संगालोखबर सम्बाददाता

उदयपुर । उदयपुरमा घुम्न गएका बेला रुख ढलेर किच्दा आज दिउँसो एक महिलाको मृत्यु भएको छ । श्रीमानसहित तीन जना घाइते छन् । सखुवाको रुख लडेर किच्दा उदयपुरगढी–७ स्थित अधेरी झर्ना घुम्न गएकी कटारी–४ की ३८ बर्षीया निशा दनुवारको मृत्यु भएको हो ।

Advertisement

दिउँसो करिब ३ बजे रोकेर राखिएको प्र २–०१–००१ ह ०५६० नम्बरको अटोमा दनुवार बसिरहेकी थिइन् । त्यही बेला माथिबाट सखुवाको रुख ढलेर किच्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएस्पी बेदप्रसाद गौतमले जानकारी दिए । अटो नजिकै रहेका उनका श्रीमान ४० बर्षीय श्याम दनुवार, २७ बर्षीया मिना दनुवार र अटो चालक कटारी–५ का ४८ बर्षीय कुमार तामाङ घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि कटारी अस्पताल लगिएको छ । रुख ढल्दा स १० प ३२७२ नम्बरको मोटसाइकलमासमेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!