विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५५३ जना कोरोना संक्रमित थपिएका छन् । ९९४ जनाको पीसीआर परीक्षण गर्दा ३२१ र ७१४ जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा १०५, सुनसरीमा ९१, झापामा ८८, इलाममा ८, धनकुटा, पाँचथर र भोजपुरमा ३–३, संखुवासभा, खोटाङ र उदयपुरमा २–२ जना संक्रमित थपिएका छन् । प्रदेश १ का ल्याबमा गरिएको परीक्षणमा प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको छ ।
मोरङको विराटनगरमा ४९, सुन्दरहरैंचामा १६, उर्लाबारीमा १५, बेलबारीमा ९, पथरीशनिश्चरेमा ५, ग्रामथानमा ४, मिक्लाजुङ र केराबारीमा २–२, लेटाङ, जहदा र कटहरीमा १–१ जनामा संक्रमण देखिएको छ । सुनसरीको इटहरीमा ७५, धरानमा ५, बर्जु, रामधुनी, इनरुवा र कोशी गाउँपालिकामा २–२, बराहक्षेत्र, हरिनगर र स्थानीय तह नखुलेका १–१ जना संक्रमित भएका छन् । झापाको दमकमा ३९, शिवसताक्षीमा १४, विर्तामोडमा ९, भद्रपुरमा ८, मेचीनगर र कमलगाउँपालिकामा ५–५, अर्जुनधारामा ४, बुद्धशान्ति, गौरादह, हल्दिबारी र कनकाईमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
इलामको इलाम नगरपालिका र चुलाचुलीमा ३–३, देउमाई र सुर्योदयमा १–१, धनकुटाको पाख्रीबास, महालक्ष्मी र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा २ र फालेलुङमा १, भोजपुरको भोजपुर नगरपालिका, आमचोक र स्थानीय तह नखुलेका १–१, संखुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, खोटाङको हलेसी तुवाचुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगा र उदयपुरगढीमा १–१ जनामा संक्रमण देखिएको छ ।
यसैबीच, प्रदेश १ मा आज ४८१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१८ महिला र २६३ पुरुष छन् । कोरोना संक्रमणका कारण प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ४ पुरुष छन् ।
















