विराटनगर । विराटनगर महानगरपालिकाले सकेसम्म घरबाहिर ननिस्कन महानगरबासीलाई अपिल गरेको छ । विराटनगरमा वायु प्रदुषण बढेकाले त्यसवाट बच्न महानगरले सकेसम्म घरभित्रै रहन महानगरबासीलाई आग्रह गरेको हो ।
केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै विराटनगर महानगर क्षेत्रभित्र वायु प्रदुषण निकै बढेको छ । जसका कारण श्वासप्रश्वासमा कठिनाई हुँने लगायत विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्ने भएकाले प्रदुषण नियन्त्रण नहुन्जेलसम्म घरभित्रै रहन महानगरले आग्रह गरेको हो ।
महानगरले वुधवार सूचना जारी गरेर सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परेमा अनिवार्य रुपमा मास्क लगाउँन आग्रह गरेको छ ।
त्यस्तै, मर्निङ्गवाक जाने वा घरबाहिर गएर शारिरिक व्यायम गर्नेहरुलाई केही दिन रोक्न, फोहोर जलाउँने काम बन्द गर्न, अत्यावश्यक काममा बाहेक सवारी नचलाउँन र धुलो धुवा उड्ने पेशा व्यवसाय, निर्माण कार्य लगायतलाई स्थगत गर्न पनि महानगरले आग्रह गरेको छ ।