धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

धनकुटा । नेपाल निजामती कर्मचारी सङ्गठन धनकुटाले जिल्ला अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ । सहिदहरू मनोज, झपेन्द्र र सुरेन्द्रको स्मृति दिवसको अवसर पारेर राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थासँग समन्वय गरी जिल्ला अस्पतालमा रहेका २१ जना बिरामीहरूलाई फलफूल वितरण गरिएको हो । नेकपा एमालेका जिल्ला अध्यक्ष शिव आङ्ला, निजामती कर्मचारी सङ्गठनका केन्द्रिय सदस्य रामकृष्ण सुवेदी, एमाले उपसच...
सांसद राईको पहलमा धनकुटा अस्पतालमा ल्याइयो ‘आरओ-प्लान्ट’

सांसद राईको पहलमा धनकुटा अस्पतालमा ल्याइयो ‘आरओ-प्लान्ट’

धनकुटा । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईको पहलमा धनकुटा अस्पतालमा रिभर्स ओस्मोसिस (आरओ) प्लान्ट ल्याइएको छ । डायलाइसिस सेवालाई थप व्यवस्थित बनाउन सांसद राईको पहलमा स्वास्थ्य सेवा विभागबाट आरओ प्लान्ट ल्याइएको हो । २०८० जेठ १२ गते धनकुटा अस्पतालमा पाँच वटा हेमोडायलाइसिस मेसिन ल्याइएर मृगौला रोगीहरूको डायलाइसिस गरिदै आएको छ । मृगौला ‘फेल’ भएपछि बिरामीको रगत सफा गर्न डायलाइसिस ग...
पाँचथरमा बाँदरबाट मकै जोगाउन कर्मचारी नियुक्त

पाँचथरमा बाँदरबाट मकै जोगाउन कर्मचारी नियुक्त

विराटनगर । कृषकहरूले समयमै मलखाद र उन्नत जातको बीउ नपाउने समस्या त छँदैछ । सिँचाइको सुविधा नहुँदा आकाशे पानीको भर पर्नुपर्ने अर्को बाध्यता छ । त्यतिमात्र होइन, जसोतसो बाली लगाएपनि त्यसलाई जङ्गली जनवारबाट कसरी जोगाउने भन्ने अर्को चिन्ता पनि छ । यसैलाई मध्यनजर गर्दै पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ ले ९ जना बाँदर हेरालु नियुक्त गरेको छ । वडाले मकैको घोगा लाग्न सुरु गरेदेखि भाँच्ने बेलासम...
झापामा एउटै किसानले फलाउँछन् दैनिक पाँच सय किलो बोडी 

झापामा एउटै किसानले फलाउँछन् दैनिक पाँच सय किलो बोडी 

झापा । झापाको बिर्तामोड नगरपालिका-७ का प्रदीप खनाल यतिबेला कृषि फार्ममा व्यस्त छन् । एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पुर्याउन उनलाई भ्याइनभ्याइ छ । उनको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक पाँच सय किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित सबै बोडी बिर्तामोड नगरपालिकाले प्रवर्द्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ । भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये ...
उदयपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

उदयपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

उदयपुर । उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका-७ अँधेरीमा आज बिहान भएको दुर्घटनामा चालक त्रियुगा नगरपालिका-४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार काठमाडौंबाट आएको ट्रक इ...
खोटाङमा भीरबाट लडेर महिलाको मृत्यु

खोटाङमा भीरबाट लडेर महिलाको मृत्यु

खोटाङ । खोटाङमा हटिया गएकी महिलाको भीरबाट लडेर मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका-३ बास्पानीकी ६२ वर्षीया कौशिला राईको बप्लेभीरबाट लडेर मृत्यु भएको हो । उनी बुधबार बाक्सिलास्थित बुधबारे हटिया गएकी थिइन् । घर नफर्किएपछि खोजतलासको क्रममा राति करिब १ बजे भीरबाट करिब सय मिटर तल मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
हत्या आरोपी आमा निर्दोष ठहरिएपछि…

हत्या आरोपी आमा निर्दोष ठहरिएपछि…

विराटनगर । नवजात शिशुको हत्या आरोपमा गोग्राहा अदालतमा मुद्दाको बहस भइरहेको हुन्छ । जहाँ सरकारी वकिलहरूले नवजात शिशुकी आमाले परपुरुषसँगको अवैध सम्बन्धबाट जन्मेको बच्चा भनेर जन्मनासाथ हत्या गरेको दलिल र सक्दो प्रमाण पेश गरिरहेका हुन्छन् । पालो आउनासाथ प्रतिवादी अर्थात आरोपी महिलाका पक्षधर वकिलहरूले आफ्ना प्रमाण पेश गर्दै आरोपित महिला निर्दोष रहेको दाबी गर्छन् । उनीहरूको दाबीमा न्यायाधीशहरूले बेला...
‘आठ वर्षअघि क्याम्पसलाई जग्गा दिए, अहिलेसम्म पाएनन् मुआब्जा’

‘आठ वर्षअघि क्याम्पसलाई जग्गा दिए, अहिलेसम्म पाएनन् मुआब्जा’

धनकुटा । कृषि क्याम्पस संचालनका लागि आठ वर्षअघि जग्गा दिए पनि अहिलेसम्म मुआब्जा नपाएको स्थानीयले बताएका छन् । उनीहरूले सरकारी उदासीनताका कारण अहिलेसम्म मुआब्जा नपाएको बताएका हुन् । धनकुटाको पाख्रीबास नगरपालिका-३ मा वि.सं. २०७४ सालमा कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत कृषि क्याम्पस स्थापना भएको हो । भवन निर्माणका लागि करिब एक सय रोपनी बढी जग्गा आवश्यक पर्ने हुँदा स्थानीयले मुआब्जा पाउने ...
हरिराज खेवा स्मृति दिवसमा ९ जना सम्मानित

हरिराज खेवा स्मृति दिवसमा ९ जना सम्मानित

धनकुटा । हरिराज खेवा स्मृति दिवसमा जग्गादातासहित ९ जनालाई सम्मान गरिएको छ । मंगलबार ९ औं स्मृति दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको हो । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा-६ स्थित निर्माणाधीन स्मृति पार्कलाई जग्गा उपलब्ध गराउने धनबहादुर लिम्बु र खोजबहादुर राईलाई सम्मान गरिएको छ । यसैगरी वडा नम्बर ६ का १०९ वर्षीय ज्येष्ठ नागरिक अन्नपूर्ण गुरुङ र ८९ वर्षीय ...
विराटनगरको सिङ्घिया आरती स्थलमा शिवको मूर्ति शिलान्यास (फोटो फिचर)

विराटनगरको सिङ्घिया आरती स्थलमा शिवको मूर्ति शिलान्यास (फोटो फिचर)

विराटनगर । विराटनगर-१ परोपकार घाटस्थित परमार्थ सिंघिया आरती स्थलमा शिवको मूर्ति निर्माणका लागि आज शिलान्यास गरिएको छ । आरती सुरुवातको दोस्रो वर्ष प्रवेशको अवसर पारेर मूर्तिको शिलान्यास गरिएको हो । आरती स्थलमा साँझ आयोजित कार्यक्रममा प्रथम महिला शङ्कराचार्य महामण्डलेश्वर हेमानन्द गिरी, कोशी प्रदेशका पर्यटन मन्त्री सदानन्द मण्डल, विराटनगर महानगरका मेयर नागेश कोइराला लगायतले संयुक्त रुपमा मुर्ति श...
कोशी प्रदेशमा सवारी दुर्घटना : एक वर्षमा ४१८ जनाले गुमाए ज्यान

कोशी प्रदेशमा सवारी दुर्घटना : एक वर्षमा ४१८ जनाले गुमाए ज्यान

विराटनगर । कोशी प्रदेशमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर चार सय १८ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा भएका दुर्घटनामा सात सय ११ जना गम्भीर र आठ हजार पाँच सय ३० जना सामान्य घाइते भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार लापरबाहीपूर्वक सवारी-साधन चलाउँदा सबैभन्दा बढी दुर्घटना भएका छन् । सो अवधिमा ट्राफिक नियम उलङ्घन गर्ने दुई लाख १३ हजार छ सय ९५ वटा सवारी-स...
धनकुटाको बक्रकुण्ड मन्दिरमा नागपञ्चमी मेला (फोटो फिचर)

धनकुटाको बक्रकुण्ड मन्दिरमा नागपञ्चमी मेला (फोटो फिचर)

धनकुटा । धनकुटा नगरपालिका-१ मा रहेको बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरमा नागपञ्चमी मेला लागेको छ । मन्दिरको १५ औं वार्षिकोत्सव तथा नागपञ्चमीको अवसरमा आज बिहानै देखि भक्तजनहरूको उपस्थिति बाक्लो छ । वार्षिकोत्सव तथा नागपञ्चमीको अवसरमा आयोजना गरिएको कार्यक्रम धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले उद्‌घाटन गरे । कार्यक्रममा बोल्दै मेयर तामाङले बक्रकुण्ड मन्दिरलाई पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढा...
मोरङको मिक्लाजुङमा करेन्ट लागेर महिलाको मृत्यु

मोरङको मिक्लाजुङमा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर । मोरङमा करेन्ट लागेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ गाउँपालिका-४ की ३३ वर्षीया प्रकृति राई छिन् । प्रहरीका अनुसार आफ्नै घरको शौचालयमा रहेको बिजुलीको तारबाट राईलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएकी उनको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट आवश्यक अनुसन्धान भइरहेको कोशी ...
झापामा जंगली हात्तीले पुर्‍यायो चार घरमा क्षति

झापामा जंगली हात्तीले पुर्‍यायो चार घरमा क्षति

झापा । झापामा जंगली हात्तीले चार घरमा क्षति पुर्याएको छ । आज बिहानको राति भद्रपुर नगरपालिका-४ नमुना बस्तीमा हात्ती पस्दा चार घरमा क्षति पुर्‍याएको हो । प्रहरीका अनुसार हात्तीले टेकनाथ पराजुलीको भान्सा घर भत्काएर २० मन मकै खाँदा ३५ हजार बराबरको क्षति भएको छ । प्रेमलाल भण्डारी र रीता विकको घरमा ७/७ हजार तथा जितबहादुर लिम्बूको घरमा १३ हजार बराबरको क्षति पुर्‍याएको प्रहरीको भनाइ छ । स्थानीयले हो...
विराटनगरको ऐतिहासिक रथयात्रा : रथ निर्माण तीब्र पारियो

विराटनगरको ऐतिहासिक रथयात्रा : रथ निर्माण तीब्र पारियो

विराटनगर । विराटनगरमा ९४ औं संस्करणको रथयात्रा आगामी भदौ १ गते निकालिने भएको छ । वि.सं.१९८८ सालमा खटयात्राबाट सुरु भएको श्रीराधाकृष्ण रथयात्रा यो वर्ष ९४ वर्षमा पुगेको हो । यसपटक रथको आकार ठूलो रहेको रथयात्रा मूल आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए । उनका अनुसार यस वर्ष रथको लम्वाई, चौडाइ तथा उचाई वढाइएको छ । रथ निर्माणको काम धमाधम भइरहेको उनको भनाइ छ । रथयात्रा समारोह समितिका अनु...
एक वर्षमा २० करोड बढीको भन्सार छलीका सामान बरामद

एक वर्षमा २० करोड बढीको भन्सार छलीका सामान बरामद

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट २० करोड बढीको भन्सार छलीका सामान बरामद भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा २० करोड ४२ लाख बढीको भन्सार छलीको सामान बरामद भएको हो । भन्सार छली तथा चोरी तस्करी नियन्त्रणमा विशेष सक्रियताका साथ प्रहरी परिचालन गरिएका कारण उक्त मूल्य बराबरको सामग्री बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाले भन्सार छलीका सामग्...
अनाथलयका बालबालिकालाई टेलिभिजन हस्तान्तरण

अनाथलयका बालबालिकालाई टेलिभिजन हस्तान्तरण

धनकुटा । धनकुटामा अनाथ बालबालिकाहरूका लागि टेलिभिजन प्रदान गरिएको छ । धनकुटा नगरपालिका–४ देव्रेवासमा रहेको बाल पुनर्स्थापना केन्द्रमा आश्रित बालबालिकाहरूका लागि टेलिभिजन प्रदान गरिएको हो । धनकुटा इन्स्चिच्युट अफ हेल्थ साइन्सले ४३ इन्चको टेलिभिजन हस्तान्तरण गरेको छ । इन्स्चिच्युटका निर्देशक रामनारायण प्रसाद शाह रामा र प्रशासन प्रमुख खगेन्द्र घिमिरे लागयतले टेलिभिजन हस्तान्तरण गरेका थिए । पुनर्स...
विश्वविद्यालयले समयमै परीक्षा लिने र समयमै नतिजा निकाल्दै आएको छ : उपकुलपति थपलिया

विश्वविद्यालयले समयमै परीक्षा लिने र समयमै नतिजा निकाल्दै आएको छ : उपकुलपति थपलिया

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ (पुसोई) मा इन्जिनियरिङ अध्ययनका लागि विभिन्न सङ्कायमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै अध्ययन पुरा गरेका विद्यार्थीलाई बिदाइ गरिएको छ । आज एक कार्यक्रमबीच २०२४ को सेमेष्टरमा भर्ना भएका १३५ जना विद्यार्थीहरूको स्वागत र २०१९ मा भर्ना भएर अध्ययन पुरा गरेका १४८ जना विद्यार्थीलाई बिदाइ गरिएको हो । कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयक...
कोशीमा वाईसीएलको श्रमदान : वृक्षारोपणदेखि बाँध निर्माणसम्म

कोशीमा वाईसीएलको श्रमदान : वृक्षारोपणदेखि बाँध निर्माणसम्म

विराटनगर । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले सुरु गरेको श्रमदान अभियानले तीव्रता पाएको छ । साउन १ गतेदेखि देशव्यापी रूपमा सुरु गरेको ‘श्रम तथा उत्पादनमा वाईसीएल’ नामक अभियानले कोशी प्रदेशमा पनि तिव्रता पाएको हो । ‘क्रान्तिकारी कम्युनिस्ट युवाहरू राष्ट्र निर्माणका अगुवा शक्ति हुन्’ भन्ने नारालाई आत्मसात् गर्दै वाईसीएलले प्रदेशका विभिन्न जिल्लामा वृक्षार...
खोटाङमा भतिजले कुटपिट गर्दा काकाको मृत्यु

खोटाङमा भतिजले कुटपिट गर्दा काकाको मृत्यु

विराटनगर । खोटाङमा भतिजले कुटपिट गर्दा काकाको मृत्यु भएको छ । मृत्यु हुनेमा साकेला गाउँपालिका-५ बिर्ताका ६९ वर्षीय राजकुमार राई छन् । शनिबार राति ८ बजे घरायसी विवादका क्रममा ३१ वर्षीय भतिजो न्युसन राईले राजकुमारलाई कुटपिट गरेको खुलेको खोटाङ प्रहरीका सूचना अधिकारी सुशान्त मिश्रले संगालोखबरलाई जानकारी दिए । कुटपिटको घटनाबारे वडाध्यक्ष जीवन खत्रीले रातिनै इलाका प्रहरी कार्यालय मात्तिमबिर्तामा जान...
ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा शिक्षिकाको मृत्यु, चालक घाइते

ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा शिक्षिकाको मृत्यु, चालक घाइते

विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका-११ स्थित फावा खोलामा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा फुङलिङ-११ बस्ने अन्दाजी २८ वर्षीया भावना बिकको मृत्यु भएको हो । प्रहरीका अनुसार उनी सिरिजङ्गा गाउँपालिका-३ सिकैचास्थित सरस्वती माध्यमिक विद्यालयकी शिक्षिका हुन् । दुर्घटनामा घाइते भएकी उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजु...
धनकुटामा गतवर्ष २३७ उद्योग बन्द, १३४ नयाँ दर्ता

धनकुटामा गतवर्ष २३७ उद्योग बन्द, १३४ नयाँ दर्ता

धनकुटा । धनकुटामा एक वर्षको अवधिमा २ सय ३७ वटा उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको तथ्याङ्क अनुसार सोही अवधिमा १ सय ३४ वटा नयाँ उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्ष २०८१/०८२ मा प्रशासनतर्फ १ सय ४१ र वाणिज्यतर्फ ९६ उद्योग बन्द भएका हुन् । वाणिज्यतर्फ ३५ र प्रशासनतर्फ ९९ नयाँ उद्योग दर्ता भएका कार्यालयका सूचना अधिकारी अर्जुनबहादुर कार्कीले जानकारी दिए । यस्तै उत्पादक...
खोटाङको दिक्तेलका मेयरले सुरु गरे सत्याग्रह

खोटाङको दिक्तेलका मेयरले सुरु गरे सत्याग्रह

काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाडौंमा सत्याग्रह सुरु गरेका छन् । स्थानीय कच्चा पदार्थ सहज रूपमा प्रयोग गर्न पाउनुपर्ने माग राख्दै मेयर भट्टराईले सत्याग्रह सुरु गरेका हुन् । उनी माइतीघर मण्डलामा कपाल मुण्डन गरेर सेतो कपडा लगाएर परालको गुन्द्री माथि कम्बल ओछ्याएर बसेका छन् । उनले छेउमा बाँसका टुक्रा पनि राखेका छन् । उनको साथमा ‘पैसा छैन नीति द...
झापामा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापामा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । झापामा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा दमक-४ घरघरेका ६० वर्षीय सोमबहादुर विकको मृत्यु भएको हो । आज बिहान दमक-४ चियाबगानस्थित पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं. १-०१-००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका विकलाई उपचारका लागि दमक अस्पताल लगिएकोमा उ...
सुनसरीबाट ६० किलो गाँजा बरामद

सुनसरीबाट ६० किलो गाँजा बरामद

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ खत्वे टोलबाट ६० किलो गाँजा बरामद भएको छ । शुक्रबार राति विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मोटरसाइकलमा राखेर देवानगञ्जबाट कप्तानगञ्जतर्फ गाँजा लगिँदै थियो । प्रहरीलाई देख्‍नासाथ दुई वटा बोरा फ्याँकेर ओसार-पसारमा संलग्न मानिस मोटरसाइकलसहित फरार भएका डीएसपी खतिवडाले जानकार...
कोशीमा एक वर्षमा पक्राउ परे तीन हजार बढी फरार प्रतिवादी

कोशीमा एक वर्षमा पक्राउ परे तीन हजार बढी फरार प्रतिवादी

विराटनगर । कोशी प्रदेशबाट एक वर्षको अवधिमा तीन हजार बढी फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका तर लामो समयदेखि फरार रहँदै आएका तीन हजार पाँच सय १३ जना पक्राउ परेका हुन् । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार मोरङबाट एक हजार एक सय ५६, सुनसरीबाट एक हजार दुई, झापाबाट पाँच सय ३४ र इलामबाट एक सय ४६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । यस्तै पाँचथरबाट ४२, ताप्ले...
धनकुटाको निशान भगवती मन्दिरमा आरती (फोटो फिचर)

धनकुटाको निशान भगवती मन्दिरमा आरती (फोटो फिचर)

धनकुटा । धनकुटा नगरपालिका-६ बिच बजारमा अवस्थित निशान भगवती मन्दिरमा दैनिक सन्ध्याकालिन आरती हुने गरेको छ । आरतीमा स्थानीयको बाक्लो उपस्थिति हुने गरेको छ । २०७५ जेठ ३ गतेबाट सुरु भएको आरती नियमित रूपमा हुँदै आएको छ । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
कोशीमा घट्यो धान रोपाइँ, गतवर्षको भन्दा २१ प्रतिशतले कमी

कोशीमा घट्यो धान रोपाइँ, गतवर्षको भन्दा २१ प्रतिशतले कमी

विराटनगर । कोशी प्रदेशमा धान रोपाइँ घटेको छ । पर्याप्त वर्षा नहुँदा गतवर्षको तुलनामा झण्डै २१ प्रतिशत कम रोपाइँ भएको हो । कृषि विकास निर्देशनालय विराटनगरको तथ्याङ्क अनुसार साउन ४ गतेसम्म कोशीमा ६१.७९ प्रतिशत रोपाइँ भएको छ । सोही अवधिमा गतवर्ष ८२.६८ प्रतिशत रोपाइँ भएको थियो । निर्देशनालयका सूचना अधिकारी तथा बागवानी विकास अधिकृत पूर्णमाया गुरुङका अनुसार समयमा र पर्याप्त वर्षा नभएकै कारण रोपाइँ कम...
कोशी प्रदेशबाट एक वर्षमा २६ हजार किलो गाँजा बरामद, १७ लाख बोट नष्ट

कोशी प्रदेशबाट एक वर्षमा २६ हजार किलो गाँजा बरामद, १७ लाख बोट नष्ट

विराटनगर । कोशी प्रदेशबाट एक वर्षको अवधिमा २६ हजार किलो बढी गाँजा बरामद भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा कोशीका विभिन्न जिल्लाबाट २६ हजार ७०५ किलो गाँजा बरामद भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोही अवधिमा १७ लाख ७२ हजार भन्दा बढी गाँजाको बोट नष्ट गरिएको छ । गाँजा ओसार-पसार र बेचबिखनमा संलग्नलाई कडाइका साथ कानुनी दायरामा ल्याइएको कार्यालयले जनाएको छ । चेकजाँचमा कडाइ गरेप...
मेची राजमार्ग अन्तरगत हेवाखोला डाइभर्सन सञ्चालन

मेची राजमार्ग अन्तरगत हेवाखोला डाइभर्सन सञ्चालन

पाँचथर ।  पाँचथरको हेवा खोलामा ५ दिनपछि डाइभर्सन सञ्चालनमा आएको छ । गत शनिबार राति आएको बाढीले क्षति पुर्याएको डाइभर्सन बिहीबार साँझबाट सञ्चालनमा आएको हो । मेची राजमार्ग अन्तर्गतको हेवा खोला डाइभर्सन मर्मत गरेसँगै यातायात र ढुवानीका साधन वारपार हुन थालेका छन् । सडक डिभिजन इलामले खोलामा पानीको मात्रा घटेसँगै डाइभर्सन मर्मत गरी सडक खुलाएको हो । डाइभर्सनबाट दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र सबैखाले हलुक...
सुनसरीबाट सादा पोसाकमा खटिएको प्रहरी हुँ भन्दै रकम असुल्ने पक्राउ

सुनसरीबाट सादा पोसाकमा खटिएको प्रहरी हुँ भन्दै रकम असुल्ने पक्राउ

सुनसरी । सुनसरीबाट सादा पोसाकमा खटिएको प्रहरी हुँ भन्दै रकम असुल गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इनरुवा नगरपालिका-९ का ३० वर्षीय पवन मेहेता छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार उनलाई भोक्राहा नरसिंह गाउँपालिका-५ चप्राहाबाट बिहीबार साँझ पक्राउ गरिएको हो । उनको साथमा रहेको को १५ प ८८७ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको खतिवडाले जानकारी दिए । मेहेताले प्रहरी...
error: Content is protected !!