
ओखलढुंगा । ओखलढुंगाको सिद्धचरण नगरपालिका–५ चित्रेमा गएराती झगडा हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ४२ बर्षीय पासाङ तेन्जी शेर्पा छन् ।
गएराती करिब १ बजे पासाङ र बर्णालुका ६३ बर्षीय आङगुबु शेर्पाबीच चित्रेस्थित बाटोमा झगडा परेर कुटाकुट हुँदा दुवै जना घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि सामुदायिक मिसन अस्पताल ओखलढुंगा पुर्याइएको थियो ।
उपचारकै क्रममा गएराती पासाङको मृत्यु भएको छ भने आङगुबुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । झगडाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।















