अत्यधिक मदिरा सेवनबाट झापामा दुई जनाको मृत्यु
विराटनगर । झापामा अत्यधिक मदिरा सेवनबाट दुई जनाको मृत्यु भएको छ । बिहीबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका हुन् ।
मृत्यु हुनेमा शिवसतासी नगरपालिका-११ का ६० वर्षीय चन्द्र शिवाकोटी र भारतको सिक्किम घर भएका ६५ वर्षीय डम्बरबहादुर मगर छन् ।
झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार शिवाकोटी कनकाई-४ स्थित सडक किनारमा मृत फेला परेका हुन् ।
शिवाकोटी घरमा रंगरोगन गर्ने मजद...





























