संगालोखबर सम्बाददाता

विराटनगर। विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५ जनाको पीसीआर परीक्षणगर्दा ३१२ र १ हजार ४३४ जनाको एन्टिजेन परीक्षणगर्दा ४५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १००, झापामा ८८, सुनसरीमा ७८, पाँचथरमा १५, धनकुटामा १४, इलाममा १३, तेह्रथुम र उदयपुरमा २/२ जनामा संक्रमण देखिएको छ ।

Advertisement

मोरङको लेटाङमा ४४, केराबारीमा १८, विराटनगरमा १७, पथरी शनिश्चरेमा ९, सुन्दरहरैचा, उर्लाबारी र बेलबारीमा ३/३, बुढीगंगा, रतुवामाई र स्थानीय तह नखुलेका १/१, झापाको दमकमा २१, भद्रपुरमा १३, मेचीनगरमा १०, विर्तामोडमा ८, शिवसताक्षी, कमल गाउँपालिका र बुद्धशान्तिमा ७/७, अर्जुनधारामा ६, गौरादहमा ५, गौरीगञ्जमा १, स्थानीय तह नखुलेका ३ जना संक्रमित भएका छन् ।

त्यस्तै सुनसरीको धरानमा ६२, इटहरीमा ११, बराहक्षेत्रमा ३, इनरुवा र स्थानीय तह नखुलेका १/१, पाँचथरको फिदिममा १२, कुम्मायक, हिलिहाङ र फालेलुङमा १/१, धनकुटाको धनकुटा नगरपालिकामा ७, छथर जोरपाटीमा ३, शहिदभूमीमा २, चौवीसे र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको हो । यता, इलामको रोङमा ८, इलाम नगरपालिकामा ३, चुलाचुली र स्थानीय तह नखुलेका १/१, तेह्रथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १/१, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा आज ४५८ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २५३ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र १० पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!