सुनसरी । राजावादीहरुले वुधवार इटहरीमा प्रदर्शन गरेका छन् । राजसंस्थासहित हिन्दु राज्य कायम गरेर संघीयता खारेज गर्न माग गर्दै राजावादीहरुले प्रदर्शन गरेका हुन् । पूर्वाञ्चलबासी नेपाली जनताका नाममा उनीहरुले सयौं कार तथा मोटरसाईकलसहितको र्याली निकालेका छन् ।
इटहरीबाट सुरु भएको र्याली प्रदेश १ को राजधानी विराटनगरसम्म जाने आयोजकले जनाएको छ । र्यालीमा सयौं मानिस सहभागि छन् । उनीहरुले राजा र हिन्दु राज्य पुनःस्थापनाको माग गर्दै नारा लगाएका छन् । संघीयता असफल भइसकेकाले खारेज गर्नुपर्ने उनीहरुको माग छ ।
विदेशीको इसारामा जबरजस्त राजसंस्था, सनातन हिन्दु राज्य खारेज गरेर गणतन्त्र स्थापना गरिएपनि छोटो समयमै गणतन्त्र असफल भइसकेकोले राजसस्था पुनस्थापना गर्नुपर्ने उनीहरुले माग राखेका छन् ।