडान हुने

ताप्लेजुङ । जेठ ११ गतेदेखि उडान हुन नसकेको ताप्लेजुङको सुकेटार विमानस्थलमा भोलि बुधबारदेखि उडान सुरु हुने भएको छ । नेपाल वायुसेवा निगमले उडान तालिका राखेर उडान सुरु गर्न लागेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार मौसमले साथ दिए उडान गर्ने निधो भएको छ । निगमले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान गर्दै आएको छ । जेठ ११ गते अन्तिम उडान गरेको निगमले त्यसयता उडान गरेको छैन । यसअघि सोमबार, बुधबार र...
झापाको बाह्रदशीमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु

झापाको बाह्रदशीमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु

झापा । झापाको बाह्रदशी गाउँपालिका–२ मा मोटरसाइकलको ठक्करले एक पैदलयात्रीको मृत्यु भएको छ । मे ४ प ५१५६ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्री बाह्रदशी–१ नयाँबस्तीका ४२ वर्षीय च्याङ्वा तामाङको आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करले गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार कचनकवल गाउँपालिका–१...
युवतीलाई मौरिसस पुर्‍याएर ‘बेचेको’ आरोपमा झापाका एकजना पक्राउ

युवतीलाई मौरिसस पुर्‍याएर ‘बेचेको’ आरोपमा झापाका एकजना पक्राउ

झापा । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले मानव बेचबिखन गरेको आरोपमा झापाका एक जनालाई पक्राउ गरेको छ । ग्रीन कार्डको लोभ देखाएर एकजना युवतीलाई मौरिसस पुर्याएको आरोपमा झापाको कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई पक्राउ गरिएको हो । २७ वर्षीया पीडित युवतीले गत असार २० गते मौरिससबाट फर्केपछि ब्युरोमा उजुरी दिएकी थिइन् । प्रहरीका अनुसार ती युवतीलाई मासिक ७० हजार तलब हुने कुकको का...
धरानको होटलमा जुवातास खेल्ने आठजना पक्राउ

धरानको होटलमा जुवातास खेल्ने आठजना पक्राउ

सुनसरी । धरान उपमहानगरस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित कञ्चनजङ्घा होटल एन्ड लजको ३०३ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा होटल सञ्चालिका ४९ वर्षीया प्रमिला योङदेनसमेत आठजना छन् । अन्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरूलाई गएराति प्रहरीले पक्राउ गरेको हो । इलाक...
सप्तरीमा पुलबाट ट्रक खस्दा मोरङको उर्लाबारीका चालकको मृत्यु

सप्तरीमा पुलबाट ट्रक खस्दा मोरङको उर्लाबारीका चालकको मृत्यु

विराटनगर । सप्तरीमा क्लिङ्कर बोकेको ट्रक दुर्घटना हुँदा मोरङको उर्लाबारी घर भएका चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–५, मोहनपुर पुलमा आज बिहान भएको दुर्घटनामा चालक उर्लाबारी–१ का २५ वर्षीय सबिन राईको मृत्यु भएको हो । मधेश प्रदेश–०३–००१ ख ८१८१ नम्बरको ट्रक क्लिङ्कर बोकेर गुडिरहेका बेला मोहनपुर पुलबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ...
मोरङको बेलबारीमा मृत अवस्थामा हात्तीको छावा भेटियो

मोरङको बेलबारीमा मृत अवस्थामा हात्तीको छावा भेटियो

विराटनगर । मोरङको बेलबारीमा आज बिहान हात्तीको छावा मृत अवस्थामा भेटिएको छ । बेलबारी नगरपालिका–३ मा स्थानीय बासिन्दाले छावा मृत अवस्थामा देखेपछि प्रहरीमा खबर गरेका थिए । करिब तीन वर्षको उक्त छावा के कारणले मरेको हो भन्ने खुलिसकेको छैन । सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षबाट विशेषज्ञको टोली आएर त्यसबारे अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।
विराटनगरका युवा उद्यमीद्वारा रक्तदान

विराटनगरका युवा उद्यमीद्वारा रक्तदान

विराटनगर । विराटनगरका युवा उद्यमीहरूले रक्तदान गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सोमबार युवा उद्यमी मञ्च विराटनगरले रानीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा युवा उद्यमीसहित ६२ जनाले रक्तदान गरेको युवा उद्यमी मञ्च विराटनगरका उपाध्यक्ष रोमन कटेलले जानकारी दिए । रक्तदानका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटलले प्राविधिक सहयोग गरेको थियो । अन्तर्राष्ट्रिय युवा दिवस...
विद्यार्थीलाई ट्राफिक सुरक्षाबारे सचेतना

विद्यार्थीलाई ट्राफिक सुरक्षाबारे सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर सेन्ट्रल र रोट्राक्ट क्लब अफ विराटनगर सेन्ट्रलको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस अवसरमा ट्राफिक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ । विराटनगरको कोबास कलेजमा भएको कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सुन्दर श्याम पोखरेलको टोलीले विद्यार्थीहरूलाई ट्राफिक नियम, अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी दिएका थिए । ट्राफिक सुरक्षाबारे...
विद्यालयस्तरीय बुद्धिचालमा बूढानीलकण्ठका शर्मा प्रथम

विद्यालयस्तरीय बुद्धिचालमा बूढानीलकण्ठका शर्मा प्रथम

विराटनगर । विराट बुद्ध स्पोर्टिङ्ग क्लबले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको विराटनगर महानगर विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि बुढानीलकण्ठ माध्यमिक अङ्ग्रेजी विद्यालयका आयुष शर्माले जितेका छन् । विराटनगरस्थित सगरमाथा माध्यमिक विद्यालयमा आज सम्पन्न प्रतियोगितामा विभिन्न विद्यालयका २६ विद्यार्थीलाई पछि पार्दै शर्माले प्रथम स्थान हासिल गरेका हुन् । प्रतियोगितामा पोखरिया मा...
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धनकुटामा रक्तदान

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धनकुटामा रक्तदान

धनकुटा । २५ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा सङ्घ नेपालले धनकुटामा आयोजना गरेको कार्यक्रममा ५९ पाउण्ड रगत सङ्कलन भएको छ । रेडक्रस सोसाइटी धनकुटा र जिल्ला अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको थियो । पूर्वमन्त्री तथा संघीय सांसद राजेन्द्र राई प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोशी प्रदेश सांसद इन्द्रमणि पराजुली, निरन राई लगायतको उपस्थिति थियो । त्यस अवसरमा जनप्रतिनिधि...
error: Content is protected !!