संगालोखबर सम्वाददाता

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले विगत एक महिनाको अवधिमा विभिन्न मुद्दाका २३८ जना फरार प्रतिबादी पक्राउ गरेको छ । ५ दिनदेखि २० बर्षसम्म कैद सजाय तोकिएका प्रतिबादीहरुलाई पक्राउ गरी अदालत पेश गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

Advertisement

साउन १ गतेदेखि हालसम्म सुनसरी अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका तर, तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरुलाई खोजतलास गरी पक्राउ गरेर अदालतमा पेश गरिएको हो । कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरिर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्ट्राचार लगायतमा सजाय तोकिएका व्यक्तिहरु पक्राउ परेका छन् ।

फरार प्रतिवादीहरुबाट ४९ वर्ष कैद सजाय फर्छ्योट भएको छ भने ९ लाख ३५ हजार ३ सय १९ रुपैयाँ जरिवानासमेत असुल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!