पाख्रीबास नगरपालिकालाई शिक्षकहरूको चेतावनी– आज तलब नपाए आन्दोलन गर्छौँ
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूले आज तलब निकासा गरिदिन आग्रह गरेका छन् । नेपाल शिक्षक महासङ्घ आवद्ध घटक संस्थाहरूले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
आर्थिक बर्ष २०८२/०८३ को प्रथम त्रैमासिक साउन, भदौ र असोजको तलबभत्ता तथा चाडपर्व खर्च निकासा नहुने दुःखद र आपत्ति जनक रहेको विज्ञप्तिमा भनिएको छ ।
‘चाडबाडको मुखमा लामो...































