अंग्रेजी माध्यमसँगै प्राविधिक शिक्षा पढाउने संखुवासभाको मनकामना रत्न अम्बिका मावि
धनकुटा । संखुवासभाको तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा प्राविधिक धार पढाई हुन थालेपछी विद्यार्थीलाई सहज भएको छ । गाउँमै कक्षा ९ देखी १२ सम्म प्राविधिक शिक्षा इन्जिनियरिङ पढ्न पाउँदा विद्यार्थीहरूलाई सहज भएको हो ।
वि.सं. २०१६ सालमा स्थापना भएको यस विद्यालयमा २०७३ सालदेखि प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ पढाई सुरु भएको थियो । प्राविधिक धारतर्फ हाल जम्मा १०३ जना विद्यार्थ...





























