आज गाईजात्राः धनकुटा र इटहरीमा सार्वजनिक बिदा
विराटनगर । नेवार समुदायले मनाउने गाईजात्रा पर्व काठमाडौँ उपत्यका सहित आज मुलुकभर मनाइँदैछ । नेवार समुदायको बसोबास रहेका स्थानहरूमा विशेष रुपमा गाईजात्रा मनाइन्छ ।
पूर्वका धनकुटा, सुनसरी, इलाम, मोरङलगायत जिल्लामा पनि यो पर्व मनाइन्छ । यसैबीच, सुनसरीको इटहरी उपमहानगरपालिकाले गाईजात्राको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
पर्वको अवसरमा इटहरी उपमहानगरले आफ्नो पालिका क्षेत्रमा सार्वजनिक...






























