कोशीका २ हजार ६२३ एचआईभी संक्रमित एआरटी सेवामा, सीडी–४ परीक्षण अभावले समस्या
विराटनगर । कोशी प्रदेशमा एचआईभी संक्रमितको उपचारका लागि एआरटी सेवामा आबद्ध बिरामीको संख्या २ हजार ६२३ पुगेको छ । तर संक्रमितको स्वास्थ्य अवस्थाको नियमित मूल्याङ्कन गर्न आवश्यक सीडी-४ परीक्षण सेवा सहज रूपमा उपलब्ध नहुँदा उपचार व्यवस्थापनमा चुनौती थपिएको छ ।
एएचएफ नेपालद्वारा विराटनगरमा आयोजित स्थानीय परियोजना सल्लाहकार समितिको बैठकमा प्रस्तुत तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा देशभर २७ हजार ५४...





























