विद्युत प्राधिकरणको लापरबाहीले बत्ती अनियमित हुँदा उपभोक्ता मारमा

विद्युत प्राधिकरणको लापरबाहीले बत्ती अनियमित हुँदा उपभोक्ता मारमा

धनकुटा । धनकुटामा विद्युत प्राधिकरणको लापरबाहीका कारण विद्युत अनियमित हुँदा उपभोक्ता मारमा परेका छन् । वारम्वार बत्ती जाने/आउने गर्दा उपभोक्ता हैरान मात्र भएका छैनन् विद्युतको माध्यमबाट सञ्चालन हुने व्यवसाय नै चौपट हुने अवस्था सृजना भएको छ । विद्युत प्राधिकरणले लोडसेडिङ नरहेको दावी गर्दै आएको छ । तर, बत्ती भने वारम्वार गइरहन्छ । दिनमै दर्जनौं पटक बत्ती जाने/आउने गर्छ । जसका कारण उपभोक्ताहरू आजि...
धनकुटा बजारमा माइक्रोको ठक्करबाट बृद्ध घाइते

धनकुटा बजारमा माइक्रोको ठक्करबाट बृद्ध घाइते

धनकुटा । धनकुटा नगरपालिका–७ स्थित परिचयमोडमा आज बिहान माइक्रो बसको ठक्करबाट एक बृद्ध घाइते भएका छन् । हिलेबाट धनकुटा बजार हुँदै बसपार्कतर्फ जाँदै गरेको ना १ ज ७९८३ नम्बरको माइक्रो बसले धनकुटाको महालक्ष्मी–१ मारेककटहरेका ८६ बर्षीय टेकबहादुर पौडेललाई बिहान करिब ११ः२५ बजे ठक्कर दिएको हो । उनको खुट्टा माइक्रोले किचेको प्रत्यक्षदर्शीले बताएका छन् । ठक्करबाट घाइते भएका बृद्ध पौडेललाई उपचारका लागि धन...
ओखलढुंगामा झगडा पर्दा एक जनाको गयो ज्यान, एक घाइते

ओखलढुंगामा झगडा पर्दा एक जनाको गयो ज्यान, एक घाइते

ओखलढुंगा । ओखलढुंगाको सिद्धचरण नगरपालिका–५ चित्रेमा गएराती झगडा हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ४२ बर्षीय पासाङ तेन्जी शेर्पा छन् । गएराती करिब १ बजे पासाङ र बर्णालुका ६३ बर्षीय आङगुबु शेर्पाबीच चित्रेस्थित बाटोमा झगडा परेर कुटाकुट हुँदा दुवै जना घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि सामुदायिक मिसन अस्पताल ओखलढुंगा पुर्याइएको थियो । उपचारकै क्रममा गएराती पासाङको मृत्यु ...
सोलुखुम्बुमा कर्मचारीहरुमा कोरोना संक्रमण बढेपछि सरकारी कार्यालय धमाधम बन्द हुँदै

सोलुखुम्बुमा कर्मचारीहरुमा कोरोना संक्रमण बढेपछि सरकारी कार्यालय धमाधम बन्द हुँदै

सोलुखुम्बु । कर्मचारीहरुमा कोरोना संक्रमण बढ्दै गएपछि सोलुखुम्बुका सरकारी कार्यालयहरु धमाधम बन्द हुँन थालेका छन् । जिल्ला प्रशासन कार्यालयको सेवा बन्द भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको प्रशासन कार्यालयले जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाका अनुसार साउन २७ गते बुधबारदेखि सुरक्षा र मुद्दाबाहेकका सबै सेवा ...
प्रदेश १ मा थपिए १ हजार ७१ कोरोना संक्रमित

प्रदेश १ मा थपिए १ हजार ७१ कोरोना संक्रमित

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा १ हजार ७१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६२० जनाको पीसीआर परीक्षणगर्दा ५२८ र १ हजार ७५३ जनाको एन्टिजेन परीक्षणगर्दा ५४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८१, झापामा १७९, सुनसरीमा १३७, धनकुटामा १०, इलाममा ५, उदयपुर र संखुवासभामा ३/३, पाँचथर र भोजपुरमा २/२ र प्रदेश १ बाहि...
इटहरीका मेयर चौधरी उत्रिए एक्सनमा, भन्छन्-‘जग्गा मिच्नेलाई छोड्दिन’

इटहरीका मेयर चौधरी उत्रिए एक्सनमा, भन्छन्-‘जग्गा मिच्नेलाई छोड्दिन’

सुनसरी । जग्गा मिचेर संरचना बनाउँनेहरुविरुद्ध इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी ‘एक्सन’ मा उत्रिएका छन् । मेयर चौधरीले मंगलबार खनार नजिकै एक व्यवसायीले बनाउँदै गरेको कम्पाउण्डवाल भत्काएका छन् । नहरको जमिन मिचेर संरचना बनाएको भन्दै मेयर चौधरीले नगर प्रहरी, दमकल, स्काभेटर र नेपाल प्रहरीसहित गएर वाल भत्काउँन लगाएका हुन् । सार्वजनिक जग्गा मिचेर संरचना बनाएका कारण धेरै ठाउँमा बर्खा याममा ...
सुनसरी प्रहरीले १ महिनामा समात्यो २३८ फरार प्रतिबादी

सुनसरी प्रहरीले १ महिनामा समात्यो २३८ फरार प्रतिबादी

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले विगत एक महिनाको अवधिमा विभिन्न मुद्दाका २३८ जना फरार प्रतिबादी पक्राउ गरेको छ । ५ दिनदेखि २० बर्षसम्म कैद सजाय तोकिएका प्रतिबादीहरुलाई पक्राउ गरी अदालत पेश गरिएको सुनसरी प्रहरीले जनाएको छ । साउन १ गतेदेखि हालसम्म सुनसरी अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका तर, तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरुलाई खोजतलास गरी पक्राउ गरेर अदालतमा पेश गरिएक...
ब्राउन सुगरसहित पाँच जना पक्राउ

ब्राउन सुगरसहित पाँच जना पक्राउ

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–४ स्थित बसपार्कबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालाय सुनसरीबाट खटिएको प्रहरी टोलीले कारमा सवार पाँच जनालाई गएराती पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी–१४ का २० बर्षीय अमोद कुमार यादव, सप्तरी तिलाठी कोलारी–४ का २० बर्षीय ईनर कुमार मुखिया, सप्तरी रामपुर म...
तेह्रथुममा गाउँपालिका अध्यक्ष र लेखापालबीचको मुक्का प्रहार काण्ड सहमतिमा टुंगियो

तेह्रथुममा गाउँपालिका अध्यक्ष र लेखापालबीचको मुक्का प्रहार काण्ड सहमतिमा टुंगियो

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बु र लेखापाल सुजन थापाबीचको मुक्का प्रहार काण्ड अन्ततः सहमतिमा टुंगिएको छ । सोमवार कार्यपालिकाको वैठक बसेर सहमति गरिएको हो । गाउँपालिकाका सुचना अधिकारी कृष्ण चौलागाईका अनुसार अहिलेसम्म भएका गल्तीलाई बिर्सदै कार्यालयको काम अगाडि बढाउने सहमति भएको छ । गत आर्थिक बर्षको भुक्तानी गर्न बाँकी रकम भुक्तानी नभएपछि लेखापाल थापालाई बोलाएर सोध्...
प्रदेश १ मा थपिए ९५४ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ९५४ कोरोना संक्रमित

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ९५४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ७४४ जनाको पीसीआर परीक्षण गर्दा ५५४ र १ हजार ४८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४०० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २५७, मोरङमा १३८, सुनसरीमा ९९, इलाममा १९, धनकुटामा १८, उदयपुरमा ६, संखुवासभामा २, पाँचथर र तेह्रथुममा १/१ प्रदेश १ बाहिरका...
सिटी सफारी चालक गाँजासहित पक्राउ

सिटी सफारी चालक गाँजासहित पक्राउ

मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ बाट आज दिउँसो गाँजासहित सिटी सफारी चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–५ का २४ बर्षीय ईमान राई छन् । उनी सुन्दरहरैंचा नगरपालिका–५ मा डेरा लिएर बस्दै आएका थिए । दिउँसो करिब साँढे ३ बजे इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले दक्षिणतर्फ जाँदै गरेको को १ ह ७९८५ नम्बरको सिटी सफारी चेकजाँच गर्ने क्रममा गाँजा फेला पर...
धनकुटामा पुरुष बिरामीमाथि यौन हिंसा गरेको आरोपमा डाक्टर पक्राउ

धनकुटामा पुरुष बिरामीमाथि यौन हिंसा गरेको आरोपमा डाक्टर पक्राउ

धनकुटा । पुरुष बिरामीमाथि यौन हिंसा गरेको आरोपमा प्रहरीले धनकुटामा कार्यरत एक डाक्टरलाई सोमबार पक्राउ गरेको छ । उपचारका लागि आएका पाख्रीवासका ५३ बर्षीय पुरुषमाथि यौन हिंसा गरेको आरोपमा प्रहरीले धनकुटा–७ स्थित एक निजी क्लिनिकका डाक्टर राज शर्मालाई पक्राउ गरेको हो । पिसाब सम्बन्धि समस्याका कारण उनी उपचारका लागि आएका थिए । आइतवार राती करिब साँढे १० बजे डा.शर्माले ती विरामीलाई अप्राकृतिक मैथुन गराए...
बेलबारीमा एक हप्ता थपियो लकडाउन

बेलबारीमा एक हप्ता थपियो लकडाउन

विराटनगर । बेलबारीमा एकहप्ता लकडाउन लम्ब्याइएको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जान थालेपछि नियन्त्रणका लागि कोरोना रोग रोकथाम नगरस्तरीय बैठकले लकडाउन एक हप्ता थप्ने निर्णय गरेको हो । यसअघि असार १९ गतेदेखि २५ गतेसम्म लकडाउन घोषणा गरिएको थियो । लकडाउनको समयावधि बढाउँदै साउन ३२ गतेसम्म पुर्याइएको हो । लकडाउनको समयमा स्वास्थ्य संस्था तथा अत्याआवश्यक सेवा बाहेकका सम्पूर्ण उद्योग, पसल...
बालिका बलात्कार आरोपित युवा ११ महिनापछि पक्राउ

बालिका बलात्कार आरोपित युवा ११ महिनापछि पक्राउ

विराटनगर । वेलवारीको जंगलमा निगुरो टिप्न गएकी एक दलित बालिकामाथि बलात्कार गरेको आरोप लागेका युवालाई प्रहरीले ११ महिनापछि आइतवार पक्राउ गरेको छ । गत भदौ ९ गते नातामा भाइपर्नेहरुसँग बेलबारीको लक्ष्मी सामुदायिक बनमा निगुरो टिप्न गएकी वालिका बलात्कृत भएकी थिइन् । सोही घटनाका मूख्य आरोपित बेलबारीकै होम तामाङलाई चितवनबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक सरोज खनालले...
विराटनगरमा जुवाको खालबाट १२ जना पक्राउ

विराटनगरमा जुवाको खालबाट १२ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१२ स्थित संगम गित गजलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । शनिवार राती करिब ९ बजे छापा मारेर प्रहरीले जुवा खेल्नेहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर–११ का १८ बर्षीय विरेन सहनी, २२ बर्षीय अजय सहनी, ४० बर्षीय सन्तोष कार्की, ३० बर्षीय राजन पौदार, विराटनगर–१२ का २६ बर्षीय राहुल सहनी, ३१ बर्षीय विमल मुखिया, विराटनगर–२ का ३१ बर्षी...
प्रदेश १ मा थपिए ५५३ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ५५३ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५५३ जना कोरोना संक्रमित थपिएका छन् । ९९४ जनाको पीसीआर परीक्षण गर्दा ३२१ र ७१४ जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा १०५, सुनसरीमा ९१, झापामा ८८, इलाममा ८, धनकुटा, पाँचथर र भोजपुरमा ३–३, संखुवासभा, खोटाङ र उदयपुरमा २–२ जना संक्रमित थपिएका छन् । प्रदेश १ का ल्याबमा गरिएको परीक...
भिरबाट लड्दा एक जनाको मृत्यु

भिरबाट लड्दा एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–३ स्थित नयाँ बस्ती भिरबाट लड्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका–२ का ५२ बर्षीय खड्गबहादुर गुरुङ छन् । उनी सोही स्थानमा निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनाको रोयल हाईड्रो कम्पनीमा कार्यरत थिए । शनिबार हेदाङना बजार गएर बेलुका फर्केने क्रममा बाटोमा रहेको भिरबाट लड्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भिरबाट क...
ब्राउन सुगरसहित दुई महिला पक्राउ

ब्राउन सुगरसहित दुई महिला पक्राउ

झापा । झापाको गौरीगंज गाउँपालिका–४ कदमगाछीबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–१ की ३४ बर्षीया मञ्जु धिमाल र २५ बर्षीया बिमला धिमाल छन् । गएराती करिब ९ बजे सिमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ब्राउन सुगर ४४ ग्राम ३ सय मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ । झापाका बिभिन्न ठ...
धनकुटामा रोकेर राखिएको ट्रकमा बस ठोक्किँदा आठ जना घाइते

धनकुटामा रोकेर राखिएको ट्रकमा बस ठोक्किँदा आठ जना घाइते

धनकुटा । धनकुटा नगरपालिका–१० स्थित पात्ले खोला नजिक आज बिहान रोकेर राखिएको ट्रकमा बस ठोक्किँदा ८ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट भोजपुर जाँदै गरेको बा ५ ख ५६२४ नम्बरको बस सडकमा रोकेर राखिएको को १ ख ४२२८ नम्बरको ट्रकसँग बिहान करिब ५ बजे ठोक्किएको हो । दुर्घटनामा परी बसमा सवार भोजपुर बोखिम–५ का २९ बर्षीय राजन भण्डारी, भोजपुर–१ का ३४ बर्षीया देविमायाँ तामाङ, भोजपुरको तिवारी भञ्जयाङ–२ का २८...
छिन्ताङमा ३३ रोपनी क्षेत्रको गाँजा फडानी

छिन्ताङमा ३३ रोपनी क्षेत्रको गाँजा फडानी

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा प्रहरीले शनिवार गाँजा फडानी गरेको छ । ईलाका प्रहरी कार्यालय छिन्ताङबाट बिहान गस्तीमा खटिएको टोलीले सहिदभूमि–२ स्थित ढोल्मुखाको ३३ रोपनी जग्गामा रहेको गाँजा फडानी गरेको हो । प्रहरी नायव निरीक्षक दिलिप कुमार श्रेष्ठको नेतृत्वमा गएको ९ जनाको टोलीले गाँजा फाँडेर नष्ट गरेको हो । अवैध रुपमा लगाइएका र आफै उम्रेका करिव ४ हजार ७ सय ५० बोट गाँजा फडानी गरिएको जिल्ला...
घुम्न गएका बेला रुखले किच्दा महिलाको मृत्यु, श्रीमानसहित तीन घाइते

घुम्न गएका बेला रुखले किच्दा महिलाको मृत्यु, श्रीमानसहित तीन घाइते

उदयपुर । उदयपुरमा घुम्न गएका बेला रुख ढलेर किच्दा आज दिउँसो एक महिलाको मृत्यु भएको छ । श्रीमानसहित तीन जना घाइते छन् । सखुवाको रुख लडेर किच्दा उदयपुरगढी–७ स्थित अधेरी झर्ना घुम्न गएकी कटारी–४ की ३८ बर्षीया निशा दनुवारको मृत्यु भएको हो । दिउँसो करिब ३ बजे रोकेर राखिएको प्र २–०१–००१ ह ०५६० नम्बरको अटोमा दनुवार बसिरहेकी थिइन् । त्यही बेला माथिबाट सखुवाको रुख ढलेर किच्दा घटनास्थलमै उनको मृत्यु भएको...
प्रदेश १ मा थपिए ७६५ कोरोना संक्रमित, १७ जनाको मृत्यु

प्रदेश १ मा थपिए ७६५ कोरोना संक्रमित, १७ जनाको मृत्यु

विराटनगर। विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५ जनाको पीसीआर परीक्षणगर्दा ३१२ र १ हजार ४३४ जनाको एन्टिजेन परीक्षणगर्दा ४५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १००, झापामा ८८, सुनसरीमा ७८, पाँचथरमा १५, धनकुटामा १४, इलाममा १३, तेह्रथुम र उदयपुरमा २/२ जनामा संक्रमण देखिएको छ । मो...
विराटनगर महानगरपालिका कार्यालय भित्रै तासको अड्डा ! (भिडियोसहित)

विराटनगर महानगरपालिका कार्यालय भित्रै तासको अड्डा ! (भिडियोसहित)

विराटनगर । जुवा तास खेल्न प्रतिवन्ध छ । अझ, सरकारी कार्यालयमा जुवा तास खेल्नु त कानूनी रुपमा प्रतिबन्धित मात्र हैन, आफैमा असोभनीय कुरा पनि हो । तर, विराटनगर महानगरपालिकाको कार्यालयमा भने खुलेआम तास खेल्ने गरेको भेटिएको छ । महानगरको नगर प्रहरी शाखामा कार्यालय समय भित्रै शुक्रबार दिउँसो खुलेआम तास खेलिरहेको भेटिएको हो । नगर प्रमुख बस्ने भवनमै नगर प्रहरी शाखा छ । त्यही कोठामा रमित हेर्ने दर्शकसमेत...
इटहरीमा बम फेला

इटहरीमा बम फेला

इटहरी । इटहरीमा शनिवार बिहान बम फेला परेको छ । इटहरी उपमहानगरपालिका–२ स्थित अन्नपूर्ण मार्गमा बिहान करिब ८ बजे ग्रिनेड बम फेला परेको हो । अन्नपूर्ण मार्गको सडक निर्माणका लागि निर्माण सामाग्रि राखिएको ठाउँमा बम फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशव कटुवालले जानकारी दिए । एक बालकले बम फेला पारेपछि स्थानीयले इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरीले ...
गाउँपालिका उपाध्यक्षका ससुरा मर्दा वडासम्मै शोक बिदा !

गाउँपालिका उपाध्यक्षका ससुरा मर्दा वडासम्मै शोक बिदा !

विराटनगर । तेह्रथुमको मेन्छायायेम गाउँपालिकाले गाउँपालिकाका उपाध्यक्ष गिता गौतमका ससुराको मृत्यु हुँदा कार्यालयनै बन्द गरेको छ । गाँउपालिकाले उपाध्यक्ष गौतमका ससुरा कृष्ण प्रसाद गौतमको मृत्यु भएपछि गाउँपालिका कार्यालयदेखि वडासम्मै शोक बिदा दिएको हो । कृष्ण प्रसादको विहिबार राति ११ः४० बजे घरमै मृत्यु भएको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृृत बिष्णु पोख्रेलको हस्ताक्षरमा जारी गरिएको...
प्रदेश १ मा थपिए ८४७ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ८४७ कोरोना संक्रमित

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ८४७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा ३६५ र १ हजार ५२६ जनाको एन्टिजेन परीक्षण गर्दा ४८२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२४, झापामा १०३, सुनसरीमा ९१, धनकुटामा १४, पाँचथरमा १०, उदयपुरमा ६, भोजपुरमा २, इलाम र तेह्रथुममा ४/४ र प्रदेश १ बाहिरका...
लिम्बुवान राज्य माग्दै प्रदेश १ का ९ जिल्लामा बन्द घोषणा, प्रभाव शुन्य

लिम्बुवान राज्य माग्दै प्रदेश १ का ९ जिल्लामा बन्द घोषणा, प्रभाव शुन्य

विराटनगर । राष्ट्रिय जनमुक्ति पार्टी निकट किरात लिम्बुवान खम्वुवान प्रदेश परिचालन समितिले आज प्रदेश १ का ९ जिल्लामा बन्द घोषणा गरेको छ । तर, बन्दको प्रभाव भने परेको छैन । वि.सं. १८३१ साउन २२ गते गोरखा राज्यले छलकपटपूर्ण सन्धिमार्फत लिम्बुवानको सार्वभौम सत्ता हरण गरेको भन्दै त्यसको विरोेधमा कालो दिनका रुपमा २०६६ सालदेखि हरेक बर्ष आजकै दिन जनमुक्ति पार्टीले एक दिने बन्द गर्दै आएको छ । सोही अनरुप ...
घरको पर्खालले किच्दा एक जनाको मृत्यु

घरको पर्खालले किच्दा एक जनाको मृत्यु

झापा । झापाको झापा गाउँपालिका–२ स्थित झापा बजारमा घरको पर्खालले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ३५ बर्षीय रपेश सिंह छन् । बिहिबार बिहान ९ बजे स्थानीय बिकाश अग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढल्दा सिंहलाई किचेको थियो । घर भत्काउँने मिस्त्रीको काम गर्दै आएका सिंह पर्खालले किचेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि विर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याइएको थियो । ...
उद्योग संगठन मोरङले सुरु गर्यो स्व.महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र

उद्योग संगठन मोरङले सुरु गर्यो स्व.महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र

विराटनगर । उद्योग संगठन मोरङले उद्योग र विश्वविद्यालयवीचको सम्बन्ध बढाउँदै आर्थिक विकासका बिभिन्न आयामहरुमा अध्ययन अनुसन्धानका कार्यक्रमहरु सञ्चालन गर्न स्व.महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र सञ्चालन गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालन गरिने यो औद्योगिक अध्ययन केन्द्रलाई मुलुककै आर्थिक एवं औद्योगिक क्षेत्रको नमुना सिकाई केन्द्रका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । य...
प्रदेश १ मा थपिए १२०१ कोरोना संक्रमित, १४ जनाको मृत्यु

प्रदेश १ मा थपिए १२०१ कोरोना संक्रमित, १४ जनाको मृत्यु

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा १ हजार २०१ जनामा कोरोना संक्रमण भएको छ । २ हजार ११९ जनाको पीसीआर परीक्षण गर्दा ७३७ र १ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४१८, मोरङमा १७२, सुनसरीमा ८५, इलाममा २२, धनकुटामा १६, उदयपुरमा ९, भोजपुरमा ३, पाँचथर, ताप्लेजुङ, सोलुखुम्वु, संखु...
धनकुटाका थप १५ जनामा कोरोना संक्रमण

धनकुटाका थप १५ जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप १५ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्याबमा २४ जनाको पीसीआर परीक्षण गर्दा ८ पुरुष र ७ महिलामा संक्रमण देखिएको हो । धनकुटा नगरपालिकाका ८ जना, सहिदभूमि गाउँपालिकाका २ जना, महालक्ष्मी नगरपालिका, पाख्रीबास नगरपालिका र छथर जोरपाटी गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोखरेलले जानकारी दिए । धनकुटा–१ का २५ बर...
error: Content is protected !!