संगालोखबर
साङ्केतिक तस्बिर : एआईको सहयोगमा

धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका-९ घर भई धनकुटा नगरपालिका-२ त्रिशुले बस्ने २२ वर्षीय अर्जुन कार्की छन् ।

उनलाई छथर जोरपाटी गाँउपालिका-२ स्थित जोरपाटी बजारबाट पैदल हिँडिरहेको अवस्थामा बुधबार राति पक्राउ गरिएको धनकुटा प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार शंका लागेर चेकजाँच गर्दा उनको साथबाट २ सय मिलिग्राम ब्राउन सुगर फेला परेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!