संगालोखबर सम्वाददाता

विराटनगर । वेलवारीको जंगलमा निगुरो टिप्न गएकी एक दलित बालिकामाथि बलात्कार गरेको आरोप लागेका युवालाई प्रहरीले ११ महिनापछि आइतवार पक्राउ गरेको छ । गत भदौ ९ गते नातामा भाइपर्नेहरुसँग बेलबारीको लक्ष्मी सामुदायिक बनमा निगुरो टिप्न गएकी वालिका बलात्कृत भएकी थिइन् ।

Advertisement

सोही घटनाका मूख्य आरोपित बेलबारीकै होम तामाङलाई चितवनबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीबाट संयुक्त रूपमा खटिएको टोलीले चितवनको राप्ती नगरपालिका–१ बाट उनलाई पक्राउ गरेको हो । लुकीछिपी होटलमा काम गर्दै आएको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक खनालले बताए ।

होमले नातामा भाइ पर्ने १२, १३ र १४ बर्षका वालकहरुलाई कुट्ने र मार्ने धम्की दिएर वालिकालाई बलात्कार गर्न लगाएका थिए । उनीहरुलाई पालैपालो बलात्कार गर्न लगाएका तामाङले त्यसपछि आफुले पनि वालिकालाई बलात्कार गरेको आरोप छ । घटनापछि कसैलाई खबर गरे ज्यानमार्ने भनेर चारै जनालाई उनले धम्की दिएका थिए । त्यसपछि उनी फरार थिए ।

वालिका घर गएपछि कोहीसँग नबोल्ने, एकोहोरो हुने जस्ता अनौठो किसिमका गतिविधि गरेपछि परिवारले सोधपुछ गर्दा घटनाको रहस्य खुलेको थियो । अहिले पनि ती वालिकाले रुने चिच्याउँने जस्ता अस्वभाविक गतिविधि गर्ने गरेको परिवार स्रोतले जनाएको छ । घटना सार्वजनिक भएपछि पक्राउ परेका ३ बालकलाई भने प्रहरीले हाजिरी जमानीमा छोडेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!