- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा बिहिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रचण्ड–नेपाल समूहले संसद् विघटनको विरोधमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो ।

हुलाकटोलस्थित चुवाको बोट ग्रिन पार्क अगाडि भेला भएका विद्यार्थी नेताहरुले पुत्ला जलाएर प्रधानमन्त्री ओलीविरुद्ध नारावाजी गरेका छन् । उनीहरुले संसद् विघटन खारेज गर्न माग गरेका छन् । यसअघि पनि अनेरास्ववियूको प्रचण्ड–नेपाल समूह पक्षधर विद्यार्थीहरुले संसद् विघटनको विरोध गर्दै धनकुटा बजारमा मसाल जुलुश प्रदर्शन गरेका थिए ।

केन्द्रमा पार्टी विवाद चुलिएपछि धनकुटामा पनि अहिले पार्टी नेता कार्यकर्तादेखि विद्यार्थीहरु पनि ओली पक्ष र प्रचण्ड–नेपाल पक्षमा विभाजित भएका छन् । प्रचण्ड–नेपाल निकट विद्यार्थीहरु ससंद् विघटनको विरोध गर्दै ओलीविरुद्ध सडक आन्दोलनमा छन् भने ओली पक्ष निकट विद्यार्थीहरुले ओली कदमको वचाउँ गरिरहेका छन् ।

दुवै पक्षले बेग्ला बेग्लै कार्यक्रम गरिरहेका छन् । दुवै पक्षले आ–आफ्नो कार्यक्रमलाई मात्र आधिकारीक भएको दावी गर्दै आएका छन् । यसबीचमा प्रचण्ड–नेपाल निकट समूहले अनेरास्ववियू जिल्ला कमिटिको सपथ ग्रहण कार्यक्रम गरेको छ । यता, ओली पक्ष निकट अनेरास्ववियू संवद्ध विद्यार्थीहरुले भेला आयोजना गरी बसन्त राईको संयोजकत्वमा ८९ सदस्यीय अनेरास्ववियू जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!