सगरमाथा आरोहणपछि फर्कने क्रममा नेपालीसहित दुई आरोही बेपत्ता
सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आएका दुईजना आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक छन् । मंगलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा संखुवावासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका हुन् ।
पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलका अनुसार चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार सात सय...