संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा बिहिबार १९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ९, मोरङमा ५, झापामा ४ र तेह्रथुममा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

सुनसरीको धरानमा ५, इटहरीमा ३, रामधुनीमा १, मोरङको विराटनगरमा ३, लेटाङ र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ । त्यस्तै झापाको विर्तामोड, कनकाई, अर्जुनधारा, मेचीनगरमा १/१ र तेह्रथुमको म्याङ्लुङका १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ९४७ पुगेको छ । जसमध्ये २९ हजार १५५ संक्रमित निको भईसकेका छन् । सक्रिय संक्रमित ३२९ जना छन् ।

प्रदेश १ मा आज एक सय जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका ९३ जना संक्रमित निको भएका हुन् । त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोवेल मेडिकल कलेजबाट ३/३, कोशी अस्पताल कोभिड १९ बाट १ जना संक्रमित निको भएर डिस्चार्ज भएका हुन ।

प्रदेश १ मा आज ३६३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८ महिला र ११ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म २ लाख ११ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!