संगालोखबर सम्बाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ९५४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ७४४ जनाको पीसीआर परीक्षण गर्दा ५५४ र १ हजार ४८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४०० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २५७, मोरङमा १३८, सुनसरीमा ९९, इलाममा १९, धनकुटामा १८, उदयपुरमा ६, संखुवासभामा २, पाँचथर र तेह्रथुममा १/१ प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ ।

Advertisement

झापाको विर्तामोडमा ७८, दमकमा ४२, अर्जुनधारामा २९, कनकाईमा २६, भद्रपुर र मेचीनगरमा १९/१९, शिवसताक्षीमा १६, बुद्धशान्तिमा १४, गौरादह, बाह्रदशी र कमल गाउँपालिकामा ४/४, हल्दिबारी र झापा गाउँपालिकामा १/१, मोरङको विराटनगरमा ६१, बेलबारीमा २६, सुन्दरहरैचामा १५, पथरीशनिश्चरे र बुढीगंगामा ७/७, लेटाङ र कानेपोखरीमा ४/४, ग्रामथान र स्थानीय तह नखुलेका ३/३, केराबारी, रंगेली र उर्लाबारीमा २/२, सुनबर्षी र कटहरीमा १/१ जना संक्रमित भएका छन् । त्यस्तै सुनसरीको इटहरीमा ४७, धरानमा ३७, बराहक्षेत्रमा ४, रामधुनी र इनरुवामा ३/३, हरिनगर, दुहवी र कोशी गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको हो ।

यता, इलामको इलाम नगरपालिकामा १४, मांसेबुङ, रोङ, माईजोगमाई, सुर्योदय र माई नगरपालिकामा १/१, धनकुटाको धनकुटा नगरपालिकामा १५, महालक्ष्मीमा २, पाख्रीबासमा १, उदयपुरको लिम्चुङबुङमा २, त्रियुगा, चौदण्डीगढी, बेलका, र स्थानीय तह नखुलेका १/१, संखुवासभामा २, पाँचथरको फिदिममा १, तेह्रथुममा १, प्रदेश १ बाहिरका १३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा आज ३३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६१ महिला र १७७ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुुनेमा २ महिला र ३ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!