संगालोखबर सम्वाददाता

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बु र लेखापाल सुजन थापाबीचको मुक्का प्रहार काण्ड अन्ततः सहमतिमा टुंगिएको छ । सोमवार कार्यपालिकाको वैठक बसेर सहमति गरिएको हो । गाउँपालिकाका सुचना अधिकारी कृष्ण चौलागाईका अनुसार अहिलेसम्म भएका गल्तीलाई बिर्सदै कार्यालयको काम अगाडि बढाउने सहमति भएको छ ।

Advertisement

गत आर्थिक बर्षको भुक्तानी गर्न बाँकी रकम भुक्तानी नभएपछि लेखापाल थापालाई बोलाएर सोध्ने क्रममा आवेशमा आएर उनले आफुमाथि मुक्का प्रहार गरेको भन्दै थापालाई कारबाहीको माग गरेर अध्यक्ष लिम्बुले प्रहरीमा उजुरी दिएका थिए । यस्तै, कर्मचारी थापाले पनि सुरक्षाको माग गर्दै उजुरी दिएका थिए । दुवै पक्षले प्रहरीमा दिएको निवेदन फिर्ता गर्ने कार्यपालिकाको वैठकले निर्णय गरेको छ ।

कोरोना संक्रमण भएपछि स्वास्थ्य समस्यामा रहेका अध्यक्ष लिम्बु एक साता अघि मात्रै कार्यालयमा आएका थिए । गत आर्थिक वर्षकै १ सय ५८ शिर्षकका योजनाको रकमसमेत निकासा नभएको अवस्थामा खाता रोकिएपछि अध्यक्ष लिम्बुले कर्मचारीसँग बुझने क्रममा घटना भएको बताइएको छ ।

खानेपानी आयोजना, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका योजना, सडक निर्माणका योजनाहरुका सबै रकम निकासीका लागि प्रकृया पुग्दा पनि लेखापाल थापाले रोकेर राखेको आरोप जनप्रतिनिधिहरुले लगाएका छन् । प्रमुख प्रशासकीय अधिकृृत महेन्द्र बहादुर घिमिरेले भने असार मसान्तमा मात्रै योजनाको फायल आएकोले भुक्तानी गर्न ढिलाइ भएको बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!