प्रशासनमा सहमति भएपछि धनकुटाका लेखापढी व्यवसायी कटुवालले फिर्ता गरे विवादित जग्गा
धनकुटा । मालपोत कार्यालय धनकुटाका लेखापढी व्यवसायी पुष्पराज कटुवालले विवादित जग्गा फिर्ता गरेका छन् । ज्येष्ठ नागरिकलाई प्रलोभनमा पारेर आफ्नो नाममा राजीनामा पास गराएको आरोप लागेका उनले प्रशासनमा भएको छलफलपश्चात जग्गा फिर्ता गरेका हुन् ।
धनकुटा नगरपालिका-४ स्थित स्वर्गीय कुबेरबहादुर राय क्षेत्रीको नाममा रहेको करिब एक रोपनी दुई आना घडेरी कटुवालले आफ्नो नाममा राजीनामा पास गरेको आरोप लागेको थियो । ...





























