विराटनगर । बेलबारीमा एकहप्ता लकडाउन लम्ब्याइएको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जान थालेपछि नियन्त्रणका लागि कोरोना रोग रोकथाम नगरस्तरीय बैठकले लकडाउन एक हप्ता थप्ने निर्णय गरेको हो ।
यसअघि असार १९ गतेदेखि २५ गतेसम्म लकडाउन घोषणा गरिएको थियो । लकडाउनको समयावधि बढाउँदै साउन ३२ गतेसम्म पुर्याइएको हो । लकडाउनको समयमा स्वास्थ्य संस्था तथा अत्याआवश्यक सेवा बाहेकका सम्पूर्ण उद्योग, पसल, कलकारखाना, निजी तथा सरकारी कार्यालयहरु र बैंक तथा बित्तिय संस्थाहरु बन्द गर्ने निर्णय भएको छ ।
लकडाउनको पूर्ण रुपमा पालना गर्न नगरपालिकाले नगरवासीमा आग्रह गरेको छ । बेलबारीमा हालसम्म कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भइसकेको छ । हालसम्म सक्रिय सक्रमितको सख्या ६ सय ७४ छ ।
पीसीआर परीक्षण गरिएका मध्ये करिब ४८ प्रतिशतमा संक्रमण देखिने गरेको वेलवारी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सन्तोष विश्वकर्माले बताए । लकडानपछि भने संक्रमणदर केही घटेको छ ।
















