संगालोखबर


सुनसरी । सुनसरीको रामधुनीमा नुहाउ खोलामा पसेका एक जनाको डुबेर मृत्यु भएको छ । सुनसरी खोलामा नुहाउन पसेका मोरङको सुन्दरहरैँचा नगरपालिका-३ का ४१ वर्षीय देवेन्द्र भट्टराईको मृत्यु भएको हो ।

सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार बालाचतुर्दशी मेलाका लागि रामधुनी मन्दिर पुगेका तीन जना तीर्थालु आज बिहान नुहाउन खोलामा पसेका थिए । जसमध्ये इटहरी-१३ का रोहित काफ्ले आफैं खोलाबाट बाहिर निस्किएका थिए ।

Advertisement

इनरुवा नगरपालिका-५ का ५८ वर्षीय भीमराज काफ्लेलाई प्रहरीले सकुशल उद्धार गरेको छ । काफ्ले सामान्य उपचारपछि डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!