झापा । झापाको झापा गाउँपालिका–२ स्थित झापा बजारमा घरको पर्खालले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ३५ बर्षीय रपेश सिंह छन् ।
बिहिबार बिहान ९ बजे स्थानीय बिकाश अग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढल्दा सिंहलाई किचेको थियो । घर भत्काउँने मिस्त्रीको काम गर्दै आएका सिंह पर्खालले किचेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि विर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याइएको थियो ।
उपचारका क्रममा दिउँसो करिब २ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
















