धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा प्रहरीले शनिवार गाँजा फडानी गरेको छ । ईलाका प्रहरी कार्यालय छिन्ताङबाट बिहान गस्तीमा खटिएको टोलीले सहिदभूमि–२ स्थित ढोल्मुखाको ३३ रोपनी जग्गामा रहेको गाँजा फडानी गरेको हो ।
प्रहरी नायव निरीक्षक दिलिप कुमार श्रेष्ठको नेतृत्वमा गएको ९ जनाको टोलीले गाँजा फाँडेर नष्ट गरेको हो । अवैध रुपमा लगाइएका र आफै उम्रेका करिव ४ हजार ७ सय ५० बोट गाँजा फडानी गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
















