संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर महानगरपालिका–१२ स्थित संगम गित गजलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । शनिवार राती करिब ९ बजे छापा मारेर प्रहरीले जुवा खेल्नेहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर–११ का १८ बर्षीय विरेन सहनी, २२ बर्षीय अजय सहनी, ४० बर्षीय सन्तोष कार्की, ३० बर्षीय राजन पौदार, विराटनगर–१२ का २६ बर्षीय राहुल सहनी, ३१ बर्षीय विमल मुखिया, विराटनगर–२ का ३१ बर्षीय भुवन कालाखेती, ४८ बर्षीय दिनेश सत्रा छन् ।

त्यस्तै, विराटनगर–८ का ३४ बर्षीय सुवोध पासवान, विराटनगर–१४ का ५१ बर्षीय बलबहादुर कोईराला, विराटनगर–६ का २८ बर्षीय रन्जित सिंह र कटहरी गाउँपालिका–१ का ३५ बर्षीय सवध नारायण चौधरी पक्राउ परेका छन् ।

जुवाको खालबाट २ लाख ३१ हजार २ सय चालिस रुपैयाँ नगद पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेकाहरुविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट ५ दिन म्याद थप गरी जुवा ऐन २०२० अन्तर्गत कारबाही प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!