धनकुटामा पिकअप र मोटरसाइकल ठोक्किँदा आमा-छोरा घाइते
धनकुटा । धनकुटामा पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किँदा आमा-छोरा घाइते भएका छन् । आज दिउँसो करिब १ बजे धनकुटा नगरपालिका-६ स्थित गोकुण्डेखोल नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका ५१ वर्षीय लोकमणि घिमिरे र पछाडि सवार ७६ वर्षीया पार्वती घिमिरे घाइते भएका छन् । उनीहरू आमा-छोरा रहेको खुलेको छ ।
जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि दुबै जनालाई थप उपचारका लागि बीपी कोइराला स्वास...






























